Advertisement
काठमाडौँ । नेपाली कांग्रेस चितवनले गठबन्धनविरुद्ध नजान भनेको छ । जिल्ला सभापति राजेश्वर खनालले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउन सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
सभापति खनालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्रभन्दा बाहिर नजान आग्रह गरेका हुन् ।
‘आसन्न स्थानीय निर्वाचनमा सबै पार्टी होमिएको अवस्था र नेपाली कांग्रेसले गठबन्धनलाइ आत्मसाथ गरी अगाडि बढ्ने कुरालाइ ध्यानाकर्षण गराएका छन्, नेपाली कांग्रेसको केन्द्रीय परिपत्र अनुसार चितवन कांग्रेस गठबन्धनलाइ पूर्ण पालना गरी अगाडि बढ्ने कुराको समेत जानकारी गराउन चाहन्छु,’ सभापति खनालले जारी गरेका विज्ञप्ति भनिएको छ ।