• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

खल्लो होली : म बदलिएँ कि समय ?


शुक्रबार, चैत ०१, २०८१ मा प्रकाशित

काठमाडौं- होलीको दिन। अफिस आउन हतारिँदै थिए। अन्य दिनभन्दा सडकमा गाडीहरूको चहलपहल निकै कम थियो। म बस्‍ने घरभन्दा केही परको गल्लीमा ६-७ जना बालबालिका रंगले लिपपोत भई रमाइरहेका थिए। ह्याप्पी होली लेखिएको सेतो टिसर्ट लगाएका सबैको हातमा लोला र भरिएका प्लास्टिकका झोला थिए। एकअर्कालाई तिनै लोला छ्याप्दै मस्तमगन भइरहेका उनीहरू निकै खुशी देखिन्थे।

Advertisement

केही पर पुग्दा अन्दाजी ५-७ वर्षका दुई दाजु-बहिनी बाल्टिनमा भरिएको पानी पिच्कारीमा भर्दै एक अर्कालाई छ्याप्दै थिए। नजिकै पुग्दा दुवै जनाले मतिरै पिच्कारी तेर्स्याए। उनीहरूको आमाले त्यसो नगर्न भनेपछि फेरि दुवैले एकअर्कालाई नै पिच्कारी छ्याप्‍न थाले।

करिब १० मिनटको बस चढ्ने दूरीसम्म हिँड्दा मैले बाटोमा रंग, लोला या त पिच्कारी नै किन नहोस्, होलीको मज्जा लिँदै बालबालिका मात्रै रमाइरहेका देखें। उनीहरूको हर्ष, उल्लास देख्दा मलाई पनि बचपनमा साथीहरूसँग यसरी नै रमाएका दिनहरू स्मरण हुन थाले।

हाम्रो अछामी समुदायमा त झनै होली (होरी)लाई दशैं, तिहारपछिको महान् चाडकै रूपमा मनाइन्छ। मैले नै कक्षा-१० सम्म पढेको स्कुलको प्रांगणमा करिब पाँच दिनसम्म खेलिने अछामी होलीको आफ्नै महत्त्व छ। तर, बचपनमा होलीको महत्त्व कहाँ थाहा हुन्छ ? त्यो समयमा साथीसँग रमाइलो गर्नु नै सबैभन्दा ठूलो कुरा लाग्थ्यो।

हाम्रा लागि दशैं, तिहार सकिएपछि पर्खिइने पर्व भनेकै होली थियो। जाडो सकिएर गर्मी शुरु हुनै लाग्दा होलीको आगमन हुन्छ। रुखमा नयाँ पालुवा। सिरसिरे बतासले मनै त्यसै रमाइलो बनाइदिने।

यो समयमा करिब २-३ दिन नै विद्यालयबाट होलीको बिदा दिइन्थ्यो। गाउँमा मेरै उमेरका ६-७ जना साथी थियौं। पिच्कारीको चलन खासै आइसकेको थिएन। भर्खर-भर्खर लोला प्रयोग हुन थालेका थिए। ३-४ दिनसम्म लगातार मनाइने होलीका लागि लोला खरिद गर्न सक्नु हाम्रा लागि धेरै परको कुरा थियो। त्यसैले दाजु-दिदीले ल्याउनुभएको रंगलाई पोको पारेर नजानिँदो पारामा साथीलाई लगाएर रमाउनु नै ठूलो कुरा लाग्थ्यो।

केही समयपछि त्यो रंग पनि सकिन्थ्यो। तर, धित मरुन्जेल रमाउन नसक्दा कताकता खल्लो महशुस हुन्थ्यो। त्यसपछि विकल्पका रूपमा हिलो-पानी वा गोबर-पानी एकअर्कालाई छ्याप्दै रमाउँथ्यौं। होलीमा विशेषगरी भाउजू नाता पर्नेलाई ठट्यौली पारामा रंग, हिलो छ्याप्‍न हाम्रो ग्याङ नै लागिपर्थ्यो। कहिलेकाहीं कालो मसो पनि लगाएर होलीमा रमाइलो गर्थ्यौं। आफ्नो साथी सर्कलमा दिउँसो कोही सुतेको चाल पाए कालो मसोले जुंगा बनाइदिएर होलीको मज्जा लिने गरिएका ती दिन निकै यादगार छन्।

