• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

दाफा : संस्कृति जोगाउने संगीत !


    Avatar photo
बिहिबार, चैत १४, २०८१ मा प्रकाशित

काठमाडौं- भक्तपुरको मध्यपुर थिमी नगरपालिका-७ का ८१ वर्षीय गणेशबहादुर बाडे दैनिक बिहान ६ बजे गणेश मन्दिरमा दर्शनका लागि निस्किन्छन्। मन्दिर नजिकै फल्चामा दैनिक भजन गरिन्छ। गणेशबहादुर जहिल्यै साँझबिहान समय मिलाएर भजनमा सहभागी हुन्छन्।

Advertisement

जीवनको उत्तरार्द्धमा पनि उनको जोश युवावयकै जस्तो छ। उनका हजुरबा पनि भजनमा सहभागी हुन्थे। गणेश १२ वर्षको छँदादेखि नै उनका हजुरबा तेन्सी बाडेले उनलाई पनि भजनमा सहभागी गराएका थिए। अहिले उनी पनि नयाँ पिँढीलाई दाफा भजनको प्रशिक्षण दिइरहेका छन्।

उनका अनुसार फल्चामा गाइने हरेक भजन दाफा होइन। त्यहाँ दैनिक गरिने भजनलाई ‘नित्य भजन’ भनिन्छ। नित्य भजनमा विभिन्‍न बाजाहरू बजाइन्छ। जस्तै- झ्याली (भुस्या), मृदंग, हार्मोनियम, ताँ आदि।

दाफा भजन भने साताको एकपटक मंगलबार मात्र गरिन्छ। दाफा भजनका क्रममा लाला खिनँ बजाइन्छ। लाला खिनँलाई विभिन्‍न उपनामले पनि चिनिन्छ- याकाह खिँ, जो खिँ, देसी खिँ, दापा खिँ। दाफा भजन गाउँदा मुख्यतया ६ जनाको सहभागिता आवश्यक हुन्छ, जसले फरक-फरक बाजा बजाएर साथ दिने गर्छन्। यसमा लाला खिँ, ताँ, जल गायक, खल गायक, जल नकु, खल नकु पर्छन्। दाफा भजन लाला खिँ बिना अधुरो मानिन्छ।

गणेशका अनुसार दाफा र अरू भजनमा धेरै फरक छ। दाफा भजनमा प्रयोग हुने बाजा भिन्दै हुन्छ। र, गीत एउटै भए पनि लय फरक हुन्छ।

भन्छन्, ‘दाफा भजन र संगीतमा विभिन्‍न देवी देवताहरू प्रति श्रद्धा, भक्ति र विश्‍वास मिसिएको हुन्छ। र, हरेक भजनको अन्तिममा कुन राजाको पालामा गीत बनेको हो, तिनै राजाको नाम राख्‍ने गरिन्छ। मल्ल कालभन्दा अगाडिदेखिको इतिहास बोकेको यस भजनमा हरेक राजाहरूको नाम समावेश भएको बताउँछन्।

किंवदन्तीअनुसार दाफा भजनका संगीतहरू भगवान् कृष्‍णको पालादेखि नै शुरु भएको मानिन्छ। गणेशबहादुरका अनुसार भगवान् कृष्‍णले ३२ प्रकारका गीत लेखेका थिए। ती गीतको लय बनाउन कृष्‍णले आफ्ना साथी सुरदासलाई सम्झिए। सुरदास संगीत क्षेत्रका एक विशिष्‍ट कलाकार थिए। सुरदासले पहिले त ‘म कसरी यस गीतमा लय हाल्न सक्छु, मैलेभन्दा राम्रो तिमीले राख्‍न सक्छौ’ भने। सुरदास सफा मनको व्यक्ति भएकाले कृष्‍णले उनलाई आफूसँग जोड्न चाहेका थिए। नभन्दै कृष्‍णको प्रस्तावमा उनले ३२ वटा गीतमा निःस्वार्थ रूपले लय भरिदिए। ती संगीतहरू दाफा भजनको शुरुवाती चरणका मानिन्छन्।

उनका अनुुसार दाफा भजनमा २१ वटा राग छन्। यी रागहरू मौसमअनुसार फरक-फरक ढंगले गाइन्छ। भन्छन्, ‘दाफा भजन हाम्रो संस्कृति हो। र, संस्कृति जोगाउन दाफा भजनको महत्त्वपूर्ण भूमिका छ। पुराना किंवदन्ती भएको दाफा भजन नेपालको अमूल्य सम्पत्ति हो।’

 

०००

 

६० वर्षीया तुइलमाया बाडे दिनहँु पूजा गर्न गणेश मन्दिर पुग्छिन्। मन्दिरसँगैको पाटीमा हरेक दिन भजन भइरहेको हुन्छ। उनी भन्छिन्, ‘यही भजन सुनेर म हुर्केकी हुँ। अहिले त बूढी भइसकें। धेरै चाँडै उठ्न सक्दिनँ। त्यसैले कोठामै बसेर साँझबिहान भजनको आनन्द लिन्छु।’

 

०००

 

५० वर्षीया रत्‍नकेशरी बाडे पनि भगवान् गणेशको पूजा गर्ने हेतुले मन्दिर पुग्छिन्। भन्छिन्, ‘म जहिल्यै यही भजनको आवाजले बिउँझिन्छु र दिन शुरु गर्छु। भजनले हामी सबैको मन शान्त बनाउँछ। त्यसकारण म र मेरो परिवार बेला-बेलामा भजन गाउने व्यक्तित्वहरूलाई चियापानको व्यवस्था पनि मिलाउँछौं।’

 

०००

 

