• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

भविष्‍यका ठूला युद्ध लड्ने छन् ड्रोनले, यस्तो छ रहस्य


बुधबार, बैशाख ०७, २०७९ मा प्रकाशित

 

Advertisement

गत फेब्रुअरीमा रुसी सेनाको ठूलो लस्कर युक्रेनको राजधानी कब्जा गर्न अगाडि बढिरहेको थियो। सँगसँगै युक्रेनको राजधानी किभ रुसी आक्रमणको सामना गर्ने तयारी गरिरहेको थियो।

 

प्रतिरक्षाको खर्च, लडाकु विमान, तोप र बख्तरबन्द सवारी साधनको संख्या र हतियारको उत्पादनका हिसाबले रुसी सेना युक्रेनी सेनाभन्दा धेरै अगाडि छ, तर केही साताभित्रै रुसी सेनाले कमजोर मानेको युक्रेनी सेनाबाट बलियो प्रतिरोधको सामना गर्‍यो ।

 

रुस-युक्रेन युद्धमा युक्रेनले रुसी सेनालाई अगाडि बढ्न नदिन शक्तिशाली ड्रोनको प्रयोग गरिरहेको र त्यसमा सफलता पनि मिलिरहेको देखिएको छ ।

 

रुसी सैनिकहरू लामो चिसो रात रेलहरूमा बिताउन बाध्य थिए। आफूलाई न्यानो बनाइराख्‍न तिनले आफू चढेको रेल र तोपका इन्जिन चलाएर राख्थे । युक्रेनी ड्रोनहरूले यसको फाइदा उठाए, तिनले रातको अँध्यारोमा उनीहरूलाई आक्रमण गर्न थाले । सवारी साधनको इन्जिनबाट निस्किने तापका आधारमा युक्रेनी ड्रोनले सटिक निशाना लगाउन सकिरहेका थिए।

 

युक्रेनको युद्ध र अन्यत्रका रणभूमिमा ड्रोनको बढ्दो प्रयोगले कतै अब डोनबाट युद्ध लड्ने समय आएको त होइन भन्‍ने जिज्ञासा उत्पन्‍न भएको छ।

 

ड्रोनको इतिहास

 

युकेको लुब्रो विश्‍वविद्यालयमा युद्ध अध्ययनका प्राध्यापक क्यारोलिन केनेडी पाइप ड्रोनको इतिहासबारे भन्छिन्, ‘प्रथम विश्‍वयुद्धपछि युद्धमा शत्रुभन्दा अगाडि रहन मानवरहित हवाई सवारी साधन (अनम्यान्ड एरियल भेहिकल) बनाउने प्रयास शुरु भएको थियो । यसअन्तर्गत दुई प्रकारका उपकरण बने।

 

पहिलो, क्षेप्यास्त्रहरू जुन निश्‍चित दिशामा जान सक्छन् र यस प्रक्रियामा आफैंलाई र लक्ष्‍यलाई नष्‍ट गर्न सक्छन्। दोस्रो, ती सवारी साधन जसले आवश्यक सामग्री ढुवानी गर्थे वा गुप्तचर सूचना संकलन गर्न सक्छन्, र त्यसलाई बारम्बार प्रयोग गर्न सकिन्छ।

 

पहिलो विश्‍वयुद्धमा हार बेहोरेका पश्‍चिमी देशहरू ट्रेन्च (लामा खाडल)मा लुकेर युद्ध लड्ने रणनीतिको विकल्प चाहन्थे। उनीहरू जमिनबाट होइन, दुश्मनको इलाकामा जान सक्ने विमान चाहन्थे।

 

लन्डनमा जन्मेका वैज्ञानिक आर्चिबालड स्वच्छाले सेनामा भर्ना हुँदै रोयल फ्लाइङ कर्प्समा काम गर्न लागे। उनलाई रेडियो गाइडेन्स प्रणालीका पिता भनिन्छ। विमानलाई निर्देशित मिसाइलको रूपमा प्रयोग गर्न सकियोस् भनेर उनले विमानलाई टाढैबाट नियन्त्रित गर्ने उपायहरूमा काम गरिरहेका थिए। सन् १९१७ मा उनले आफ्नो पहिलो मानवरहित विमानको परीक्षण गरे, जुन सफल हुन सकेन।

 

सन् १९१८ मा अमेरिकी सेनाले वैज्ञानिक चार्ल्स केटरिङसँग पाइलटबिनै उडाउन सकिने उड्ने बम बनाउन अनुरोध गर्‍यो। उनले यसलाई केटरिङ बग नाम दिए।

 