दिनभर गाउँमै साथीसँग रमाइलो गरेपछि बेलुकीपख समैजी स्कुलमा बुवा, दाजुहरूले खेल्ने होली हेर्न नयाँ लुगा लगाई तम्तयार भएर गइन्थ्यो। तर, त्यो समयमा होलीको देउडा सुन्‍नुभन्दा पनि आफ्नै रमाइलो गर्ने कुरामा बढी केन्द्रित हुन्थ्यौं। स्कुलको चौरमा स-साना पसल थापिएका हुन्थे। जहाँ विशेषगरी खानेकुरा, गुब्बारा र रंग राखिन्थे। होलीको लागि भनी घरबाट दिइएको पैसा पनि पेट भोकै राखी त्यही रंग र गुब्बारामै खर्च गर्थ्यौं।

स्कुलको प्रांगणमा खेलिने होली हेर्न हजारौंको भीड हुन्थ्यो। त्यहाँ स्कुलका साथीहरू पनि भेटिन्थे। नुहाई-धुवाई गरी नयाँ कपडामा सजिएर होली हेर्न पुगेका हामीलाई स्कुलका साथीहरूले फेरि रंग लगाइदिन्छन् कि भन्‍ने पिर हुन्थ्यो। साथीबाट बच्‍न लुक्लै, छिप्दै होली हेर्न बसिरहेकाहरूको भीडमा पस्‍न खोज्दा खुब गाली खाइन्थ्यो।

जब होली खेल्नेहरूले जामा लगाउँथे, तब होली हेर्न आउनेहरूको भीड पनि दोब्वर हुन्थ्यो। मलाई होलीका गीत भने स्मरण छैनन्। सेता जामा, टाउमा पगेडी (पगरी), गलामा फूलका माला र हातमा मिजुरा बजाउँदै होली खेल्नेहरू सबैले एकनासले पैताला मिलाउँदा जामाका मुजाहरू फरक्क-फरक्क फर्किंदाको मनमोहक दृष्‍य भने मेरो मन मस्तिष्‍कमा अझै ताजा छ। यसकारण पनि होलीका अन्य दिनमा आफ्नै रमाइलोमा व्यस्त रहन म प्रायः जामा लगाएको दिन भने मम्मीसँगै बसेर होली हेर्न खुब रुचाउँथें।

अझै पनि मेरो गाउँमा त्यही हर्ष, उल्लासका साथ हरेक वर्ष होली खेलिन्छ। तर, म होलीमा रमाउन छोडेको वर्षौं भइसक्यो। स्कुलको प्रांगणमा खेलिने होली हेर्न नगएको ८-१० वर्ष नै भइसक्यो। मलाई स्मरण भएसम्म कक्षा-९ मा पढ्दा म अन्तिमपटक होली हेर्न गएकी थिएँ। गाउँमा साथीसँग रंग खेले पनि त्यसपछिका वर्षहरूमा म स्कुलमा होली हेर्न कहिल्यै गइनँ।

पढाइको सिलसिलामा काठमाडौं भित्रिएपछि ४ वर्षयता होलीका दिनहरू यतै बितिरहेका छन्। काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा खुब रमाइलो हुन्छ भन्‍ने कुरा मैले साथीभाइबाट सुनेकी छु। तर, यी चार वर्षमा मलाई होलीमा रमाउन वसन्तपुर जानुपर्छ जस्तो कहिल्यै लागेन। अघिल्लो वर्ष होलीको दिन अफिसबाट विदा लिएर दिनभर सुतेरै कटाएँ। किनकि, अफिसमा सर र अर्का सहकर्मी दुवैले आ-आफ्ना बुवा र आमाको बरखी बार्नुभएको थियो। यस वर्ष भने कोठामै बस्‍न दिक्क लागेर आयो। त्यसपछि अफिस नै जाने निधो गरें। अफिसमा आपसमा रंग लगाएर तीनजनाले शान्त होली मनायौं। तर, बचपनमा जस्तो होलीको रौनक महशुस कहाँ हुनु र अहिले !

त्यसो त, आजभोलि होली मात्र नभई मलाई कुनै पनि पर्वमा रमाइलो गर्न मन लाग्दैन। हरेक चाड आउनुअघि मात्र कौतुहल जाग्छ। तर, पर्व आएर गइसकेको पत्तो नै हुँदैन। थाहा छैन, यसो हुनुमा म परिवर्तन भएको मान्‍ने वा समय !

शुक्रबार, चैत ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.