Advertisement
काठमाडौँ । ललितपुर महानगरपालिका वडा नं १८ का वडाध्यक्ष नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष पुरूषोतम खड्का माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष खड्कालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका थिए ।
आगामी ३० गते हुने स्थानीय निर्वाचनको उम्मेदवारी दर्ताको अन्तिम दिन उनी माओवादीमा प्रवेश गरेका हुन् । निर्वाचन नजिकिएसँगै नेता तथा कार्यकर्ताहरू पुरानो पार्टी छाडेर नयाँ पार्टीमा जाने लहर चलेको छ ।