Advertisement
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । जसअनुसार आज छापावाला सुनको मूल्य एक लाख ९०० रुपैयाँ कायम भएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ३०० रुपैयाँले बढ्दै एक लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । अघिल्लो दिन प्रतितोला एक हजार ३८५ रुपैयाँमा कारोबार भएकोमा आज पाँच रुपैयाँले घट्दै एक हजार ३८० रुपैयाँमा कारोबार भएको छ ।