नेपाल पत्रकार महासंघले महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहेमा सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न पाउने भएका छन् । महासंघकाे केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकले निर्वाचनमा उम्मेदवार बन्न महासंघको सदस्यता परित्याग गर्नुपर्ने निर्णय गरेको हो ।
Advertisement
बैठकले आसन्न स्थानीय निर्वाचनमा महासंघका सबै सदस्यहरूलाई पत्रकार आचारसंहिताको पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न पनि अपिल गरेको महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।