• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

सीमामा किन भिड्दै छन् पाकिस्तान र तालिबान ?


    Avatar photo
बुधबार, पुष १७, २०८१ मा प्रकाशित

काठमाडौं- २४ डिसेम्बर राति पाकिस्तानले अफगानिस्तान सीमाभित्र पाकिस्तानी तालिबानी अड्डाहरूमा भीषण हवाई आक्रमण गर्‍यो। पाकिस्तानी आक्रमणपछि अफगानिस्तानको तालिबान सरकारले पनि दुईदेशीय सीमामा प्रतिआक्रमण गरेको छ। तालिबान सत्तामा आएदेखि बिग्रिएको दुई देशीय सम्बन्ध थप तनावपूर्ण बनेको छ।

Advertisement

पाकिस्तानी सेनाले पाकिस्तानी तालिबान तेहरिक-ए तालिबान (टीटीपी)का अड्डाहरूमा बमबारी गरेको दाबी गरे पनि अफगानिस्तानले शरणार्थी शिविरमा हमला गरेको आरोप लगाएको छ। त्यहाँको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पाकिस्तानी सेनाले अफगानिस्तानको हवाई क्षेत्र उल्लंघन गरी पक्तिका प्रान्तको बर्मल जिल्लास्थित शरणार्थी शिविरमा बम विष्‍फोट गराएको आरोप लगाएको छ।

अफगानी तालिबानको स्वास्थ्य मन्त्रालयका अनुसार ५० जनाभन्दा बढी मानिस मारिएका छन्। मारिनेमा अधिकांश महिला र बालबालिका रहेको तालिबानको दाबी छ। आक्रमणको भोलिपल्ट अफगानिस्तानको रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा आक्रमणमा मारिने र घाइते हुने अधिकांश पाकिस्तानकै वजिरिस्तानबाट आएका शरणार्थी रहेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तानले यस हमलाको भर्त्सना गर्छ र यसलाई स्पष्‍ट आक्रामक र अन्तर्राष्‍ट्रीय सिद्धान्तहरू विरुद्ध भएको ठान्छ। पाकिस्तानले याद गर्नुपर्छ कि यस्तो कारवाही समस्याको समाधान होइन।’

दक्षिण वजिरिस्तान जिल्लामा २१ डिसेम्बरमा पाकिस्तानी सेनाको चौकीमा आतंकवादी आक्रमण हुँदा १६ सुरक्षाकर्मी मारिएका थिए। पाकिस्तानले यस हमलाको दोष सीमापारबाट आएका अतिवादीलाई लगाएको थियो। र, उसले अफगानिस्तान सीमामा आतंकवादविरोधी अपरेसन चलाएको थियो।

हमला गर्नुभन्दा केही घण्टाअघि मात्र अफगानिस्तानका लागि पाकिस्तानका विशेष प्रतिनिधि मोहम्मद सादिकले काबुलमा तालिबान विदेशमन्त्री अमिर खान मुत्ताकीलाई भेटेको अलजजिराले उल्लेख गरेको छ। ‘आज परराष्‍ट्रमन्त्री अमिर खान मुत्ताकीसँग भेट भयो। महत्त्वपूर्ण विषयमा व्यापक छलफल भयो। द्विपक्षीय सहयोगलाई अझ मजबुत बनाउने साथै क्षेत्रीय शान्ति र प्रगतिका लागि मिलेर काम गर्ने सहमति भएको भयो,’ भेटवार्तापछि सादिकले भनेका थिए।

सादिकले तालिबानका अन्तरिम गृहमन्त्री सिराजुद्दीन हक्कानीसँग पनि भेटवार्ता गरेका थिए। तर, हवाई आक्रमणपछि दुई देशबीचको सम्बन्ध थप चिसिने विश्लेषकहरू बताउँछन्।

अलजजिराका अनुसार पाकिस्तानद्वारा अफगानी क्षेत्रमा गरिएको सन् २०२४ को दोस्रो हवाई हमला हो। यसअघि पनि १७ मार्चमा पाकिस्तानले अफगानिस्तान बोर्डरमा रहेका आतंकवादी ठेगानामा हमला गरेको थियो। पाकिस्तानी विमानहरूले पक्तिका र खोस्त प्रान्तमा ‘सर्वसाधारण मानिस’को घरमा आक्रमण गरेको तालिबानको स्वास्थ्य मन्त्रालयले दाबी गरेको थियो। घटनामा महिला र बालबालिकासहित ८ जनाको मृत्यु भएको तालिबानको दाबी थियो।

