• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

इबोला प्रकोपले बढायो विश्व चिन्ता

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

‘डाक्टर जी’ : अर्थोपेडिक्स पढ्न हिँडेका डाक्टरको प्रसूति यात्रा !


शनिबार, चैत १६, २०८१ मा प्रकाशित

काठमाडौं- उदय एक मेडिकल विद्यार्थी हुन्, जसले भर्खरै एमबीबीएसको अन्तिम परीक्षा उत्तीर्ण गरेका छन्। उनी भोपालमा आफ्नी विधवा आमा शोभासँग बस्छन्। उनकै घरमा कोठा भाडा लिएर बस्‍ने चड्डी नामक युवकसँग उदयको मित्रता छ, जो सिभिल सेवा परीक्षाको तयारी गरिरहेका छन्। दुवैजना एकअर्कासँग दुःख, सुखका सबै कुरा सेयर गर्छन्। र, मन हलुंगो बनाउँछन्।

Advertisement

उदय आफ्नो काकाका छोरा दाइ डा. अशोक गुप्ताबाट प्रेरित भएर अर्थोपेडिक्स डाक्टर बन्‍न चाहन्छन्। तर, इन्ट्रान्स परीक्षामा नम्बर कम आएपछि उनका लागि भोपालमै अर्थोपेडिक्स कोर्स पढ्न लगभग असम्भव हुन्छ। एक वर्ष घरमै बसेर खेर नफाल्न सुझाव अशोकले दिएपछि उदय भोपाल इन्स्टिच्युट अफ मेडिकल साइन्स कलेजमा गाइनोकोलोजिस्ट बन्‍न भर्ना हुन्छन्। तर, उनलाई स्त्री रोगमा विशेषज्ञता हासिल गर्न  रत्तिभर रुचि छैन।

भर्ना भएको १० दिनपछि मात्रै उदय पहिलोपटक कलेजमा उपस्थित हुन्छन्। प्रसूति तथा स्त्री रोग विभागकी प्रमुख डा. नन्दिनी श्रीवास्तवले उनलाई १० दिन ढिलो भएकामा गाली गर्छिन्। उक्त विभागमा उदयबाहेक अन्य पुरुष डाक्टर हुँदैनन्। यसकारण पनि सबै सिनियर महिला डाक्टरले उनलाई बुलिङ गर्न थाल्छन्। र, पहिलो दिन नै महिलाको पहिरन गर्न लगाई सुत्केरी व्यथा लागेको नाटक गर्न लगाइन्छ। उदयले आफ्नो वर्तमान अवस्थाका लागि आफ्नी पूर्व प्रेमिका ऋचालाई दोष दिन्छन्। रक्सीले मातेर उनलाई फोन गर्छन् र आफ्नो निराशा पोख्छन्।

स्त्री रोग विभागमा भर्ना भए पनि उनको ध्यान भने सधैं अर्थोपेडिक्स डिपार्टमेन्टतिरै हुन्छ। अस्पतालमा बिरामीको सेवा गर्नुभन्दा अर्को वर्ष राम्रो नम्बर ल्याएर आर्थोपेडिक्स डाक्टर बन्‍ने सोच बनाएका उदय त्यसैसम्बन्धी किताब पढेर समय बिताउँछन्। काममा रुचिको कमी र उनका गल्तीहरूले डा. नन्दिनीलाई रिस उठ्छ। उनी उदयलाई स्त्री रोग विशेषज्ञ बन्‍न नचाहनुको कारण सोध्छिन्।

पुरुषले महिला विशेषज्ञजस्तै काम गर्न सक्दैनन्। र, बिरामी पनि पुरुष डाक्टरसँग सहज हुँदैनन् भन्‍ने जवाफ उदयले दिन्छन्। बिरामीलाई सहज महशुस गराउन सबैभन्दा पहिले पुरुष स्पर्श गुमाउन उनी सुझाउँछिन्। तर, पुरुष र डाक्टरको स्पर्स कस्तो हुन्छ भन्‍ने कुराले उदयलाई द्विविधामा पार्छ।

