• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

अछामको फरक होली !


बिहिबार, फागुन २९, २०८१ मा प्रकाशित

काठमाडौं- आज हिमाली र पहाडी क्षेत्रमा होलीको रौनक छ। होलीलाई विशेष गरी रंगको पर्व भनिन्छ। तथापि, अछामको होली (होरी) अन्यत्रको भन्दा फरक छ। यहाँ रंगलाई भन्दा पनि देउडालाई प्राथमिकता दिई होली खेलिन्छ।

Advertisement

राष्‍ट्रीय पर्व हो होली, जुन हिमाल, पहाड र तराई सबै भेगमा मनाइन्छ। अछामको होलीको इतिहास करिब ३०० वर्ष पूरानो छ। अछाम कालिमाटीका राजा भान शाहले कुमाउँ गढवालकी राजकुमारीसँग विवाह गरेका थिए। त्यसताका अछामको कुनै पनि स्थानमा होली खेलिँदैनथ्यो। विवाहपछि तिनै रानीले आफ्नो माइतीबाट होली खेल्न सिकाउने मान्छेहरू र बाजाहरू दाइजोको रूपमा ल्याइन्। कालिमाटीमा खेलिने होली विस्तारै अछामका देवीस्थान, प्रभालगायत ठाउँमा पनि खेलाइन थाल्यो। र, यो अछामीहरूका लागि संस्कृतिको रूपमा विकास हुँदै गयो।

हाल अछामबाट बसाईं सरी तराई झरेका अछामीहरूले पनि नयाँ स्थानमा आफ्नो होलीलाई निरन्तरता दिएका छन्। जहाँ अछामीको बाहुल्य छ, त्यहाँ अछामी होली नै खेलिन्छ।

कञ्‍चनपरको कृष्‍णपर नगरपालिका-४ मा पनि ०४८ सालयता अछामी समुदायले होली खेल्दै आएको स्थानीय नवराज खड्का बताउँछन्। वडा-४ को समैजी माविको प्रांगणमा हरेक वर्ष होली खेलिन्छ।

होलीलाई रंगको वर्ष भनिए पनि विगतमा अछामी होलीमा रंगको खासै महत्त्व थिएन। सेतो पहिरनमा सजिएर देउडा शैलीमा होली खेलिने भएकाले अछामको होलीमा रंगलाई खासै महत्त्व दिइएको थिएन। निधारमा रातो टीका लगाएर मात्रै होली खेलिन्थ्यो। तर, अहिलेका नयाँ पुस्ताले रंग लगाएरै होली खेल्ने गरेका छन्।

खड्काका अनुसार पहिले-पहिले अछामको होली शिवरात्रिको दिनदेखि शुरु भएर फागु पूर्णिमासम्म लगभग १२-१३ दिनसम्म खेलिन्थ्यो। तर, अहिले कार्यव्यस्तताले त्यो सम्भव छैन। त्यसकारण हरेक वर्ष करिब ५ दिनसम्म मात्र होली खेलिने उनी बताउँछन्। भन्छन्, ‘पाँचमध्ये तीन दिन सुरुवाल, कुर्ता लगाइन्छ भने बाँकी दुई दिन जामा, टाउकोमा पगडी र हातमा मिजुरा बजाउँदै होली खेलिन्छ।’

अछामीहरूले होलीलाई उत्सवकै रूपमा मनाउँछन्। दुई समूहमा बाँडिएर देउडा शैलीमा खेलिने होली पुरुषले मात्र खेल्छन्। होली खेल्ने पुरुषको जमातलाई हेर्न गाउँभरिका बालबालिकादेखि ज्येष्‍ठ नागरिकसम्म भेला हुन्छन्। र, अन्य ठाउँको होलीजस्तै अछामको होली घर-घरमा गएर खेलिदैन। यो एक निश्‍चित ठाउँमा खेलिन्छ। दिउँसोबाट शुरु भई झमक्क रात परुन्जेलसम्म खेलिने भएकाले पनि यहाँको होली नितान्त फरक छ।

अछामको होलीमा जामा लगाइनु मात्र फरक कुरा छैन। ढोल, नरसिंहा, झ्याली, ताल, दमहुलगायत पञ्‍चे बाजाहरू पनि बजाइन्छन्। अछामको होलीमा देउडामा शिव-पार्वती, राम(सीता र कृष्‍णका गाथा गाइन्छन्। जसमा केही माया, पिरतीका कुरा पनि समेटिएको खड्का बताउँछन्।

पहिले कृष्‍णपुर नगरपालिका-४ मा अछामीको बाहुल्य थियो। तर, अहिले सुदूरपश्‍चिम प्रदेशका सातवटै जिल्लाका मानिसको बसोबास छ। होली खेल्ने अछामी मात्रै भए पनि हेर्न भने सबै जिल्लाबाट बसाईं सरी आएका मानिसहरू हुने गरेको अर्का स्थानीयवासी लोकबहादुर खड्का बताउँछन्।

उनका अनुसार अछामी समुदायका लागि होली दशैं, तिहारपछिको ठूलो चाड हो। अछामको धेरै जनसंख्या रोजगारीको सिलसिलामा भारतमा छ। दशैं, तिहारमा घर फर्किन नसकेका धेरै युवा होलीलाई लक्षित गरी घर फर्किंदा विगतमा छुट्टै रौनक छाउने गरेको उनको आफ्नै अनुभव छ।

भन्छन्, ‘पुरानो पुस्ताले आफ्नो संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले अहिले पनि कृष्‍णपुर-४ मा व्यवस्थित किसिमले होली खेलाउने काम गर्दै आएको छ। र, नयाँ पुस्ता पनि त्यसलाई अनुसरण गर्दै आएका छन्।’

प्रायः सबै अछामीको घरमा बाजे, परबाजेको पालादेखिका जामा छन्। होलीमा मात्र लगाइने यी जामा निकै सुरक्षित किसिमले राखिने गरेको खड्का बताउँछन्। भन्छन्, ‘जसरी महिलाका लागि सिंगारपटारका गहनाको महत्त्व छ, त्यसरी नै अछामी पुरुषका लागि जामा, पगडी र मिजुराको महत्त्व छ। ती पुरुषका गहना हुन्।’

बिहिबार, फागुन २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.