• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

किन बढेनन् लुम्बिनीमा पर्यटक ?


    Avatar photo
मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
भैरहवा- विश्‍वभरका पर्यटकका लागि भ्रमणको मुख्य रोजाइमा पर्छ, नेपाल। उत्तरतर्फ लमतन्न फैलिएका हिमाल र बुद्ध जन्मस्थल लुम्बिनी संसारभरका पर्यटकका लागि जीवनमा एकपटक पुग्‍नैपर्ने गन्तव्यका रूपमा परिचित छन्। तर, बुद्ध जन्मस्थलमा पर्याप्त पर्यटक भित्र्याउन सकिएको छैन।

Advertisement

नेपाल प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाले भरिपूर्ण छ भन्नेमा दुई मत छैन, जसले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गराउँदै आएका छन्।

सामान्यतया पर्यटन भन्नाले एकबाट अर्को ठाउँको भ्रमणलाई बुझाउँछ। तर, कोभिड-१९महामारीपछि खस्केको नेपालको पर्यटन क्षेत्र अझै उठ्न सकेको छैन। ‘लाइट अफ एसिया’ भनेर चिनिने महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी पर्यटनको प्रचुरता रहेको महत्त्वपूर्ण सम्पदा हो।

संसारको सबैभन्दा अग्लो हिमशिखर सगरमाथालगायत ८ वटा ८ हजार मिटरभन्दा माथिका हिमाल हुनु, उत्कृष्‍ट पदयात्रामा पर्ने अन्नपूर्ण हिम शृंखलाका साथै तराईका फाँट र घना जंगल, गौतम बुद्धको जन्मस्थल लुम्बिनीका साथै पशुपतिनाथ, मुक्तिनाथ, दामोदर कुण्डलगायत धार्मिक स्थल हुनु, पवर्तारोहण, पदयात्रा, र्‍याफ्टिङ, जंगल सफारीलगायत साहसिक  गतिविधिका लागि उपयुक्त वातावरण हुनाले नेपालमा पर्यटन विकासको प्रचुरता छ।

भैरहवामा गौतमबुद्ध अन्तर्राष्‍ट्रीय विमानस्थल सञ्‍चालनमा आएपछि लुम्बिनी आसपासका क्षेत्रमा पर्यटकहरूको संख्यामा वृद्धि हुने अपेक्षा थियो। तथापि, अपेक्षाकृत पर्यटकहरू आउन नसकेको जानकारहरू बताउँछन्। त्यसो त, गौतमबुद्ध अन्तर्राष्‍ट्रीय विमानस्थल नै पूर्ण क्षमतामा सञ्‍चालन हुन सकेको छैन।

लुम्बिनी र आसपासको क्षेत्रमा पर्यटकहरूको संख्या वृद्धि गर्न के गर्नुपर्ला ? लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली लुम्बिनी आउने पर्यटकको संख्या कम हुनुको कारण यस क्षेत्रमा निर्माणाधीन भौतिक पूर्वाधारको अवस्था अस्तव्यस्त रहनुलाई एक मुख्य कारण मान्छिन्।

लुम्बिनी विकास कोषको पछिल्लो तथ्यांक केलाउँदा सन् २०२४ मा यहाँको भ्रमण गर्ने कुल पर्यटक ११ लाख ७२ हजार २८२ थिए। त्यसमा आन्तरिक पर्यटकको संख्या ७ लाख ५९ हजार ९९० छ। दक्षिणी छिमेकी भारतबाट ३ लाख ८८९ जनाले लुम्बिनी क्षेत्र भ्रमण गरेका थिए।

यस्तै, उत्तरी छिमेकी चीनका १३ हजार १२, श्रीलंकाका २३ हजार ५६९, थाइल्यान्डका २१ हजार ४९६, म्यानमारका १० हजार ५१२, भियतनामका ८ हजार ५००, दक्षिण कोरियाका ४ हजार ६४६ पर्यटकले गत वर्ष लुम्बिनी भ्रमण गरेका थिए। कुल ११० देशबाट १ लाख ११ हजार ४०३ जना पर्यटक यहाँ आएका थिए।

