• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

लागुऔषधसहित दुई जना पक्राउ

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

इबोला प्रकोपले बढायो विश्व चिन्ता

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

किन बढिरहेछ मानसिक समस्या, कसरी बच्‍ने ?


    Avatar photo
शुक्रबार, पुष २६, २०८१ मा प्रकाशित

काठमाडौं- मानसिक स्वास्थ्य समस्या अहिले द्रुत गतिमा फैलिएको प्रमुख जनस्वास्थ्य समस्याका रूपमा दरिएको छ। यसका सम्बन्धमा समाजमा गलत किसिमका धारणाहरू पनि व्याप्त छन्।

Advertisement

नेपाली समाजमा विगतमा मानसिक समस्यालाई स्वास्थ्य समस्या नमानेर भूत-प्रेत, झाँक्री लागेको अर्थमा बुझ्‍ने गरिन्थ्यो। अहिले भने धारणा केही परिवर्तन भएको छ। हामीले बुझ्‍नुपर्ने कुरा के छ भने मानसिक स्वास्थ्यमा आएका समस्याहरू पनि अन्य शारिरीक समस्याहरू जस्तै हुन्।

पछिल्ला दिनमा मानसिक स्वास्थ्य समस्याका कारण आत्महत्या, एन्जाइटी, डिप्रेसन, बाइपोलार डिसअर्डर, सिजोफ्रेनियालगायतको प्रकोप बढ्दो छ। मानसिक समस्यालाई कडा र हल्का गरी दुई प्रकारमा वर्गीकृत गरेर बुझ्‍न सकिन्छ।

कडा प्रकारको मानसिक समस्या भएको व्यक्तिलाई आफू स्वास्थ्य समस्याको पीडित हो भन्‍ने खासै थाहा हुँदैन। यो भनेको मानसिक कार्यमा आएका गम्भीर विकृति हो। साइकोसिस (मानसिक विक्षिप्तताका रोग)हरूलाई कडा मानसिक स्वास्थ्य समस्याका रूपमा बुझ्‍न सकिन्छ।

हल्का र मध्यम खालका मानसिक समस्यामा एन्जाइटी, डिप्रेसनलगायत पर्छन्, जसलाई पीडितले आफैं महशुस गर्न पनि सक्छन्। नेपाललगायत विश्‍वभर यस्ता हल्का र मध्यम खालका मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरूको संख्या ठूलो छ।

मानसिक स्वास्थ्य समस्याका लक्षण

हामीलाई केही काम गर्दा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ। विभिन्‍न कुराहरू बुझ्‍नुपर्ने हुन्छ। विभिन्‍न कुराको याद गर्नुपर्ने हुन्छ। निर्णय क्षमताको विषय आउँछ। सही-गलत, राम्रो-नराम्रो, असल-खराब आदि छुट्याउने क्षमताहरू हुन्छन्। जजमेन्ट, एटेन्सन, मनोभावका कुराहरू हुन्छन्।

तर, हाम्रो विचार, मनोभाव, भावना, सक्रियता, एकाग्रतामा समस्या भइरहेको पनि हुन सक्छ। हाम्रो दैनिक व्यक्तिगत, पारिवारिक, व्यावसायिक जीवनमा प्रभाव पारिरहेको हुन्छ, जसलाई मानसिक स्वास्थ्य समस्याका रूपमा बुझ्‍न सकिन्छ।

जजमेन्ट, मेमोरी पावरमा कमी आउनु, परिस्थितिसँग नमिल्दो अथवा धेरै नै फरक खालका भावनाहरू अभिव्यक्त हुनु, व्यवहारहरू अति नै शंकालु हुनु आदि मानसिक स्वास्थ्य समस्या हुन्। यस्तै, सामान्य अवस्थामा पनि अति नै बढी दुःखी हुनु, ठोस कारणबिना जीवनदेखि निराश, उदास भएर कुनै पनि किसिमको आनन्दको महशुस नै गर्न नसक्ने हुनु, हुँदै नभएको कुराहरू सोच्‍नु, खतरा महशुस गर्नु, षडयन्त्रको शंका गर्नु आदि मानसिक समस्या हुन्। निद्रा नलाग्‍नु, मनमा अधिक कुराहरू खेल्नु, सामान्य कुराहरूमा रिसाउनु पनि मानसिक समस्या हुन्।