केटरिङ बग ३.८ मिटर लामो विमान थियो, जुन एक पारम्परिक विमानजस्तै देखिन्थ्यो । त्यसको चौडाइ ४.५ मिटर थियो। यसको उद्देश्य ४० माइल टाढाको लक्ष्‍यलाई प्रहार गर्ने थियो। यद्यपि, यसको प्रयोग कहिल्यै गरिएन । पछि सन् १९४४ मा विमानहरूलाई हतियारका रूपमा प्रयोग गरियो।

 

‘अमेरिकाले वाटेन एन्ड भिसोर्नेस र मिमोयेकमा अवस्थित नाजी जर्मनीको हतियार केन्द्र नष्‍ट गर्न मानवरहित विमान निर्माण गरिरहेको थियो। अहिले फ्रान्समा पर्ने यी क्षेत्रमा बम हान्‍नका लागि विमानहरू खाली गरी विस्फोटकहरूले भरिएको थियो। तर, ती मानवरहित विमान थिएनन्। किनकि, पाइलट र फ्लाइट इन्जिनियरहरू विमानलाई लक्ष्‍यभन्दा करिब दुई हजार फिटको उचाइमा लिएर जान्थे। त्यसपछि विमानभित्रका विस्फोटक पदार्थ विस्फोट गर्ने तयारी गर्थे । त्यसपछि अपरेटरलाई नियन्त्रणहरू दिँदै जहाजबाट प्यारासुटमार्फत हामफाल्थे,’ क्यारोलिनले भनिन्।

 

यस्तै, एउटा अपरेसनमा अमेरिकी नौसेनामा पाइलट तथा राष्‍ट्रपति जोन एफ केनेडीका भाइ जोसेफ पी केनेडीको मृत्यु भयो। विस्फोटक पदार्थलाई विस्फोटका लागि तयारी गर्नुअघि नै उनको विमान विस्फोट भएपछि सम्पूर्ण चालक दलको मृत्यु भयो। यस परियोजनामा पनि अरू पनि यस्ता केही दुर्घटना भएपछि यसलाई रोकिएको थियो।

 

वर्षौंपछि त्यस्ता मानवरहित विमानहरू भियतनाम युद्धमा गुप्तचर सूचना संकलन र प्रोपोगन्डाका लागि प्रयोग गरियो। समयसँगै प्रविधिमा सुधार हुँदै गयो र क्षमता पनि बढ्दै गयो ।

 

‘सन् १९९० को खाडी युद्ध र कोसोभो अभियानको समयमा लक्ष्‍य भेद्‍ने र अन्य प्राविधिक हिसाबले मानवरहिन विमान पहिलेको भन्दा धेरै राम्रो भएको थियो। मानवरहित हवाई विमानले तुलनात्मक रूपमा सर्वसाधारणलाई हुने खतरा पनि कम गर्ने दाबी गरिएको थियो। यसको प्रयोग चुनिएका स्थानमा आक्रमण गर्न र शत्रुलाई खत्तम गर्न प्रयोग गर्न थालियो । यसको प्रभाव पनि देखियो र अमेरिकी नेतृत्वको गठबन्धन सेनाले खाडी युद्धमा कम क्षति बेहोर्‍यो,’ क्यारोलिनले बताइन्।

 

अमेरिकामा ९-११ को आक्रमणपछि र त्यसपछिको इराक र अफगानिस्तान युद्धको समयमा वास्तविक समयमा सूचना प्रदान गर्न र मिसाइल आक्रमणहरू गर्न सक्षम मानवरहित साधनहरूको प्रयोग सामान्य बन्यो। यसका माध्यमबाट अमेरिकामा बसेर अफगानिस्तानका दुर्गम ठाउँको जानकारी संकलन गर्न सहज भयो ।

 

एक रिपोर्टअनुसार अमेरिकी राष्‍ट्रपति जर्ज बुसले उनको कार्यकालमा ५० भन्दा बढी ड्रोन हमलाको आदेश दिएका थिए । तर, नयाँ प्रशासनको आगमनसँगै ड्रोन आक्रमणको आदेश ह्वात्तै बढ्यो। बाराक ओबामाले १८ सयभन्दा बढी र डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको पहिलो दुई वर्षमै २२ सय ड्रोन आक्रमणको आदेश दिए।

 

ड्रोनले चुनिएका लक्ष्‍यहरूमा आक्रमण गर्न सही जानकारी आवश्यक हुन्छ। अन्यथा त्रुटि हुने खतरा रहन्छ। अमेरिकी सेनाका अतिरिक्त अमेरिकी गुप्तचर निकाय सीआईएले पनि ड्रोन कार्यक्रम चलाइरहेको छ।