उदयले विस्तारै आफ्ना सहकर्मीहरू विशेष गरी वरिष्‍ठ डा. फातिमा सिद्दिकीसँग मित्रता गाँस्छन्। बिरामीसँग घुलमिल हुन उनीहरूसँग कुरा गर्नुपर्ने बताएपछि उदयलाई केही राहत मिल्छ। तर, उनको मन, मस्तिष्‍कबाट अर्थोपेडिक्स डाक्टर बन्‍ने रहर हट्न सकेको हुँदैन।

अस्पतालमा कर्मचारी अभाव भएको दिन उदयले महिला नर्स बिना एक महिला बिरामीको जाँच गर्ने प्रयास गर्छन्, जुन अनैतिक मानिन्छ। त्यसपछि बिरामी र उनका श्रीमानले औपचारिक रूपमा अस्पताल प्रशासनमा उनीविरुद्ध उजुरी गर्छन्। महिला बिरामीको उपचार गर्दा एउटा महिला नर्स हुन आवश्यक छ भन्‍ने कुरा डा. नन्दिनी उदयलाई आक्रोशित शैलीमा सम्झाउँछिन्।

अझै पनि उदय स्त्री रोग विशेषज्ञ बन्‍न चाहँदैनन्। फातिमाले त्यसको कारण सोध्दा उनी पुरुष क्रिकेट खेल्न रुचाउँछन् भने महिला ब्याडमिन्टन भन्‍ने उदाहरण दिँदै पन्छिन खोज्छन्। महिलासँगै ब्याटमिन्टन खेल्ने प्रयास गरेको भए यस्तो सोच विकसित हुने थिएन भन्‍ने फातिमाको प्रत्युत्तरले उदयलाई निःशब्द बनाउँछ। त्यसपछि उनी तन, मनले काममा निखारता ल्याउने प्रयासमा जुट्छन्।

हरेक कुरामा साथ, सहयोग गर्ने व्यवहारकै कारण उदय फातिमाको प्रेममा पर्छन्। तर, पहिले नै इंगेजमेन्ट फिक्स भइसकेकी फातिमा राम्रो साथी भएर सँगै काम गर्ने बताउँछिन्। उनको कुराले उदयलाई दुःखी बनाउँछ।

एक दिन प्रसूति एवं स्त्री रोग विभागबाहिर एक महिला सुत्केरी व्यथाले छटपटाइरहेकी हुन्छिन्। अवस्था नाजुक भएपछि उदय प्रतीक्षा कक्षबाहिरै ती महिलाको डेलिभरी गराउँछन्, जुन उनको पहिलो डेलिभरी ह्यान्डलिङ थियो। सिनियर डाक्टरको सहयोगबिनै डेलिभरी गराएकाले उनका सहकर्मीले केक काटेर उदयको हौसला बढाउँछन्।

दुईपटक गर्भपतन भइसकेकी ती महिलालाई उदयकै कारण तेस्रो प्रयासमा पहिलो सन्तानलाई काखमा लिने शौभाग्य मिलेको हुन्छ। उनी आफ्नो सन्तानको नाम उदयकै नाम राख्छिन्। त्यस कुराले उदयलाई भावुक बनाउँछ। तथापि, अस्पताल उदयप्रति असन्तुष्‍ट हुन्छ।

पहिलोपटक महिला नर्सबिना महिला बिरामीको जाँच गरेकाले र दोस्रोपटक प्रतीक्षा कक्षमै डेलिभरी गराएको भन्दै उनलाई अस्पतालका निर्देशकले सोधपुछ गर्न बोलाउँछन्। दुवै केसमा उदयको गल्ति छैन भन्दै उनका सहकर्मी तथा सिनियर डाक्टरहरूले सपोर्ट गरेपछि उदयलाई कुनै कारवाही गरिँदैन। र, आगामी दिनमा गल्ती नगर्न पनि सुझाउँछन्।

