काठमाडौं- नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले आईईएलटीएस टेस्टको शुल्क भुक्तानीमा १ हजार रुपैयाँ छुट सुविधालाई हालै सार्वजनिक गरेको थियो। सो सुविधालाई अझ परिष्कृत गर्दै सेवाग्राहीमाझ प्रबर्द्धनका लागि आइएमई पेले आईईएलटीएस टेस्ट शुल्कमा फ्ल्याट २ हजार रुपैयाँ क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।
सेवाग्राहीहरूले यो क्यासब्याक सुविधा यही ५ पुससम्म प्राप्त गर्न सक्नेछन्। यस्तै, पहिले सार्वजनिक भएको अफरअनुसार १ हजार रुपैयाँ छुट सुविधा निरन्तर चलिरहने छ।
यो नयाँ सेवामार्फत अब प्रयोगकर्ताले समय र मिहिनेत बचाई आईएमई पे एपमार्फत आफ्नो आईईएलटीएस परीक्षा शुल्क सहजै तिर्न सक्नेछन्। प्रयोगकर्ताहरूले आईईएलटीएसको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आईईएलटीएस यूकेभीआईको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्किल्स ए-१/ए-१, बी-१ का निम्ति भुक्तानी गर्न सक्नेछन्।
आइएमई पे एपबाट आईईएलटीएस टेस्टको मिति बुक गर्न र शुल्क भुक्तानी गर्न प्रयोगकर्ताहरूले एपको होमपेजमा ‘ह्वाट्स न्यू’ भागमा ‘आईईएलटीएस टेस्ट बुकिङ’मा गई सोधिएको विवरण भरेर गर्न सक्नेछन्।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबर्द्धित ‘आईएमई पे’ मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्योट विनियमावली– २०७२ बमोजिम ‘आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।
आईएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैंले अथवा एजेन्टहरू मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। यसले व्यक्ति-व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवासमेत प्रदान गर्दै आएको छ।
यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ। आईएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकहरूलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आईएमई पे विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।