हवाई हमलाको दुई दिनअघि पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा रहेको सैन्य जाँच चौकीलाई लक्षित गरी आत्मघाती बम आक्रमण भएको थियो। आक्रमणमा सातजना सैनिकको मृत्यु भएको थियो। त्यसको बदलामा पाकिस्तानले अफगानिस्तान बोर्डरमा अड्डा जमाएका आतंकवादी समूह हाफिज गुल बहादुर समूहका आतंककारीलाई निशाना बनाएको बताएको थियो।

तालिबानको प्रत्याक्रमण

२५ डिसेम्बरमा अफगानिस्तानको विदेश मन्त्रालयले पाकिस्तानी दूतावासका कर्मचारीलाई बोलाएर हवाई आक्रमणको कडा विरोधको पत्र बुझाएको छ। अफगानिस्तानको विदेश मन्त्रालयले सामाजिक सञ्‍जाल ‘एक्स’मा विज्ञप्ति सार्वजनिक गर्दै यस्तो ‘गैरजिम्मेवार कारवाहीको निश्‍चित परिणाम भोग्‍नु पर्ने’ बताएको थियो।

त्यहाँको रक्षा मन्त्रालयले पनि आफ्नो क्षेत्रको रक्षाका लागि आफ्नो अधिकार प्रयोग गर्दै कायरतापूर्ण कारवाहीको जवाफ दिने चेतावनी दिएको थियो।

‘अफगानिस्तानले यो क्रूर कार्यलाई सबै अन्तर्राष्‍ट्रीय सिद्धान्तहरूको स्पष्‍ट उल्लंघन र स्पष्‍ट रूपमा उक्साहटको कार्य मान्दछ। इस्लामिक इमिरेट्स ‘अफगानिस्तान’ले यस कायरतापूर्ण कार्यको जवाफ दिने छ,’ मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खोराजमीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

२८ डिसेम्बरमा तालिबान रक्षा मन्त्रालयले अघिल्लो साता शरणार्थी शिविरमा भएको पाकिस्तानी हवाई हमलाको बदलामा पाकिस्तानी सीमाभित्र धेरै ठाउँमा आक्रमण गरेको दाबी गरेको छ। यद्यपि, उसले आक्रमणको विस्तृत जानकारी दिएको छैन।

‘अफगानिस्तानविरुद्ध आक्रमण गर्ने योजना र समन्वय गर्ने तत्त्वहरू र उनीहरूका समर्थकहरू बस्‍ने काल्पनिक रेखाभन्दा बाहिरका धेरै विन्दुमा जवाफी कारवाही गरिएको थियो,’ मन्त्रालयले भनेको छ।

अफगान तालिबानसँग वैचारिक सम्बन्ध सेयर गर्ने टीटीपीले सन् २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किएपछि आफ्ना गतिविधिलाई तीव्रता दिएको अमेरिकाको भर्जिनियामा हेडक्वार्टर रहेको अफगानी भाषाको न्युज च्यानल ‘अमु टीभी’ले उल्लेख गरेको छ।

तालिबानले सीमा नजिकका सुरक्षा चौकीहरूमा फायरिङ गरेको पाकिस्तानी सेनाले  रिपोर्ट गरेको छ। पाकिस्तानको सशस्त्र बलले एक प्रतिवेदन सार्वजनिक गर्दै आफ्नो सेनाले जवाफी कारवाही गरेको र १५ भन्दा बढी विद्रोहीलाई मारेको दाबी गरेको ‘अमु टीभी’ले उल्लेख गरेको छ। र, तालिबान लडाकूहरूलाई ठूलो क्षति पुगेको बताएको छ।

क्षेत्रीय अस्थिरता बढ्ने जोखिम

गत जुनमा बीबीसीसँगको एक अन्तर्वार्तामा पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानले अफगानिस्तानमा तालिबानका ठेगानाहरूमा कारवाही जारी राख्‍ने वाचा गरेका थिए। उनले भनेका थिए, ‘यदि अपरेसन आजम-ए-इस्तेकाम (स्थिरताका लागि समाधान) अन्तर्गत भविष्‍यमा आवश्यकता महशुस भयो भने अफगानिस्तानमा रहेको तहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी)का आधारहरूलाई निशाना बनाउन सकिन्छ।’

सोही आतंकवादविरोधी योजनाअन्तर्गत नै हवाई आक्रमण भएको हुन सक्ने जानकारहरू बताउँछन्। पाकिस्तानले भने यस विषयमा जवाफ दिएको छैन। केही महिनादेखि सीमा क्षेत्रमा दुई देशबीचको तनाव थप चुलिएको छ। दुवै पक्षले एक अर्कालाई आरोप-प्रत्यारोप गर्दै आक्रमण-प्रत्याआक्रमण गर्दै आएका छन्। अवस्था थप जटिल बन्दै गए यसले क्षेत्रीय अस्थिरता बढ्ने जोखिम रहेको विज्ञहरूले चेतावनी दिएका छन्।

