काठमाडौँ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको छ ।
Advertisement
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९८ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजावी सुनको मूल्य ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ । यसैगरी, आज चाँदीको मूल्य १३ सय २० रुपैयाँ कायम भएको छ ।