• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

नयाँ शीतयुद्धलाई रोक्ने के छ हतियार “पश्‍चिम”सँग ?


    Avatar photo
मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित

नयाँदिल्ली- सोभियत संघ विघटन भएको ८ वर्षपछि भ्लादिमिर पुटिन सन् २००० मा रुसको राष्‍ट्रपति बने। त्यतिबेला उनी ४८ वर्षका थिए, अहिले ७२ वर्षमा हिँड्दै छन्।

Advertisement

सन् १९९९ देखि २००० र २००८ देखि २०१२ सम्म उनी रुसका प्रधानमन्त्री रहे। २००० देखि २००८ तथा २०१२ देखि निरन्तर रुसका राष्‍ट्रपछि छन्। निरन्तर २५ वर्षदेखि पुटिन रुसका शासक रहिआएका छन्। प्रधानमन्त्री छँदा पनि उनले राष्‍ट्रपतिबाट कार्यकारी अधिकार आफूमै सारेका थिए। जोसेफ स्टालिनपछि लामो समय शासन गर्ने दोस्रो नेता हुन्, पुटिन। स्टालिनले ३० वर्ष शासन गरेका थिए।

सन् २००० यता अमेरिकामा पाँचजना राष्‍ट्रपति फेरिइसकेका छन्। तत्कालीन सोभियत संघको जासुसी संस्था केजीबीका पूर्व अधिकारी पुटिन सत्तामा निरन्तर छन्।

यसबीचमा पुटिन पहिलोपटक ६ सेप्टेम्बर २००० मा अमेरिका गएका थिए। त्यतिबेला उनले अमेरिकी राष्‍ट्रपति बिल क्लिन्टनसँग वार्तालाप गरेका थिए। अन्तिमपटक सन् २०१५ मा पनि अमेरिका पुगेका थिए। त्यतिबेला राष्‍ट्रपति थिए, बाराक ओबामा। अर्थात्, पछिल्लो १० वर्षमा उनले अमेरिका भ्रमण गरेका छैनन्।

रुसी राष्‍ट्रपतिका रूपमा पुटिन ७ पटक अमेरिका पुगे। तर, ती कुनै द्विपक्षीय भ्रमण थिएनन्। अन्तर्राष्‍ट्रीय मञ्‍चहरूमा सहभागी हुन अमेरिका पुगेका थिए।

अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले २२ जनवरीमा दोस्रो विश्‍वयुद्धमा तत्कालीन रुसले अमेरिकालाई साथ दिएको स्मरण गरे। र, त्यसलाई बिर्सन नसकिने बताए। तथापि, दोस्रो विश्‍वयुद्ध समाप्त भएको ८० वर्षमा धेरै कुरा बदलिइसकेको ट्रम्पले बिर्सिए।

दोस्रो विश्‍वयुद्धमा अमेरिकालाई साथ दिएको सोभियत संघ र अमेरिकाबीच त्यसयता निरन्तर शीतयुद्ध रह्यो। विश्‍व दुई ध्रुवमा विभाजित भयो। र, त्यो विभाजित विश्‍व एक ध्रुवमा आउन सन् १९९१ सम्म पर्खिनुपर्‍यो। सन् १९९१ मा तत्कालीन सोभियत संघको पतन र उसको मातहतका राज्यहरू १५ वटा अलग मुलुकका रूपमा अस्तित्वमा आए। तत्कालीन सोभियत संघ विभाजित भएको उत्सव नै मनाएको थियो, अमेरिकाले। किनकि, निरन्तर चुनौती दिँदै आएको अर्को प्रतिस्पर्धी राष्‍ट्र उठ्नै नसक्ने गरी विघटित हुन पुगेको थियो।

अब अहिले अमेरिकी राष्‍ट्रपति ट्रम्प दोस्रो विश्‍वयुद्धमा तत्कालीन रुसले अमेरिकाको साथ दिएको स्मरण गरिरहेका छन्। ८० वर्षअघि दुई मुलुक एक ठाउँमा रहेको स्मरण गर्नुको कुनै औचित्य पुष्‍टि हुँदैन।

भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरू विश्‍वविद्यालयका रुस तथा मध्य एसिया अध्ययन केन्द्रका प्राध्यापक सञ्‍जय पाण्डेको विचारमा ट्रम्पले भन्‍न खोजेका हुन्, दोस्रो विश्‍वयुद्धमा अमेरिका र सोभियत संघ एकसाथ थिए, तर त्यतिबेला पनि पर्याप्त वैचारिक मतभेद थियो।