यस्तै, एक्लै बोल्ने, हिँड्ने र अदृश्य शक्तिसँग कुराकानी गर्ने पनि मानसिक समस्याका लक्षण हुन्। यस्ता व्यक्तिहरू आफ्नै काल्पनिक संसारमा हराउने, समय बिताउन नसक्ने, एकाग्र भएर बस्‍न नसक्ने, यताउता डुलिरहने/हिँडिरहने, आफूलाई नियन्त्रण गर्न नसक्ने र सरसफाइमा ध्यान नदिने हुन्छन्।

उमेरअनुसार बालबालिकाको बौद्धिक विकास भएन, बोल्न नसक्ने, भाषा बुझ्‍न नसक्ने भयो भने पनि मानसिक समस्या रहेको बुझ्‍न सकिन्छ। जसलाई ‘मेन्टल रिटार्डेसन’ भनिन्छ।

कसरी पत्ता लाग्छ मानसिक समस्या ?

मानसिक स्वास्थ्य समस्या अन्य रोगहरू जस्तो रगत, दिसा-पिसाब जाँच गरेर पत्ता लाग्‍ने बिमारी होइन। यसका लागि बिरामीसँग कुराकानी, उसको अवस्था जाँच, परामर्शजस्ता उपाय अवलम्बन गरिन्छ। मनोचिकित्सक वा मनोवैज्ञानिकहरूले मानसिक समस्या पत्ता लगाउन सक्छन्। सामान्य मानसिक समस्या बिरामी आफैंले पनि थाहा पाउन सक्छन्। र, मनोवैज्ञानिकको परामर्श लिन सक्छन्।

तर, शरीरका अन्य अंगहरूमा आएका समस्याहरूका कारण पनि मस्तिष्‍कमा प्रभाव पर्न सक्ने हुँदा अन्य परीक्षणहरू पनि गर्न सकिन्छ। त्यसका लागि सीटी स्क्यान, एमआरआईको पनि सहायता लिन सकिन्छ।

को हुन् साइकोलोजिस्ट र साइकियाट्रिस्ट ?

सामान्यतया हल्का वा मध्यम मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरूको उपचार साइकोलोजिस्ट (मनोवैज्ञानिक)ले गर्छन्। मनोवैज्ञानिकहरूले मानसिक गडबडी वा समस्याको पहिचानका लागि विभिन्‍न परीक्षणहरू गर्छन्। र, काउन्सिलिङ विधिबाट उपचार गर्छन्।

साइकियाट्रिस्ट (मनोचिकित्सक)ले गम्भीर वा कडा प्रकारका मानसिक समस्याको उपचार गर्छन्। प्रायः औजारहरू वा औषधिको प्रयोग गर्नुपर्ने केसहरू मनोचिकित्सकले हेर्छन्।

तर, कतिपय अवस्थाअनुसार बिरामीहरूलाई औषधि र मनोपरामर्श दुवै आवश्यक हुन सक्छ। यस्तो अवस्थामा साइकोलोजिस्ट र साइकियाट्रिस्टको संयुक्त जिम्मेवारी पनि हुन सक्छ।

नेपालको परिवेशमा सामान्य वा मध्यम मानसिक समस्या भएका बिरामीहरू परामर्शका लागि मनोचिकित्सकसँग जाने वा कडा समस्या भएका बिरामीहरू मनोवैज्ञानिकसमक्ष पुग्‍ने गरेका छन्। यस्तो भएमा बिरामीहरूलाई सम्बन्धित विशेषज्ञकहाँ उपचारका लागि रिफर पनि गरिन्छ।

कसरी गरिन्छ कडा मानसिक स्वास्थ्य समस्याको उपचार ?

