• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

चीनको अत्याधुनिक फाइटर जेट, संसारभर तरंग !


    Avatar photo
बिहिबार, पुष २५, २०८१ मा प्रकाशित

काठमाडौं- २६ डिसेम्बर २०२४। दक्षिण एसियाका सामाजिक सञ्‍जाल प्रयोगकर्ताले एउटा तस्बिर भाइरल बनाए। तस्बिर थियो- चीनले निर्माण गरेको छैटौं जेनेरेसनको सुपरसोनिक लडाकु जहाजको। र, जहाजको नाम थियो- चेङ्दु ‘जे-३६’।

Advertisement

चिनियाँ जनमुक्ति सेनाले गणतन्त्र चीनका संस्थापक संस्थापक माओत्सेतुङको १३१ औं जन्मदिनमा आफ्ना शत्रुहरूलाई ठूलो सरप्राइज दियो। यो सरप्राइज मात्र थिएन, आफ्नो हवाई सुरक्षा मजबुत भएको शत्रुहरूलाई स्पष्‍ट सन्देश पनि थियो। जानकारहरूका अनुसार यसमा विश्‍वमै ‘नयाँ घातक प्रविधि’हरू प्रयोग गरिएको छ।

खुला आकाशमा पहिलोपटक देखापरेको ठूलो चिनियाँ लडाकु विमान चीनको डिफेन्स क्षेत्रमा गेम चेन्जर हुनसक्ने जानकारहरू बताउँछन्। यो विमान चीनको रणनीतिक लक्ष्‍यलाई समर्थन गर्न विकसित गरिएको अमेरिकामा हेडक्वार्टर रहेको समाचार पत्रिका ‘द मेरिटाइम एक्जुकेटिभ’ले उल्लेख गरेको छ। यसले क्षेत्रीय प्रभुत्व स्थापना गर्ने र ताइवानलाई चीनमा मिलाउनेसम्म क्षमता राख्‍ने रिपोर्टमा दाबी गरिएको छ।

प्रोटोटाइपको आकारअनुसार सब-सोनिक परम्परागत लडाकु र बम वर्षकहरू भन्दा छिटो र अधिक सुरक्षित रूपमा युद्ध क्षेत्रमा प्रवेश गर्न र निस्कन सक्षम हुने दाबी गरिएको छ। अमेरिकामा हेडक्वार्टर रहेको डिफेन्स न्युज वेबसाइट ‘द वार जोन’को रिपोर्टअनुसार उच्चस्तरको स्टिल्थ टेक्नोलोजीले जे-३६ लाई प्रतिरक्षामा धेरै मद्दत गर्नेछ। अर्थात्, राडारले देख्‍न नसक्ने स्टिल्थ प्रविधि र टेललेस डिजाइनको त्यसमा पनि नयाँ जेनेरेसनको लडाकु जहाजले गोप्य रूपमा मिसन पूरा गर्न सक्छ।

जे-३६ आफैंमा अन्य विमानहरू र जहाजहरूका लागि टार्गेटिङ डेटाको स्रोत हुन सक्छ, जसले ठूला निष्‍क्रिय र सक्रिय सेन्सरहरू सजिलै बोक्न सक्छ। यसले सँगै उडान गर्ने अन्य विमानहरूलाई जानकारी दिन सक्छ। यी सबैमा रेडियो लिंकहरू प्रयोग हुने हुँदा दुश्मनलाई पत्ता लगाउन पनि गाह्रो पर्ने ‘मेरिटाइम एक्जुकेटिभ’को रिपोर्टमा दाबी गरिएको छ।

सुपरसोनिकको अर्थ यो ध्वनिको गतिभन्दा छिटो उड्न सक्छ। प्रत्येक जे-३६ ले तोकिएको अवधिमा उच्च गतिमा थप मिसनहरू पूरा गर्न सक्ने रिपोर्टमा दाबी गरिएको छ।

नेपाली सेनाका अवकाश प्राप्त ब्रिगेडियर सुरेश शर्माका अनुसार लडाकु जहाजको जेनेरेसन बढ्नु भनेको तिनको राडार सिस्टम विश्‍वसनीय र मजबुत हुनु हो। भन्छन्, ‘‘स्टिल्थ’ हुनुको अर्थ नै राडारले देख्‍न नसक्ने र मिसाइलहरूले प्रहार गर्न नसक्नु हो।’

यो विमान यति रहस्यमय बनिरहेको छ कि यस विषयमा न त चिनियाँ सरकारी अधिकारीहरूले कुनै औपचारिक जानकारी दिएका छन्, न चिनियाँ सेना र मिडियाले नै। जसकारण रक्षा विज्ञहरूलाई पनि जे-३६ उद्देश्यको बारेमा थप जानकारी छैन।

