Advertisement
काठमाडौँ । काठमाडौँ महानगरमा सत्ता गठबन्धनबाट कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमतीलाई मेयरको उम्मेदवार बनाउने सहमति नजिक पुगेको छ ।
गठबन्धनले काठमाडौँ कांग्रेसलाई दिएसँगै कांग्रेसले सिंह पत्नी सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति नजिक पुगेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको कांग्रेस शीर्ष नेतृत्वको बैठकले सिंहलाई काठमाडौँ मेयरको उम्मेदवारमा अनुमोदन गर्ने तयारी गरेको हो । योसँगै उनी गठबन्धनबाट साझा उम्मेदवार बन्ने भएकी हुन् ।
कांग्रेस पूर्वमहामन्त्री सिंहकी पत्नी सिर्जना कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन् ।