Advertisement
काठमाडौँ । नेकपा एमालेको नयाँ केन्द्रीय पार्टी कार्यालय उद्घाटन भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एमालेले शुक्रबारदेखि कार्यालय सञ्चालन गर्ने भएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यालयको उद्घाटन गरेका हुन् । योसँगै थापाथलीबाट पार्टी कार्यालय सरेको छ ।
बल्खुमा नयाँ भवन नबन्दासम्म च्यासलबाटै पार्टी केन्द्रीय कार्यालय सञ्चालन हुने भएको छ ।