Advertisement
काठमाडौँ । चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लागु औषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगर ५ घर भएका ३० वर्षीय रामकृष्ण भण्डारी रहेका छन् । काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको प्रदेश–१–०२–००१ नम्बरको बसमा सवार भण्डारीको साथबाट ६ ग्राम खैरो हेरोइन र नाइट्रोभेट ४ ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
आरोपीलाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।