कडा किसिमको मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरूलाई सामान्यतया अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने हुन सक्छ। यस्तो अवस्थामा मनोचिकित्सकले विभिन्‍न प्रविधि, उपकरण र औषधिको प्रयोगबाट बिरामीको उपचार गर्ने गर्छन्।

कडा समस्या भएका बिरामीहरूलाई विद्युतीय तरंगको प्रयोग, चुम्बकीय विधिबाट ब्रेन स्टिमुलेसन गराएर उपचार गरिन्छ। कतिपय केसहरू मनोचिकित्सक र मनोवैज्ञानिक दुवैले हेर्नुपर्ने प्रकृतिका पनि हुन सक्छन्।

नेपालमा मानसिक स्वास्थ्य सेवाको अवस्था

नेपालमा मानसिक स्वाथ्य सेवाको क्षेत्रमा उल्लेख्य प्रगति भएको छ। लगनखेलमा ५० शय्याको सरकारी मानसिक अस्पताल छ। त्यसका अलावा सबै प्रदेश र प्रमुख शहरहरूमा रहेका मुख्य जनरल सरकारी अस्पतालहरूमा पनि मनोचिकित्सा सेवा उपलब्ध छ।

नेपालमा खुलेका निजी मेडिकल कलेजहरूमा पनि मनोचिकित्सा विभाग छन्। ओपीडी सेवादेखि भर्नासम्मका व्यवस्था छन्। त्यसैले मानसिक स्वास्थ्य सेवामा पहुँच सहज बन्दै गएको छ।

तर, जति गर्न सकिन्थ्यो त्यति नभएको अवस्था पनि छ। मानसिक स्वास्थ्य सेवाहरू निजी अस्पताल र देशका ठूला शहरहरूमा मात्र छन्। र, आर्थिक कारणले पनि दूरदराजका बिरामीहरूले सहज पहुँच पाउन सकेका छैनन्।

त्यसैले आजको आवश्यकता भनेको जनस्वास्थ्यको दृष्‍टिकोणले अति महत्त्वको ‘प्राथमिक मानसिक स्वास्थ्य सेवा’को हो। हरेक स्थानीय तहमा प्रत्येक महिनामा एकपटक मनोचिकित्सकको उपलब्धता र सामुदायिक फार्मेसी सेवाका लागि सरकारी स्तरबाट ‘सामुदायिक मानसिक स्वाथ्य सेवा’ कार्यक्रम सञ्‍चालन गर्नुपर्ने देखिन्छ।

यस्तै, कुलतमा फसेकाहरूका लागि विशेष किसिमका पुनःस्थापना सेवाहरू सरकारी स्तरबाटै उपलब्ध गराउन जरुरी छ।

मानसिक स्वास्थ्य क्षेत्रमा बी एन्ड बीको सेवा

अस्पतालमा उपचार गराइरहेका अन्य रोगका बिरामीहरूमा पनि विभिन्‍न मानसिक समस्याहरू आउन सक्छन्। त्यसैले कुनै पनि अस्पतालको सेवा मनोचिकित्सा सेवाबिना पूर्ण हुँदैन।

बी एन्ड बी अस्पतालले मनोचिकित्सा सेवाअन्तर्गत ओपीडी सेवा उपलब्ध गराइरहेको छ। र, बिरामीहरूलाई मनोपरामर्श सेवा दिइरहेको छ।

मानसिक स्वास्थ्यमा गलत धारणा

हाम्रो समाजमा मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरूलाई गलत दृष्‍टिले हेर्ने गरेको पाइन्छ। मानसिक समस्या भएकाहरूलाई ‘साइको’, ‘पागल’जस्ता अपमानित भाषा प्रयोग गर्ने गरेको पाइन्छ, जुन गलत हो।