‘सन् १९१७ मा जब सोभियत संघमा क्रान्ति भयो, त्यतिबेलै अमेरिकासँगको मतभेद गहिरिइसकेको थियो। सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्‍वयुद्धमा तत्कालीन नाजी जर्मनीविरुद्ध अमेरिका र सोभियत संघ एक ठाउँमा आएका थिए,’ प्राध्यापक पाण्डे भन्छन्, ‘अहिले डोनाल्ड ट्रम्पलाई जानकारी छ, यदि चीनलाई चुनौती दिनु छ भने रुसलाई हातमा लिनुपर्छ। किनकि, अमेरिका एकसाथ रुस र चीन दुवैसँग लड्न सक्दैन। त्यसैले ट्रम्पले भन्दै छन्, दोस्रो विश्‍वयुद्धमा एकसाथ थियौं भने अहिले किन हुन सक्दैनौं।’

खासमा, पुटिन सत्तामा आएको समयमै रुसको व्यवहार अमेरिका विरोधी बनिसकेको थियो। र, त्यो सरकार-सरकारबीचमा सीमित थिएन, जन-जनमा अमेरिकाविरोधी रुझान देखिइसकेको थियो। मस्कोस्थित पोलिङ समूह ‘द लेवाडा सेन्टर’को सर्वेक्षणअनुसार रुसका नागरिक शुरुदेखि नै अमेरिका विरोधी होइनन्। सन् १९९० को दशकको शुरुवातमा अधिकांश रुसी नागरिकले अमेरिकालाई एकलौटी महाशक्ति मात्र होइन, रोल मोडलका रूपमा पनि देख्थे÷बुझ्थे।

सन् १९९०-१९९१ मा गरिएको सर्वेक्षणअनुसार ३० प्रतिशत रुसी नागरिक अमेरिकाप्रति रुचि राख्थे। बाँकी २७ प्रतिशतको रुचि जापान र १७ प्रतिशत जर्मनीप्रति रुचि राख्थे। सोही सर्वेक्षणमा सोधिएको थियो, ‘पश्‍चिमको कुन मुलुक हो, जोसँग रुसले राम्रो सम्बन्ध राख्‍नु जरुरी छ ?’ सर्वेमा सहभागी ७४ प्रतिशतको जवाफ थियो- अमेरिका।

तर, सन् १९९३ मा अमेरिकाले इराकमाथि आक्रमण गर्‍यो। त्यसपछि अमेरिकालाई समर्थन गर्ने मानिसबीच उसप्रतिको भावनामा शंका पैदा गरिदियो। र, उसप्रतिको धारणा विभक्त हुन पुग्यो। सन् १९९८-१९९९ मा अमेरिका र उसका सहयोगी मुलुकहरूले यस्ता धेरै सैन्य कारवाही गरे, जसले रुसमा अमेरिकाप्रतिको राय बदलिँदै गयो।

सन् १९९९ मा अमेरिका नेतृत्वको नेटोले युगोस्लाभियामा बमबारी गर्‍यो। रुसको सरकारले त्यसप्रति गम्भीर आपत्ति जनायो। त्यसपछि भने रुसी नागरिकमा अमेरिकासहितको पश्‍चिमा मुलुकको गठबन्धनले आफ्नो हितविपरीत काम गरिरहेको महशुस गरे। त्यसपछि चेचेन युद्ध शुरु भयो। र, पश्‍चिमा मुलुकहरूले त्यसमा रुसको आलोचना गरे। त्यससँगै अमेरिकाले ‘एन्टी ब्यालिस्टिक मिसाइल सन्धि’बाट अलग भएको घोषणा गर्‍यो। र, सोभियत संघको पतनपछि नेटोको विस्तार रुससँग सीमा जोडिएका मुलुकहरूसम्म गर्न थाल्यो। ‘एन्टी ब्यालिस्टिक मिसाइल सन्धि’ अमेरिका र तत्कालीन सोभियत संघबीच त्यस्ता मिसाइलहरूको विकास र तैनाथी सीमित गर्ने उद्देश्यले भएको थियो।

पछिल्ला सर्वेक्षणहरू अनुसार नेटोले अफगानिस्तान, इराक, लिबिया र सिरियामा सैन्य कारवाही गर्दा पनि रुसमा अमेरिका विरोधी भावना अझ बढ्दै गयो। सन् २००३ मा अमेरिकाले इराकमाथि आक्रमण गर्दा अमेरिका र रुसमा क्रमशः जर्ज डब्लू. बुस र पुटिन राष्‍ट्रपति थिए। पुटिनले त्यस आक्रमणको विरोध गरे। तर, नेटो गठबन्धनले उनको विरोध सुनेको नसुन्यै गरिदियो।

त्यसको दुई वर्षअघि जुन २००१ मा भएको भेटवार्तापछि जर्ज डब्लू. बुसले पुटिनको प्रशंसा गरेका थिए। उनले भनेका थिए, ‘मैले पुटिनको आँखामा हेरें, उनी संवेदनशील लागे। र, उनी भरोसायोग्य नेता पनि लाग्यो।’