कुल पर्यटक आगमनमा प्रमुख पर्यटन बजार छिमेकी भारत, श्रीलंका, थाइल्यान्ड, म्यानमार, भियतनाम, उत्तरी छिमेकी चीन, दक्षिण कोरियासहित १११ वटा देशबाट लुम्बिनी घुम्‍न आउने पर्यटक संख्या आशातित हिसाबमा बढेको तथ्यांक कोषले सार्वजनिक गरेको छ।

कोभिड-१९ महामारीपछि धराशायी भएको पर्यटन क्षेत्रमा लुम्बिनी सबैभन्दा बढी प्रभावित भएको कोषका सदस्य-सचिव सानुराजा शाक्य बताउँछन्। भन्छन्, ‘कोभिड-१९ महामारीपछिका केही वर्ष लुम्बिनीमा पर्यटकको संख्या निकै न्यून रह्यो। विस्तारै पर्यटक भित्रिने क्रम पुनः वृद्धि हुन लागेको छ।’

शाक्यले एकातिर लुम्बिनी आउने पर्यटक संख्या वृद्धि भइरहेको बताइरहँदा  लुम्बिनी भ्रमण गर्न आउने पर्यटकको तथ्यांक केलाउँदा भारत, श्रीलंका, थाइल्यान्ड, म्यानमार, भियतनाम, दक्षिण कोरिया, चीन र अमेरिकासहित विश्‍वभरबाट जति पर्यटक आगमनको आशा छ, त्यति आउन सकेका छैनन्।

विश्‍व सम्पदामा सूचीकृत भए पनि लुम्बिनी विकास कोषसँग पर्याप्त संख्यामा पर्यटक कसरी भित्र्याउन सकिन्छ भन्ने गहकिलो योजना अभावकै कारण सफलता हात नलागेको जानकारहरू बताउँछन्।

संसारभर बौद्ध धर्मावलम्बीहरूको जनसंख्या करिब डेढ अर्ब रहेको अनुमान छ। त्यसको ठूलो संख्या भारतको बुद्धिस्ट सर्किटसम्म आउँछ। भारतमा बुद्धले ज्ञान प्राप्त गरेको बोधगया, पहिलो उपदेश दिएको सारनाथ र महापरिनिर्वाण प्राप्त गरेको कुशीनगर छन्। जब कि, भगवान बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा पर्छ। यहाँसम्म बौद्ध धर्मावलम्बीहरूको त्यति ठूलो जनसंख्यालाई ल्याउन नसक्नुमा कहीं न कहीं लुम्बिनी विकास कोष र नेपाल सरकारको अकर्मण्यता झल्किन्छ।

भारत आएका थोरै संख्याका बौद्ध धर्मावलम्बीहरू मात्र लुम्बिनीसम्म आइपुग्‍ने गरेका छन्। त्यो पनि केही घण्टाका लागि मात्र। कारण हो- बुद्धको पदचाप रहेका नेपालका बौद्ध साइटहरूसम्म पुग्‍न सहज आवतजावतको व्यवस्था नहुनु।

तथापि, भारतमै पनि आइरहेका बौद्ध धर्मावलम्बीहरूको संख्यामा सन्तुष्‍टि झल्किँदैन। भारतका संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्रसिंह शेखावतले ३० जुन २०२४ मा नयाँदिल्लीमा बोधी यात्रा कन्क्लेभ उदघाटन गर्दै विश्‍वभरका बौद्धमार्गीमध्ये ०.००५ प्रतिशत मात्र बुद्ध सर्किट भ्रमणमा आउने गरेको बताएका थिए। जब कि, भारतमा मात्र वार्षिक २३ लाख बौद्धमार्गीलाई स्वागत गर्ने क्षमता रहेको उनले बताएका थिए। र, बौद्ध पर्यटकहरूलाई आकर्षित गर्न पूर्वाधार मात्र पर्याप्त नहुने उल्लेख गरेका थिए। भनेका थिए, ‘त्यसैले परिवर्तनकारी पर्यटन प्रस्तावहरूलाई आकार दिन राज्य सरकार र उद्योगसँगको सहकार्यात्मक छलफल महत्त्वपूर्ण हुने देखिएको छ। हामीले अहिलेको संख्यालाई ०.००५ बाट ०.०५ प्रतिशतमा बढात्तरी गर्न सक्यौं भने हामी वार्षिक २३ लाखभन्दा बढी बौद्ध पर्यटकलाई स्वागत गर्न सक्छौं।’