पाकिस्तानको राजधानी इस्लामावादस्थित विदेशी नियोगका एक कूटनीतिज्ञ भन्छन्, ‘जोखिम बढेको छ। तर, तालिबानले औपचारिक सैन्य संरचना बनाइसकेको छैन। त्यसैले दुई देश युद्धमा होमिने सम्भावना छैन। तालिबानले यसअघिका राष्‍ट्रीय सेनालाई समेटेर नयाँ सैन्य दस्ता बनाउने कोशिस गरिरहेको छ।’

यसअघि पनि सीमानामा पटक-पटक संघर्ष हुँदै आएका छन्। गत १२ अगस्टमा पाकिस्तानी सेना र तालिबान लडाकुबीचको गोली हानाहानमा कैयौं तालिबानी लडाकु र तीन पाकिस्तानी सैनिक घाइते भएका थिए। अमेरिकी सहयोगमा सञ्‍चालित चेक रिपब्लिकमा हेडक्वार्टर भएको ‘रेडियो लिबर्टी’का अनुसार उक्त झडपमा ३ अफगान नागरिक मारिएको तालिबानले जनाएको थियो।

झडपपछि पाकिस्तान र अफगानिस्तानलाई जोड्ने मुख्य सीमा नाका तोर्खाम बन्द गरिएको थियो। तालिबानले पाकिस्तानको कदम युद्धका लागि उक्साहट भएको चेतावनी दिएको थियो।

अफगानिस्तानसँग सीमा जोडिएका पाकिस्तानका दुई अशान्त प्रान्त उत्तरपश्‍चिमी खैबर पख्तुनख्वा र दक्षिण-पश्‍चिमी बलुचिस्तानमा आक्रमण र मृत्युका घटना बढेको विभिन्‍न तथ्यांकले पुष्‍टि गरेका छन्।

पाकिस्तानको आन्तरिक मामिला मन्त्रालयका अनुसार सन् २०२४ को पहिलो १० महिनामा १ हजार ५०० भन्दा बढी हिंसात्मक घटना भएका छन्। जसमा कम्तिमा ९२४ जनाको मृत्यु भएको उल्लेख छ। हताहत हुनेहरूमा कम्तिमा ५७० सुरक्षाकर्मी र ३५० भन्दा बढी नागरिकहरू छन्।

इस्लामावादमा कार्यालय रहेको अनुसन्धान संस्था ‘पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एन्ड सेक्युरिटी स्टडिज (पीआईसीएसएस)’ ले २०२४ मा ८५६ भन्दा बढी आक्रमणको रिपोर्ट गरेको छ, जुन २०२३ मा रेकर्ड गरिएका आक्रमणभन्दा अधिक हो। गत वर्ष ६४५ आक्रमणका घटना भएका थिए।

किन चिसियो तालिबान-पाकिस्तान सम्बन्ध ?

पाकिस्तान तालिबानको लामो समयदेखिको सहयोगी मानिन्छ। यी दुईबीच २ दशक लामो सम्बन्ध रहेको पटक-पटक सार्वजनिक भइसकेको छ। सशस्त्र द्वन्द्वका क्रममा तालिबानी नेताहरूलाई पाकिस्तानले शरण दिएको पनि छिपेको छैन। कतिपय तालिबानी नेता र लडाकूहरूले पाकिस्तानी इस्लामिक धार्मिक विद्यालयहरूमा अध्ययनसमेत गरेका थिए।

सन् २०२१ मा अफगान सत्ता कब्जा गरेको २ महिनामै पाकिस्तानले तालिबानलाई इस्लामावादस्थित अफगान दूतावास सुम्पिएको थियो। पाकिस्तान तालिबानी राजदूतलाई आफ्नो देशमा स्वागत गर्ने पहिलो देश पनि हो।

तर, तालिबानको सबैभन्दा बढी सहयोगी मानिएको छिमेकी देश पाकिस्तान र तालिबानबीचको सम्बन्धमा भने दरार आउन थालेको छ। तालिबानलाई सत्तामा आउन भरपुर सहयोग गरेको र उसको जितलाई रणनीतिक जितका रूपमा व्याख्या गरेको पाकिस्तानलाई उसैले चुनौती दिन थालेको छ।

पाकिस्तान र तालिबानबीचको सम्बन्धको सबैभन्दा ठूलो बाधक पाकिस्तानी तालिबान तेहरिक-ए तालिबान (टीटीपी) रहेको अलजजिराको रिपोर्टमा उल्लेख छ। इस्लामावादले पाकिस्तानी तालिबान (टीटीपी)लाई तालिबान सरकारले लामो समयदेखी आश्रय दिएको आरोप लगाउने गरेको छ। उक्त समूहले पाकिस्तानी सुरक्षा बल र सर्वसाधारणमाथि निरन्तर घातक आक्रमण गर्दै आएको छ। यो समूहले केही वर्षभित्रै सयौं पाकिस्तानी सुरक्षाकर्मीको हत्या गरिसकेको पाकिस्तानको आरोप छ।