उदय सिद्दतका साथ काम गर्न थाल्छन्। सोही कारण उनीमाथि बिरामी दम्पतीले गरेको कम्प्लेन पनि अस्पतालले डिसमिस गरिदिन्छ। र, अस्पतालको बोर्डमा पनि उनको नाम राखिन्छ।

एक दिन डा. अशोकले १८ वर्ष मुनिकी प्रेमिका काव्या गर्भवती भएको उदयलाई सुनाउँछन्। विवाहित, दुई सन्तानका बुवा अशोक आफैं काव्यालाई अस्पताल लगेर अप्रेसन गराउन सकिरहेका हुँदैनन्। र, अप्रेसनका लागि उदयलाई मद्दत गर्न भन्छन्। उदय दोधारमा पर्छन्। न त उनी अशोकलाई नाईं भन्‍न सक्थे, न काव्याको अप्रेसन गर्न नै।

अन्ततः काव्यालाई आफ्नो नाता पर्ने बहिनी बताउँदै उनी आफैंले काम गर्ने अस्पताल लिएर जान्छन्। फातिमाले काव्याको जाँच गर्छिन्। उनलाई प्लेसेन्टा प्रिभिया भएको पत्ता लाग्छ। त्यसका कारण गर्भपतन गाह्रो हुने भनेपछि उदय अशोकको सल्लाहमा काव्यालाई आफ्नो घर लिएर जान्छन्। केही दिनपछि अशोक काव्यालाई एक घरको बाहिर छोडिदिन भन्छन्। उदय अशोकले भनेअनुसार नै गर्छन्।

एक दिन उदय आफ्नै घरमा आमालाई अपरिचित व्यक्तिसँग पार्टी गरिरहेको देखेर छक्क पर्छन्। आवेशमा आएर आमालाई नानाथरी सुनाउँछन् पनि। शोभाले उदयलाई एकल आमाको रूपमा हुर्काएको कठिनाइहरू बताउँछिन्। आफूले गर्नुपर्ने जिम्मेवारी पूरा गरिसकेको बताउँदै उनी आफूलाई पनि कोही बुझिदिने मानिसको आवश्यता छ भन्छिन्। उदयलाई आमाले गरेको त्याग महशुस हुन्छ। र, उनी आमाको दोस्रो विवाहका लागि तयार हुन्छन्।

यता अशोक कावयालाई गर्भपतन गराउन कुनै क्लिनिक पुर्‍याउँछन्, जहाँ उनलाई इन्जेक्सन दिइन्छ। पीडाले छटपटाइरहेकी काव्या मद्दतका लागि उदयलाई फोन गर्छिन्। उदय आमालाई साथैमा लिएर उक्त क्लिनिकमा पुग्छन्। र, जसोतसो काव्यालाई अस्पताल पुर्‍याउन सफल हुन्छन्। जटिल केस भएकाले डा. नन्दिनी काव्याको उपचार गर्न मान्दिनन्। उदयले बिन्ती गरेपछि बल्ल उनी काव्याको उपचार गर्छिन्। केही समयमै काव्या होशमा आउँछिन्। आफूलाई बचाएकामा उनी उदायलाई धन्यवाद दिन्छिन्।

नाबालिकालाई प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको आरोपमा अशोकलाई कानूनी कारवाही हुन्छ। र, अस्पतालले पनि उदयको कामको तारिफ गर्दै त्यही अस्पतालमा काम गर्न सुझाउँछ। जीवनभर एक असल साथी बन्‍ने वाचा गर्दै उनी फातिमाको इंगेजमेन्टमा सहभागी भएपछि फिल्मको कथावस्तु समाप्त हुन्छ।

०००

१४ अक्टोबर २०२२ मा रिलिज भएको ‘डाक्टर जी’ अनुभूति कश्यपद्वारा निर्देशित र जंगली पिक्चर्सद्वारा निर्मित भारतीय हिन्दी भाषाको मेडिकल कमेडी-ड्रामा फिल्म हो। यसमा आयुष्‍मान खुराना, रकुल प्रित सिंह र शेफाली शाहले अभिनय गरेका छन्। यो फिल्मले एक मेडिकल विद्यार्थीको संघर्षलाई पछ्याउँछ, जो अर्थोपेडिक्समा रुचि राख्छ। तर, स्त्री रोग विशेषज्ञ बन्छ। आफ्नो चाहनाविपरीतको विषयमा होमिन पुग्दा गर्नुपरेको संघर्षलाई फिल्ममा देखाइएको छ।