भैरहवामा गौतम बुद्ध अन्तर्राष्‍ट्रीय विमानस्थल निर्माणको मुल उद्देश्य नै संसारभरको करिब डेढ अर्ब जनसंख्यालाई नेपाल भ्रमणका लागि सहजता उपलब्ध गराउने हो। त्यस पाटोमा न नागरिक उड्डयन प्राधिकरण न त लुम्बिनी विकास कोष नै खरो उत्रिन सकेका छन्। नेपालमा निजी क्षेत्रका एजेन्सीहरूले बौद्धस्थलहरूका लागि २ सातासम्मको प्याकेज बिक्री गर्दै आएका छन्। तर, पर्याप्त पर्यटक भित्र्याउन सकिरहेका छैनन्।

लुम्बिनीकै विषयमा विद्यावारिधि र पोस्ट-डक गरेका बौद्ध पर्यटनका अभियन्ता डा. हिमलाल घिमिरे नेपालमा वार्षिक ३० लाख बौद्धमार्गी भित्र्याउने क्षमता रहेको बताउँछन्। ‘नेपाल र भारतमा चारवटा मुख्य बौद्ध धाम छन्। तीमध्ये ३ भारत र १ नेपालमा छन्। तर, गौतम बुद्ध नेपालमा जन्मेकै कारणले भारतका ती तीनवटा साइटमा पनि पुगेका हुन्,’ उनी भन्छन्, ‘जन्मस्थललाई महत्त्वपूर्ण र पवित्र मान्दै गर्दा लुम्बिनीमा वार्षिक ३० लाख बौद्धमार्गी भित्र्याउन सक्ने क्षमता हामीसँग छ।’

त्यो भनेको बुद्धिस्ट संसारमा भएका ३५ प्रतिशत बौद्धमार्गी नेपालमा भित्र्याउन सकिन्छ। ‘त्यसका लागि नेपालले विश्‍व बजारमा पुगेर लबिङ गर्नुपर्‍यो। र, भैरहवा विमानस्थलमा जापान, थाइल्यान्ड, म्यानमार, बंगलादेश, पाकिस्तानबाट बौद्धमार्गीकै लागि सीधा चार्टर्ड उडान गर्न सक्ने हो भने ३० लाख पर्यटक लुम्बिनीमा भित्र्याउन कठिन छैन। अहिले त्यो व्यवस्था नहुँदा ती पर्यटक अन्यत्र गइरहेका छन्। कोही थाइल्यान्ड गएर बौद्ध मन्दिरमा घुमिरहेका छन् त कोही जापान पुगिरहेका छन्,’ उनी भन्छन्, ‘भारतमै पनि बोधगया, कुशीनगर र सारनाथबाटै फर्किरहेका छन्, बुद्ध जन्मस्थल लुम्बिनीसम्म आउन सकिरहेका छैनन्।’

उनका अनुसार भारत हुँदै लुम्बिनी आउने बौद्धमार्गीहरूले पनि आधा दिन मात्र यहाँ बिताउने गरेका छन्। उनीहरूलाई ३ दिनसम्म यतै राख्‍ने रणनीतिक पर्यटकीय योजनाको आवश्यकता उनी औंल्याउँछन्। सबै हिसाबबाट अगाडि रहेको भारतसँग सहकार्य गर्दा त्यो सम्भावना पनि प्रचुर रहेको उनी बताउँछन्। ‘पाँचदिने प्याकेजमा आएको बौद्धमार्गी साढे ४ दिन भारतमा बिताएर आधा दिनका लागि मात्र लुम्बिनी आउने गरेका छन्। लुम्बिनीमा बिहान प्रार्थना या ध्यान गर्न पुर्‍याउने, साँझमा पनि अन्य सांस्कृतिक गतिविधि गराउने र दिनभर बौद्ध स्थलहरूमा घुम्‍ने वातावरण बनाउने हो भने उनीहरूलाई नेपालमा पनि ३ दिन राख्‍न कुनै समस्या छैन। रणनीतिक प्याकेज बनाउने नेपालले नै हो।’

मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.