पाकिस्तानी अधिकारीका अनुसार उनीहरूले अफगानिस्तानलाई सीमापार आतंकवादी गतिविधिका बारेमा बारम्बार प्रमाण उपलब्ध गराएका छन्। तर, तालिबान सरकारले पाकिस्तानको सुरक्षा संवेदनशीलतालाई प्राथमिकता नदिएको र आतंकवादी समूहहरू अफगानिस्तानमा स्वतन्त्र रूपमा आश्रय लिइरहेको पाकिस्तानको आरोप छ। र, आफ्नो देशविरुद्ध आक्रमण गर्ने वातावरण पाइरहेको दाबी छ। हुन पनि, पाकिस्तानमा हुने गरेका अधिकांश आतंकवादी हमला सीमापारिबाट सञ्‍चालन हुने गरेका रिपोर्टहरू आइरहेका छन्।

तालिबान सरकारले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ। अफगानी भूमि अन्य देशहरूविरुद्ध आक्रमणका लागि प्रयोग गर्न अनुमति नदिने तालिबानले दाबी गरिरहेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

रोयटर्सका अनुसार टीटीपी अफगानी तालिबानप्रति प्रतिबद्ध छ र नाम पनि सापट लिएको छ। तर, यो अफगानी तालिबानसँग प्रत्यक्ष जोडिएको छैन। टीटीपीको मुख्य उद्देश्य अफगानी तालिबानले झैं पाकिस्तानमा इस्लामिक धार्मिक कानून लागू गर्ने रहेको रोयटर्सले उल्लेख गरेको छ।

दुई देशबीच दरार पैदा गर्ने ऐतिहासिक कारक पनि छ। त्यो हो ‘डुरान्ड लाइन’। डुरान्ड लाइन ब्रिटिस उपनिवेश र अफगानिस्तानबीचको सीमा रेखा हो, जुन पाकिस्तान स्वतन्त्र भएपछि दुई देशबीचको अन्तर्राष्‍ट्रीय मान्यताप्राप्त सीमा पनि हो। तर, पाकिस्तानले स्वतन्त्रता पाएयताका कुनै पनि अफगान सरकारले डुरान्ड लाइनलाई मान्यता दिएका छैनन्। यो सीमा रेखालाई अफगानिस्तानले बेलायती उपनिवेशले जबर्जस्ती थोपरेको विरासतको रूपमा मात्र लिने गरेको छ।

तालिबानले पनि डुरान्ड लाइनलाई हालसम्म मान्यता दिएको छैन। १९९० को दशकमा तालिबानको पहिलो शासनकालमा पनि डुरान्ड लाइनले मान्यता पाएको थिएन। डुरान्ड लाइन अफगानिस्तानमा एक भावनात्मक मुद्दा पनि बनेको अलजजिराले उल्लेख गरेको छ। किनभने, यो सीमाले पश्तुनहरूलाई दुई भागमा विभाजित गरेको छ। पश्तुनहरू पाकिस्तान र अफगानिस्तानका आदिवासी हुन्। उनीहरूलाई पठान पनि भन्‍ने गरिन्छ।

पाकिस्तानले भने दुई देशीय सिमानामा प्रायः सबै काँडेतारले तारबार गरिसकेको छ। यसअघि सीमानाले भावनात्मक रूपमा छुट्याएका पश्तुनहरूलाई काँडेतारले भौतिक रूपमै छुट्याएको छ। तालिबानले सिमानामा तारबारप्रति असन्तुष्‍टि व्यक्त गर्दै आएको छ।

अफगानिस्तानभित्र पाकिस्तानको सैन्य कारवाहीले अफगानी नागरिकमा पाकिस्तानविरोधी भावनालाई बढावा दिने र दुईदेशीय सम्बन्ध झन खराब हुने जानकारहरू बताउँछन्।

इस्लामावादस्थित विदेशी नियोगका ती कूटनीतिज्ञका अनुसार पाकिस्तान र अफगानिस्तानबीच सम्बन्ध सुधार भएमा मध्य एसिया र दक्षिण एसियालाई आर्थिक रूपमा जोड्ने मार्गका रूपमा विकसित हुन सक्छन्। भन्छन्, ‘क्रिया-प्रतिक्रियाभन्दा पनि विवाद समाधानमा लाग्‍नु दुवै देशका लागि हितकर हुन्छ। राजनीतिक समाधान निस्केमा दुवै देशका करिब ३० करोड जनसंख्या लाभान्वित हुने छन्।’

बुधबार, पुष १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.