एक अस्ट्रेलियाली रक्षा विज्ञले स्थानीय सञ्‍चारमाध्यमलाई नाम बताउने शर्तमा दिएको जानकारीअनुसार यसको भूमिका चीनको लामो दूरीका बमवर्षक विमानहरूको सुरक्षा गर्नु हो। साथै, यसले जमिनमा वायु रक्षा प्रणाली नभएको क्षेत्रमा हवाई रक्षा प्रदान गर्न सक्छ। यसको मुख्य उद्देश्य शत्रुहरूका एयरबेस नष्‍ट गर्नु हो।

नेपालमा कस्तो प्रभाव पर्ला ?

चीनको अत्याधुनिक त्यस लडाकु जहाजबारे नेपालजस्तो निकट छिमेकीमा पनि कुनै जानकारी पाइँदैन। ‘ए हो र ? चीनले अत्याधुनिक लडाकु जहाज बनाएछ ? हामीलाई त जानकारी नै छैन,’ जंगीअड्डाका एक जर्नेल भन्छन्, ‘चीनले जस्तोसुकै जहाज बनाए पनि नेपाललाई के फरक पर्छ र ? हामीले चीनसँग लडाईं लड्ने होइन क्यारे !’

नेपाली सेनाका अर्का एक उच्च अधिकारीका अनुसार नेपालजस्तो निकटस्थ छिमेकीका लागि चीनले त्यस्ता लडाकु जहाजहरू जुनसुकै प्रयोजनमा पनि प्रयोगमा ल्याउँदैन।

भन्छन्, ‘नेपालजस्तो असल छिमेकीका लागि चीनले गरेको यो प्रगति गौरवको विषय हुन सक्ला। तर, यो जहाज नेपालले टाउको दुखाउनुपर्ने अवस्थाको होइन।’

नेपाली सेनाका अवकाश प्राप्त ब्रिगेडियर शर्मा भने उत्तरी छिमेकी चीनमा विकास भएका प्रविधिको प्रभाव नेपालमा पनि पर्ने बताउँछन्। चीन वरिपरि हुने चीनविरोधी गतिविधि निगरानीमा यसको महत्त्व हुन्छ। अर्को कोणबाट हेर्दा छिमेकीबाट उड्ने त्यति अत्याधुनिक जहाजहरूका कारण नेपालको आकाश सुरक्षित छैन भन्‍ने अर्थ पनि लगाउन सकिन्छ।

नेपालसँग हालसम्म एउटा पनि फाइटर जेट छैन। छिमेकमा भइरहेको प्रविधिको विकासको लेनदेन नेपाललाई छैन भन्‍ने गलत मनोदशा नेपालमा रहेको उनी बताउँछन्। भन्छन्, ‘छिमेकी मुलुकसँग अत्याधुनिक सैन्य क्षमता उपलब्ध रहनुले नेपालजस्तो त्यस्तो क्षमता नरहेको छिमेकी मुलुकमा प्रभाव पर्छ पर्छ।’

शुरुवाती दिनमा रुस-युक्रेन युद्धको नेपाललाई कुनै लिनु-दिनु नभएको दाबी गरिरहँदा नेपाली युवा युक्रेन र रुसका सेनामा भर्ति भएर एकअर्काविरुद्ध लडाईंमा प्रयोग भएपछि मात्र त्यो युद्धले नेपालका घर-घरमा प्रभाव देखाएको उनी बताउँछन्। भन्छन्, ‘त्यसैले शक्तिराष्‍ट्रहरूले विकास गरेका प्रविधिहरूले कहीं न कहीं हामीलाई पनि प्रभाव पर्छ।’

कसलाई पर्छ फरक ?

लामो समयदेखिको अमेरिकी हवाई सर्वोच्चता चीनका लागि टाउको दुखाइ थियो। त्यसैले हवाई काउन्टर क्षमता चीनको लागि अत्यन्तै जरुरत थियो। यसलाई अमेरिकाले चीनको रणनीतिक क्षेत्रमा प्रवेश क्षमताको विकासमा रूपमा बुझिसकेको रक्षा विज्ञहरू बताउँछन्।

चीनका लागि यसले हवाई प्रभुत्व प्राप्ति र आफ्नो सीमा बाहिर पनि शक्ति प्रदर्शन गर्न मद्दत पुर्‍याउने छ। यसले हवाई लडाईं र जासुसीजस्ता महत्त्वपूर्ण क्षेत्रमा अमेरिकासँगको अन्तरलाई सम्भावित रूपमा कम गराउँछ। सैन्य प्रविधिलाई प्राथमिकता दिने कम्युनिस्ट सरकारको प्रतिबद्धतालाई पनि दर्शाउँछ।

