काठमाडौं- नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र काठमाडौंको मुटु सुन्धारास्थित सिभिल मलबीच एससीटी-यूपीआई कार्डधारकहरूका लागि निःशुल्क पार्किङ सेवा शुरु भएको छ।
Advertisement
यस सेवाअन्तर्गत एससीटी-यूपीआई कार्डधारकहरूले आफ्नो कार्ड देखाएर सिभिल मल, सुन्धाराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा लिन सक्ने छन्। १६ मंसिरदेखि शुरु भएको यो सेवा हाललाई ६ महिनासम्म लागू हुनेछ।
एससीटी-यूपीआई डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले एससीटीको कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सक्ने छन्। एससीटी-यूपीआई कार्डधारकहरूले भविष्यमा पनि यस्तै अझै विभिन्न लाभ र थप सुविधा प्राप्त गर्ने स्मार्टच्वाइस टेक्नोलोजिजले जनाएको छ।