उम्मेदवार सिफारिस गरिसकेको एमालेले महानगर र उपमहानगरमा आंशिक तालमेलको नीति लिएको छ । एमालेले राप्रपा नेपाल र परिवार दलसँग तालमेल गर्ने सहमति गरे पनि उनीहरू ६ वटै महानगरमा बलियो शक्तिका रूपमा नरहेकाले आंशिक तालमेलको नीति लिएको हो ।
Advertisement
६ महानगर र ११ उपमहानगरमा उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाइसकेको एमालेले उनीहरूसँग केही वडामा मात्र तालमेल गर्ने गरी ढोका खुला राखेको छ । एमाले, राप्रपा नेपाल र परिवार दलको केन्द्रीय कार्यदलले पनि स्थानीय कमिटीबीच नै वार्ता गरेर वडामा हुन सक्ने तालमेल जिल्ला र प्रदेशबाटै टुंग्याउन निर्देशन दिएका छन् ।