केही अमेरिकी मिडियाहरूका अनुसार अमेरिकाले सन् २००० को शुरुवातदेखि नै सुपरसोनिक स्ट्राइक विमान विकास गर्ने तयारी गरेको थियो। तर, ९/११ को आक्रमण र अर्को लडाकु विमान एफ-३५ विकासका लागि उच्च धनराशि खर्च भएपछि उक्त परियोजनाले लगानी पाउन सकेन। तर, अमेरिकाले आफ्नो ‘नेक्स्ट जेनेरेसन एयर डोमिनेन्स’ (एनजीएडी) कार्यक्रमलाई अगाडि बढाइरहेको छ।

अहिलेलाई धेरैले जे-३६ लाई अमेरिकाको बी-२१ स्टिल्थ न्युक्लियर बमवर्षकसँग तुलना गरेका छन्। उक्त बमवर्षकलाई पनि राडारले सजिलै पत्ता लगाउन नसक्ने विज्ञहरू बताउँछन्।

टाइम्स अफ इन्डियाका अनुसार जे-३६ को सफल परीक्षणले क्षेत्रीय र विश्‍वव्यापी सुरक्षामा महत्त्वपूर्ण प्रभाव पार्ने निश्‍चित छ। विशेषतः इन्डो-प्यासिफिकमा अमेरिका र उसका सहयोगी सेनाहरूको उपस्थितिलाई चीनले चुनौती दिन सक्छ। लामो दायरा र ‘स्टिल्थ’ क्षमताका कारण यसले विवादित क्षेत्रहरूमा रहेका ट्यांकर, ‘अर्ली वार्निङ’ विमानहरू र नौसेनिक जहाजहरू जस्ता महत्त्वपूर्ण संरचनामा सीधा निशाना साँध्न सक्छ।

भूराजनीतिमा चाख राख्‍ने सत्तारुढ कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अभिषेकप्रताप शाह चीनको आन्तरिक सुरक्षाका लागि उक्त लडाकु जहाज निकै महत्त्वपूर्ण रहेको बताउँछन्। चीनका लागि भारत त के पूरै दक्षिण एसिया थ्रेट होइन। चीनको थ्रेट अमेरिका र अमेरिकाका सहयोगी राष्‍ट्रहरू मात्र रहेको उनको बुझाइ छ।

भन्छन्, ‘मैले भेटेका चीनका ठूला रणनीतिक व्यक्तित्वहरू कसैले पनि भारतलाई आफ्नो थ्रेटका रूपमा बुझेको कहिल्यै पाइनँ। भारतलाई उनीहरू थ्रेट मान्दैनन्। भारतीयहरूले अनावश्यक होहल्ला गर्ने मात्र हुन्।’

पूर्व सांसद शाहका अनुसार एउटा विकाशसील मुलुकका रूपमा चिनियाँहरूले भारतलाई सधैं सम्मान दिएका छन्। प्रविधिको विकासमा भारतभन्दा चीन सयौं गुणा अगाडि छ। स्टिल्थ प्रविधिको लडाकु जहाज निर्माण गर्नुको पछाडि अमेरिका र अमेरिकाका सहयोगी राष्‍ट्रहरूलाई चेक गर्नु रहेको उनी बताउँछन्।।

चीनले ब्रिक्सलाई अगाडि बढाउन खोज्‍नुको अर्थ भारतीयहरूले बुझ्‍नुपर्ने उनको सुझाव छ। ब्रिक्सलाई नेटोको विरुद्धमा बलियो बनाउने चाहना चीनको देखिएको उनी बताउँछन्। तर, ब्रिक्सको आडमा भारतले अमेरिकासँग बार्गेनिङ गर्न खोजिरहेको उनको बुझाइ छ।

‘चीनको थ्रेट नेपाल त हुँदै होइन, भारतलाई पनि होइन। अमेरिकी अलायन्स ‘नेटो’लाई भने कडा थ्रेट हो यो,’ शाह भन्छन्।

चीनका लागि रणनीतिक महत्त्व

ताइवान मिसनका लागि चीनको प्रमुख अवरोध नै अमेरिकाको नेतृत्वमा रहेको वायु शक्ति हो। जसमा अमेरिकी वायुसेना र अमेरिकी नौसेनाको एयरक्राफ्ट क्यारियरका साथै जापान, अस्ट्रेलिया, ताइवान र दक्षिण कोरियालगायतको समर्थन छ, जसले चीनलाई ताइवान मुद्दामा कमजोर बनाएको छ।

