• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

क्रिकेटमय भैरहवा : पहिले खेत, अहिले अत्याधुनिक रंगशालामा खेल


    Avatar photo
शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित

भैरहवा- पछिल्लो ३ महिनायता रूपन्देही क्रिकेटमय बनेको छ। भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशाला त्यसको केन्द्र बनेको छ।

Advertisement

सिद्धार्थ रंगशालामा विभिन्‍न संस्करणका क्रिकेट प्रतियोगिता चलिरहँदा रूपन्देही क्रिकेटमय बनेको हो। नेपालमै जिल्लास्तरमा ५० ओभरको १ दिवसीय म्याच हुने पहिलो रंगशालाका रूपमा परिचित छ, सिद्धार्थ रंगशाला। यस रंगशालाबाट करिब १०० जना अन्तर्राष्‍ट्रीय र २०० भन्दा बढी राष्‍ट्रीय खेलाडी उत्पादन भएको रूपन्देही क्रिकेट संघका कार्यवाहक अध्यक्ष धीरज क्षत्री बताउँछन्।

भन्छन्, ‘रुपन्देही नै क्रिकेटको हब भएका कारण यस रंगशालाबाट जति सक्यो, त्यति धेरै खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्‍य छ।’

यस रंगशालामा पछिल्लो ३ महिनामा थुप्रै क्रिकेट प्रतियोगिताहरू भइसकेका छन्। ३ महिनाको तथ्यांकअनुसार यहाँ ‘शेरबहादुर सेन्चुरी मेमोरियल अन्तर विद्यालय टी-२० क्रिकेट प्रतियोगिता यही रंगशालामा आयोजना भएको थियो।

यस्तै, रुपन्देही सुपर लिग र १०औं साइग्लोबल कप, २०८१ पनि यही सञ्‍चालन भएका थिए। रुपन्देही सुपर लिगअन्तर्गत ए डिभिजनको खेल जारी छ। यसरी यस रंगशालामा सञ्‍चालन हुने जिल्लास्तरीयदेखि राष्‍ट्रीय स्तरका प्रतियोगिताका कारण यो रंगशाला देशभर प्रख्यात छ।

नेपाली क्रिकेटले एकपछि अर्को सफलता हात पार्दै आएको छ। नेपाली राष्‍ट्रीय क्रिकेट टोलीले हात पारेको सफलताले क्रिकेट प्रेमी मात्र नभई देशवासीलाई समेत मनोरञ्‍जन दिँदै आएको छ। नेपाली राष्‍ट्रीय क्रिकेट टोलीमा रुपन्देहीकै खेलाडीहरूको वर्चश्‍व छ। रुपन्देहीका बासिन्दाले यसमा गर्व गर्ने गर्छन्।

नेपाली खेलकुदको पुरानोमध्ये एक हो क्रिकेट। रुपन्देहीमा क्रिकेटको अभ्यास गर्न बाँझो खेत, चौर खोज्दै अभ्यास गर्थे, खेलाडीहरू। तर, अहिले सिद्धार्थ रंगशाला बनेयता खेलाडीको त्यो समस्या हल भएको छ। यतिबेला भैरहवाको अत्याधुनिक सिद्धार्थ रंगशालामा क्रिकेट मैदानका अलावा अभ्यास गर्ने ठाउँ र एकेडेमीसमेत छ।

क्रिकेट खेलाडी सुनील पौडेलले नेपालमै पहिलोपटक धेरै दिनसम्म चल्ने सुपर लिग नै रुपन्देही सुपर लिग भएको बताउँछन्। र, यस रंगशालालाई थप परिष्‍कृत गर्नुपर्ने उनको भनाइ छ। क्रिकेट खेलाडी शिव कुँवर पनि यस मैदानमा आई निरन्तर अभ्यास गरिरहेकै भएर खेलमा सहयोग पुगेको बताउँछन्।

कुनैबेला मेला महोत्सव र राजनीतिक सभा गर्ने स्थलका रूपमा सीमित थियो, यो रंगशाला। अहिले भने देशभरका क्रिकेट प्रेमीको ध्यान केन्द्रित गरिरहेको छ, यस रंगशालाले। र, यही रंगशालाले नेपाली क्रिकेटको विकासमा महत्त्वपूर्ण योगदान दिएको छ।

शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.