नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीलाई ‘निर्दोष’ भएको बताएका छन् ।
Advertisement
माओवादी केन्द्रले कैलालीको गौरिगंगा नगरपालिका स्थित मसुरियामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले रेशम चौधरीको टीकापुर घटनामा कुनै संलग्नता नरहेको र उनी निर्दोष रहेको तर उनलाई फसाइएको दावी गरे ।
एक नाबालकसहित ८ सुरक्षाकर्मीको ज्यान जानेगरी २०७२ भदौमा भएको घटनामा संलग्न भएको पुष्टि गर्दै रेशमलाई आजीवन कारावासको सजाय सुनाइएको छ । त्यस्तै दाहालले सत्तारुढ दलहरूबीचको गठबन्धन जसरी पनि बचाउनुपर्ने भन्दै आवश्यक परेको ठाउँमा तालमेलका लागि लचक हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।