नेपाली संस्कृतिमा भजनलाई भक्ति, श्रद्धा र विश्‍वासको गीत मानिन्छ। यस क्रममा देवी-देवताहरूको प्रशंसा, प्रार्थना र धार्मिक जमघट गरिन्छ। भजनको शुरुवात प्राचीन समयदेखि भएको मानिन्छ। हिन्दू सनातन धर्मअनुसार भजन वेद, पुराणहरूबाट विकसित भएको विश्‍वास गरिन्छ। नेपालमा भजन धेरै प्रकारका छन्- दाफा, नित्य, धाल्चा, रास, फल्चा, ज्ञानमाला आदि।

दाफा नेपालमा विशेषगरी नेवार समुदायमा गाइने परम्परागत भजन हो। दफाको उत्पत्ति नेवार समुदायबाटै भएको मानिन्छ। दाफा संगीत एक नेवाः कला हो, जसमा गायक र संगीतकारहरूले शास्त्रीय राग र ताल प्रणालीमा संगीत प्रस्तुत गर्छन्। दफा भजन नेपालको सबैभन्दा पुरानो भक्ति संगीत पनि मानिन्छ।

दाफा भजनमा विशेषगरी विष्‍णु, बुद्ध, शिव, नृत्यनाथ, मञ्‍‍जुश्री, गुहेश्‍वरी, पञ्‍‍चबुद्ध, सरस्वती आदि देवी-देवताको स्तुती गाइन्छ। यो भजन भक्तजनहरू मठमन्दिरमा भेला भएर बिहान सबेरै र बेलुका खाना खानुअघि गाउने गर्छन्। यो भजन समूहमा गाइने भएर यसले सामुदायिक भावना बढाउने गर्छ। भक्तजनहरूले ऋतुअनुसार फरक-फरक भजन गाउने गर्छन्। यस्ता भजनहरूमा विभिन्‍न समय, दिन, मौसम र घटनालाई वर्णन वा चित्रण गरिएको हुन्छ।

 

०००

 

भक्तपुर नगरपालिकाका ७० वर्षीय मदनकृष्‍ण श्रेष्‍ठको दिनचर्या दाफा भजन बिना अपूर्ण छ। उनी भक्तपुरको पाँचतले मन्दिरको प्रांगणस्थित भैरवनाथ मन्दिर अघिल्तिर दैनिक भजन गर्न जान्छन्। उनी सानै उमेरदेखि आफ्ना हजुरबासँग भजन गाउन र सिक्न जान्थे। हरेक साँझ उनी साथीभाइसँग मन्दिरतिर लाग्छन्। बुढ्यौलीले उनको शरीर कमजोर बनाए पनि भजन गाउने जोश भने अझै घटेको छैन। उनी दाफा भजनमा लाला खिँ बजाउँछन्। र, इच्छुक युवालाई भक्तपुरको भद्रकालीमा सिकाउँदै आएका पनि छन्।

साँझको घाम ओझेल पर्दै जाँदा उनी र उनको समूह भजन गाउन बस्छन्। लाला खिँसँगै अरू बाजा पनि बज्छन्। भजन गाएपछि मात्र उनीहरूलाई लाग्छ, आजको दिन पूरा भयो।

श्रेष्‍ठ भन्छन्, ‘साँझ भजन नगरी चित्तै बुझ्दैन। जति थकान, दुःख, सुख, भए पनि भजनले सबै बिर्साइदिन्छ।’ भजनमा उनको अपार श्रद्धा र विश्‍वास छ। भजनका क्रममा विभिन्‍न देवी-देवतासँगै भूपतिन्द्र मल्लको स्मरण पनि गर्ने चलन छ। भन्छन्, ‘भक्तपुरमा दाफा भजनमा महिलाहरू आउन मिल्दैन। महिलाहरूलाई बाजा बजाउन, गाउन नआउने र घरका काममा व्यस्त हुने भएकाले नआएका हुन्।’ अहिले भने परिवर्तन भएको देखिन्छ। महिलाहरूले पनि नेवारी बाजा बजाएर कला, संस्कृतिमा अझै उत्सुकता देखाउन थालेका छन्।

उनी भन्छन्, ‘भजन बिना जीवन तर्दैन। भजनमा जाँदा आनन्दित महशुस हुन्छ। साथीभाइसँग मिलेर समूहमा गाउन मलाई खुब रुचि लाग्छ। भगवानको नाम लिएर मात्र राम्रो हुँदैन। हामीले रोगीको सेवा गर्ने, अनाथहरूलाई आश्रममा लग्‍ने, पीडितहरूलाई सहयोग गर्ने र मनमा सकारात्मक विचार पनि ल्याउनु अत्यावश्क छ।’

अहिलेको नयाँ पिँढीले भजनलाई निरन्तरता दिने आश कम रहेको उनी बताउँछन्। पहिले भक्तपुरका गल्ली-गल्लीमा दाफा भजनले मनमा हर्ष जगाउँथ्यो। ‘अहिले भने त्यो कम हँुदै गएको छ,’ उनी भन्छन्, ‘युवा पुस्ताको सिक्ने इच्छा भएमा सिक्छन्। नत्र त अब जमाना पैसाको छ। सबै जना पैसाको खोजीमा दौडँदैमा व्यस्त छन्।’

उनको बुझाइमा अहिलेका मानिस धर्म, कर्म, दान, पुण्यमा विश्‍वास गर्दैनन्, खाली पैसाकै खोजीमा हिँड्छन्। भन्छन्, ‘जसरी भए पनि घर ठड्याउनु छ, गाडी किन्‍नु छ। तर, धर्म, दान, पुण्य गर्दैनन्।’ भजन उनका लागि केवल परम्परा होइन, आत्माको सान्त्वना हो।

बिहिबार, चैत १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.