विश्‍वकै ठूलो ‘एम्फिबियस एसल्ट पानीजहाज’ सँगसँगै छैटौं जेनेरेसनको अत्याधुनिक सुविधा सम्पन्‍न लडाकु जहाज चीनले सार्वजनिक गर्नुको पछाडि समुद्री क्षेत्रमा जारी तनाव लक्षित रहेको बुझाइ नेपाली सेनाका बहालवाला र अवकाशप्राप्त अधिकांश जर्नेलहरूको देखिन्छ।

चीनको त्यस अत्याधुनिक लडाकु जहाजको मुख्य भूमिका साउथ चाइना सी र इन्डो-प्यासिफिक रणनीतिक क्षेत्रका लागि महत्त्वपूर्ण हुने नेपाली सेनाका एक उच्च अधिकारी बताउँछन्। भन्छन्, ‘खासगरी, अमेरिकीहरूले घेराबन्दी गर्न चाहने क्षेत्रहरूमा आफ्नो सैन्य क्षमतामा अभिवृद्धि र सूचना संयन्त्रलाई मजबुत बनाउन यस्ता जहाजहरूको भूमिका निकै महत्त्वपूर्ण हुन्छ।’

उनको बुझाइमा चीनले यस्तो उच्च प्रविधिको जहाज निर्माण गर्नुको अर्थ अमेरिकाले निरन्तर डिस्टर्ब र सक्रियता देखाउँदै आएको चीनको स्वशासित क्षेत्र ताइवानको सुरक्षा तथा जापान, मलेसिया, भियतनाम, फिलिपिन्स, इन्डोनेसियालगायत मुलुक इंगेज रहेको साउथ चाइना सीमा आफ्नो पहुँच विस्तारका लागि हो। साउथ चाइनाको विवाद बढ्दै जाँदा यो जहाजको महत्त्व अझ बढी रहने उनको बुझाइ छ।

नेपाली सेनाकै अवकाश प्राप्त अर्का एक उपरथी चीनको अहिलेको चासो साउथ चाइना सी र इन्डो-प्यासिफिक क्षेत्रमा रहेको बताउँछन्। भन्छन्, ‘इन्डो-प्यासिफिक रिजनमा अमेरिका र भारतको ज्यादा इंगेजमेन्ट देखिन्छ। साउथ चाइना सीमा फिलिपिन्सलगायत कैयौं आइल्यान्डहरू विवादमा छन्। ताइवानको इस्यु पनि जल्दोबल्दो छ। ती क्षेत्रमा अमेरिकनहरू निरन्तर चीनविरुद्ध लागिपरेकै छन्। त्यसैले चीनको इन्टेलिजेन्स प्रणाली मजबुत बनाउन ती रिजनहरूमा आवश्यक छ।’

अमेरिकामा २० जनवरीदेखि डोनाल्ड ट्रम्पले सत्ता सम्हाल्दै छन्। त्यसैले साउथ चाइना सी र इन्डो-प्यासिफिक रिजनमा अमेरिकी र युरोपेलीहरूको बढ्दो प्रभावलाई चेक गर्न, काउन्टर दिन र त्यसबारे रियल टाइम सूचना हासिल गर्न चीनलाई छैटौं जेनेरेसनको लडाकु जहाज आवश्यक परेको उनी बताउँछन्।

इन्डो-प्यासिफिकमा जोडिएको हुनाले भारत उक्त लडाकु जहाजको लक्ष्‍यमा पर्न सक्ने उनको बुझाइ छ। र, साउथ चाइना सीमा फिलिपिन्स, जापान, भियतनामका भूमि र समुद्री क्षेत्रमा हुन सक्ने चीनविरोधी गतिविधि चेक गर्न यो लडाकु जहाजको भूमिका हुन सक्ने उनी बताउँछन्।

मलेसिया, इन्डोनेसिया र थाइल्यान्डले कन्ट्रोल गर्ने मलाक्का स्ट्रेटमार्फत हुन सक्ने चीनविरोधी गतिविधिमाथि कडा निगरानी राख्‍न यो अत्याधुनिक लडाकु जहाज कोशेढुंगा हुन सक्ने उनको बुझाइ छ। संयोगवश, मलाक्का स्ट्रेटले साउथ चाइना सी र इन्डो-प्यासिफिक रिजनलाई पनि कनेक्ट गर्छ।

‘एकातिर व्यापार विस्तार त छँदैछ, अर्कातिर आफ्नो राष्‍ट्रीय सुरक्षालाई पनि ध्यानमा राखेर चीनले यो अत्याधुनिक जहाज निर्माण गरेको हुन सक्छ,’ ती पूर्व मेजर जनरल भन्छन्।

बिहिबार, पुष २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भर्खरै

  • १.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • २.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ३.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ४.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ५.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ६.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ७.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ८.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.