आजको आधुनिक समयमा मानसिक समस्या धेरै नै फैलिएको हुनाले यो पनि अरूजस्तै समस्या हो भन्‍ने बुझ्‍न जरुरी छ। यो जोसुकैलाई पनि हुन सक्ने ‘कमन’ समस्या हो। अहिलेको समयमा आफ्नो जीवनकालमा हल्का, मध्यम वा कडा प्रकृतिका मानसिक समस्या नभोगेका मानिस नै हुँदैनन् भन्दा पनि फरक पर्दैन।

तर, यो निको हुँदैन भन्‍ने धारणा राख्‍नु हुँदैन। अहिलेको समयमा यसको निराकरणका उपायहरू छन्। कडाभन्दा कडा मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरू पनि सुधार भएर राम्रो जिन्दगी बिताइरहेका उदाहरण प्रशस्त छन्। त्यसैले यस्ता समस्याहरूलाई लुकाएर बस्‍नु हुँदैन।

मानसिक समस्या भएका अधिकांश बिरामीहरूलाई सुधार गर्न सकिन्छ। तर, केही बिरामीहरूलाई सुधार गर्न नसक्ने पनि हुन सक्छ। अन्य रोगका बिरामीहरूको हकमा पनि यही हो। केही बिरामीहरूमा आनुवंशिक समस्या पनि हुन सक्छ, जसले जन्मजात समस्या ल्याउँछ।

सामान्य वा मध्यम प्रकृतिका समस्या भएका बिरामी आफैंले पनि मानसिक स्वास्थ्य सुधार गर्न सक्छन्। अहिलेका अधिकांश समस्या भनेका तनाव, चिन्ता, डिप्रेसन हुन्। मन, मस्तिष्‍कमा शान्ति भएन भने यस्ता समस्याहरू आउँछन्। यसका लागि योग, प्राणायाम, ध्यानलगायत मन शान्त बनाउने व्यायामहरू गर्न सकिन्छ।

कोभिडपछि मानसिक स्वास्थ्यको अवस्था

कोभिड-१९ को महामारीपछि मानिसहरूको दैनिकीमा ठूलो परिवर्तन ल्यायो। सामाजिक वातावरणमा परिवर्तन ल्यायो। सामाजिक सम्पर्क विच्छेद गरायो। महामारीले बच्चादेखि वृद्धसम्म सबै उमेर समूहका मानिसहरू प्रभावित भए, जसले मानसिक स्वास्थ्यमा ठूलो प्रभाव पार्‍यो।

आधुनिक जीवनका जटिलताहरूले पनि समस्याहरू भएका छन्। आजको मानिसले आत्मसम्मान चाहन्छ। जीवनको केही अर्थ खोजिरहेको हुन्छ। अहिलेको सांसारिक जीवनले मात्र जीवनको अर्थ पूरा हुन सक्दैन। त्यसैले कुनै न कुनै आध्यात्मिक चेतको विकास नहुन्जेल मान्छे सन्तुष्‍ट हुन सक्दैन। कुनै न कुनै समयमा एन्जाइटी/डिप्रेसनको शिकार हुने गर्छ।

पछिल्लो समय बच्चादेखि वयस्कसम्मले सोसल साइटहरूमा समय बिताउने, मोबाइल हेर्न धेरै समय खर्चिने गरिरहेका छन्। कुलतमा फसेको मानिसलाई लत लागेजस्तै अहिलेका मानिसहरूलाई सामाजिक सञ्‍जालको लत बसेको छ।

सामाजिक सञ्‍जालको सदुपयोग गर्नेहरू पनि छन्। तर, नकारात्मक कुराहरू मात्र हेर्ने र यसको गलत प्रयोगबाट हुने मानसिक समस्याहरूको अर्को पाटो पनि छ, जसले भयावह रूप धारण गर्ने जोखिम छ।

शुक्रबार, पुष २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लागुऔषधसहित दुई जना पक्राउ
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

भर्खरै

  • १.
    लागुऔषधसहित दुई जना पक्राउ

  • २.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ३.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ४.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ५.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ६.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ७.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ८.
    खैरो हेरोइनसहित चार जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.