१६ जुन २००१ मा स्लोभेनियामा बुस र पुटिनले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए। र, त्यसमा बुसले पुटिनतर्फ हेर्दै भनेका थिए, ‘पुटिन आफ्नो मुलुकप्रति काफी प्रतिबद्ध छन्। उनी आफ्नो देशको हितलाई लिएर सजग छन्। उनीसँग भएको निसंकोच वार्तालापका लागि उनको प्रशंसा गर्छु। यदि पुटिनप्रति मेरो भरोसा हुँदैनथ्यो भने म वार्तालापका लागि बोलाउने नै थिइनँ। अमेरिका र रुसले शीतयुद्धको मानसिकताबाट बाहिर निस्किएर नयाँ शिराबाट सम्बन्धलाई मजबुत गर्नु आवश्यक छ।’

उत्तर एटलान्टिक सन्धि संगठन अर्थात नेटो दोस्रो विश्‍वयुद्धपछि अमेरिका, क्यानाडा र अन्य पश्‍चिमी मुलुकले खडा गरेका हुन्। त्यसको उद्देश्य तत्कालीन सोभियत संघबाट सुरक्षित रहनु थियो। त्यतिबेला विश्‍व २ ध्रुवमा विभाजित थियो। एकातिर अमेरिका थियो भने अर्कातिर सोभियत संघ।

शुरुमा नेटोमा १२ सदस्य मुलुक थिए। र, नेटोका कुनै पनि सदस्य मुलुकमाथि गरिएको आक्रमण पूरै नेटो मुलुकमाथि गरिएको हमला मानिने घोषणा गरियो।

पुटिन राष्‍ट्रपति बन्‍नासाथ नेटो विरोधी भएका होइनन्। ५ मार्च २००० मा बीबीसीका डेभिड फ्रोस्टले उनलाई सोधेका थिए, ‘नेटोलाई तपाईं कसरी सोच्नु हुन्छ ? नेटोलाई सम्भावित साझेदारका रूपमा हेर्नु हुन्छ कि प्रतिद्वन्द्वी या दुश्मनको रूपमा ?’

पुटिनको जवाफ थियो, ‘रुस युरोपको संस्कृतिको एक हिस्सा हो। म आफैं आफ्नो देशको कल्पना युरोपबाट अलग-थलग रूपमा गर्न सक्दिनँ। हामी यसलाई अक्सर सभ्य दुनियाँ मान्छौं। यस्तो अवस्थामा नेटोलाई दुश्मनको नजरबाट हेर्नु मेरा लागि मुश्किल छ। मलाई लाग्छ- यस प्रकारको प्रश्न खडा गर्नु पनि रुस या संसारका लागि राम्रो कुरा होइन। यस प्रकारका सवाल पनि नोक्सानी पुर्‍याउन काफी हुन्छ।’

उनले भनेका थिए, ‘रुस आफ्ना साझेदारहरूसँग बराबरी र न्यायसंगत सम्बन्ध चाहन्छ। जुन साझ हितहरूमा यसअघि नै सहमति छ, तिनबाट अलग हुनु मुख्य समस्या हो। खासगरी, अन्तर्राष्‍ट्रीय सुरक्षाका मुद्दाहरूलाई हल गर्नु अहम् हो। हामी बराबरीको सहयोग र साझेदारीका लागि तयार छौं। हामी नेटोसँग साथ सहयोगका लागि कुरा गर्न सक्छौं। तर, त्यो त्यतिबेला मात्र सम्भव हुनेछ, जब रुसलाई बराबरको साझेदारका रूपमा राखिने छ। तपाईंलाई जानकारी छ, हामीले पूर्वतर्फ नेटोको विस्तारको विरोध गर्दै आएका छौं।’

ब्रिटेनका पूर्व रक्षामन्त्री तथा १९९९ देखि २००३ सम्म नेटोका महासचिव जर्ज रोबर्टसनले नोभेम्बर २०२१ मा भनेका थिए, ‘पुटिन शुरुमा रुसलाई नेटोमा सामेल गराउन चाहन्थे। तर, त्यसका लागि आवश्यक सामान्य प्रक्रियालाई अपनाउन चाहँदैनथे। पुटिन समृद्ध, स्थिर र सम्पन्‍न पश्‍चिमको हिस्सा बन्‍न चाहन्थे।’