३५ करोड भारतीय रुपैयाँमा निर्माण गरिएको यस फिल्मले बक्स अफिसमा ४० करोडको कलेक्सन गरेको थियो। अभिनेता आयुष्‍मान खुरानालाई फिल्मको मुख्य पात्र डा. उदय गुप्ताको भूमिकामा देखाइएको छ। आयुष्‍मान प्रायः समाजका जल्दाबल्दा अनि वास्तविकता उजागर गर्ने खालका विधामा अभिनय गर्छन्। ‘डाक्टर जी’ पनि सामाजिक परिवेशमै आधारित फिल्म हो। मेडिकल विद्यार्थीको संघर्षलाई कमेडी शैलीमा कथावस्तु अगाडि बढाइएको यस फिल्मले समयअनुसार समाजका रुढीवादी परम्परालाई पनि त्याग्दै जानुपर्छ भन्‍ने सन्देश दिन खोजेको छ।

गाइनोकोलोजिस्ट महिलाले मात्र पढ्नुपर्छ भन्‍ने मानसिकता बोकेको समाजमा हुर्के-बढेका डा. उदय गुप्ताको सोच पनि त्यस्तै छ। अर्थोपेडिक्स डाक्टर बन्‍ने सपना देखेका उनी बाध्य भएर गाइनोकोलोजिस्ट विषयमा स्‍नाकोत्तर गर्छन्। महिलासम्बन्धी विशेषज्ञता महिलाले नै गर्नुपर्छ, जुन कुराको अनुभव आफूसँग छैन, त्यो विषयमा कसरी विशेषज्ञता हासिल गर्न सकिन्छ भन्‍ने सोचकै कारण उनले शुरु-शुरुमा विभिन्‍न किसिमका चुनौतीको सामना गर्नुपरेको छ। तर, विस्तारै आफू पुरुषभन्दा माथि डाक्टर हो भन्‍ने मानसिकताको विकास हुन थालेपछि उनले बिरामी र अस्पतालका सिनियर डाक्टरको मन जित्‍न सफल भएका छन्।

त्यति मात्र होइन, उदयकी आमा शोभालाई पनि फिल्ममा समाजमा परिवर्तित पात्रको रूपमा देखाउन खोजिएको छ। एकल महिला शोभाले श्रीमानको मृत्युपछि एक्लै उदयलाई हुर्काइन्, पढाइन् र डाक्टर बन्‍न काविल बनाएकी छन्। उदय आत्मनिर्भर बनेपछि आफूलाई पनि कसैको साथको आवश्यकता छ भन्‍ने महशुस हुन थालेपछि उनले कुनै हिचकिचाहटबिना दोस्रो विवाह गर्ने कदम उठाएकी छन्।

यस फिल्ममा विभिन्‍न प्रलोभनमा परी कसरी किशोरीहरू फस्‍ने गर्छन् भन्‍ने कुरालाई पनि  काव्या पात्रबाट देखाउन खोजिएको छ। एकल आमाले नै हुर्काएकी १८ वर्षमूनिकी काव्या एक प्रतिष्‍ठित डाक्टरको प्रेममा पर्छिन्। डाक्टरकै कारण गर्भवती बनेकी उनको अप्रेसनमा जटिलता आउँदा झण्डै ज्यानै गुमाउनुपरेको कुराले समाजको वास्तविकतालाई उजागर गरेको छ।

शनिबार, चैत १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भर्खरै

  • १.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • २.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ३.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ४.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ५.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ६.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ७.
    खैरो हेरोइनसहित चार जना पक्राउ

  • ८.
    इबोला प्रकोपले बढायो विश्व चिन्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.