जर्ज रोबर्टसनले पुटिनसँग शुरुवाती वार्तालाप स्मरण गर्दै भनेका थिए, ‘पुटिनले भने- तिमीहरू हामीलाई नेटोमा सामेल हुन कहिले आमन्त्रित गर्दैछौं ? मैले जवाफमा भनें- हामी नेटोमा सामेल हुन मानिसहरूलाई बोलाउँदैनौं। जो यसमा सामेल हुन चाहन्छन्, उनीहरूले आवेदन गर्छन्। त्यसको जवाफमा पुटिनले भनेका थिए- म ती देशहरू मध्येमा पर्दिनँ, जो यसमा सामेल हुन आवेदन दिऊँ।’

त्यसपछि नेटोविरोधी पुटिनको आवाज कहिल्यै रोकिएन। अनि नेटोले पनि आफ्नो विस्तार रुसतिरै लक्षित गर्‍यो। सन् २००४ मा शीतयुद्धपछि नेटोको दोस्रो विस्तार भयो। त्यस विस्तारमा इस्टोनिया, लिथुवानिया, लाट्भिया, बुल्गेरिया, रोमानिया र स्लोभाकिया नेटोमा सामेल भए।

नोभेम्बर २००३ मा जर्जियामा रोज रिभोलुसन भएको थियो। र, जर्जिया पश्‍चिमको पोल्टामा पर्‍यो। सन् २००४ मा युक्रेनको सडकमा ठूलो संख्याका नागरिक विरोध प्रदर्शनमा उत्रिए। र, त्यसलाई ओरेन्ज रिभोलुसन नाम दिइयो। प्रदर्शनकारीहरू रुसलाई खारेज गरेर आफ्नो भविष्‍य पश्‍चिमको साथमा देखिरहेका थिए। क्रोएसिया र अल्बानिया पनि सन् २००९ मा नेटोमा सामेल भए।

जब कि, ९ फेब्रुअरी १९९० मा अमेरिकाका तत्कालीन विदेश मन्त्री जेम्स बेकरले सोभियत संघका अन्तिम नेता मिखाइल गोर्भाचेभलाई नेटोको विस्तार पूर्वतर्फ एक इन्च पनि नबढाउने कुरामा आश्‍वस्त पारेका थिए।

अमेरिकाका पूर्व कूटनीतिज्ञ जर्ज केननले भनेका थिए, ‘नेटोको विस्तार शीतयुद्धको दौरान अमेरिकाको सबैभन्दा विनाशक नीति थियो।’ त्यसो भन्‍नेमा केनन एक्ला थिएनन्। सिनेटर एडवर्ड, स्याम नुन र थोमस फ्रिडम्यानले पनि सन् १९९० को दशकमा भनेका थिए, ‘रुसलाई सहभागी नबनाई नेटोको विस्तार गरियो भने नयाँ शीतयुद्ध शुरु हुनबाट कसैले रोक्न सक्ने छैन।’

अहिले उनीहरूले त्यतिबेलै गरेको भविष्‍यवाणी सत्य सावित हुँदैछ। संसार फेरि एकपटक शीतयुद्धतर्फ अगाडि बढ्दै गरेको देखिन्छ। र, यसपटक रुससँग चीन पनि साथमा देखिन्छ।

जेरुसलेम पोस्टका पूर्व सम्पादक तथा पुलित्जर पुरस्कार विजेता स्तम्भकार ब्रेट स्टिफेन्सले २९ मार्च २०२२ मा न्युयोर्क टाइम्समा ‘हामी दोस्रो शीतयुद्ध कसरी जित्‍न सक्छौं’ शीर्षकमा लेख लेखेका थिए। त्यसको शुरुवात उनले गरेका थिए, ‘पहिले शीतयुद्धमा सोभियत संघ र उसको स्याटेलाइटविरुद्ध अमेरिका र उसका सहयोगीहरूसँग एक गोपनीय हतियार थियो। त्यो हतियार न त सीआईएले बनाएको थियो, न डीएआरपीए (डिफेन्स एडभान्स रिसर्च प्रोजेक्ट एजेन्सी), या कुनै ल्याबबाट आएको थियो। त्यो हतियार कम्युनिजम थियो।’ डीएआरपीए त्यस्तो अमेरिकी संस्था हो, जसले अमेरिकी सेनाका लागि नयाँ प्रविधि विकास गर्छ।

स्टिफेन्सले लेखेका थिए, ‘रुसी कम्युनिजमका कारण पश्‍चिमलाई विजय प्राप्त भएको थियो। किनकि, स्वतन्त्र बजारको सामने कम्युनिस्ट व्यवस्था टिकिरहेको थिएन। कम्युनिस्टहरूको नीति सोभियत संघभित्रै असफल भइसकेको थियो। तथापि, अहिले अमेरिका र उसका सहयोगी मुलुकहरूसँग यस्तो कुनै हतियार उपलब्ध छैन।’

बीबीसी हिन्दीबाट

 

मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.