 

युद्धमा सन्तुलन

 

सारा क्रेप्स अमेरिकाको कर्नेल विश्‍वविद्यालयको टेक पोलिसी प्रयोगशालाकी निर्देशक हुन् र उनले ड्रोनबारे दुईवटा पुस्तक लेखेकी छन् । उनका अनुसार ‘पहिले युद्धमा देशहरू सेना र हतियारमा बढी लगानी गर्थे भने अहिले स्थिति फेरिएको छ। आफ्नो सेनामा करोडौं र अर्बौं खर्च गर्न नसक्ने देशसँग ड्रोन छ भने ऊ पनि सुरक्षामा अग्रस्थानमा रहन सक्ने स्थिति आएको छ। तिनीहरूले आफ्नो सुरक्षा घेरा पार गरेर आक्रमण गर्न सक्छन । तर, यसको नकारात्मक पाटो पनि छ। अब कसले कहिले र कहाँ आक्रमण गर्छ भन्‍ने थाहै हुँदैन। जस्तो- खेल, प्रतियोगिता र विशेष कार्यक्रममा पनि ड्रोन आक्रमणको सम्भावना रहन्छ।’

 

सुरक्षा अब अमेरिकाका लागि महँगो सौदा बन्दै गएको छ। साना ड्रोन र आईईडी (इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस)को सम्भावित आक्रमणबाट जुध्न अमेरिकामा छुट्टाछुट्टै एकाइहरू गठन गरिएको छ।

 

आईआईडी बनाउन कुनै विशेष सीपको आवश्यकता पर्दैन। इराक र अफगानिस्तानका विद्रोहीहरूले आईआईडी व्यापक प्रयोग गरेका थिए।

 

इराक र अफगानिस्तानमा अमेरिकाले आईईडी पत्ता लगाउन र नष्‍ट गर्न अर्बौं डलर खर्च गर्नुपर्‍यो । यो आफैंमा अमेरिकाका शत्रुको जित थियो। ‘पाँच सय डलरमा बनेका ड्रोन वा आईआईडीसँग जुध्न उल्लेख्य समय र पैसा लगानी गर्न बाध्य पार्नसक्नु शत्रुको सफलता नै हो,’ साराले भनिन्।

 

समयसँगै ड्रोनले युद्धको मैदानमा चुनौती बढाइरहेको प्रष्‍ट हुँदै गएको छ। गरिब देशमा रहेका चरमपन्थीहरूले पनि ड्रोनको सहयोगमा ठूलो क्षति पुर्‍याउन सक्ने भएका छन्।

 

‘ड्रोनको क्षमता फरक फरक हुन्छ। चरमपन्थीहरूसँग विकसित देशको सेनाको जस्तो उत्कृष्‍ट प्रविधि हुँदैन। तिनीहरूका ड्रोनहरू सामान्य खालको बम बोक्ने खालका हुन्छन् भने राम्रो प्रविधि भएका ड्रोनहरू सूचना संकलन गर्न मात्रै होइन, आक्रमण गर्न पनि सक्छन्,’ साराले भनिन्।

 

तर, ड्रोनबाट सटिक आक्रमण गर्न सही जानकारी आवश्यक पर्छ। गत वर्ष अफगानिस्तानमा भएको एक अमेरिकी ड्रोन हमलाको कडा आलोचना भएको थियो, जसमा १० सर्वसाधारणको मृत्यु भएको थियो । अमेरिकाले पछि यसलाई गल्तीको रूपमा स्वीकार्‍यो ।

 

‘ड्रोनले सेतो कारलाई निशाना बनाएको थियो। तर, गाडीमा सवार शंकास्पदहरू इस्लामिक स्टेटसँग सम्बन्धित व्यक्तिहरू थिएनन्, सामान्य परिवारका सदस्य थिए। मेरो विचारमा त्यसबेला सबै जानकारी संकलन नगरी हतारमा निर्णय लिइएको थियो,’ साराले भनिन्।

 

युक्रेनको हतियार भण्डार

 

अहिले युक्रेनले ड्रोनको प्रयोगले कसरी युद्धलाई नै फरक दिशामा लग्यो भन्‍ने विषयले चर्चा पाइरहेको छ।

 

रुसले युद्धको समयमा युक्रेनको हवाई क्षेत्रलाई नियन्त्रण गर्न सक्षम हुने आशा गरेको थियो। तर, हवाई क्षेत्र नियन्त्रण गर्ने रुसी सपनालाई युक्रेनले ड्रोनको प्रयोग गरी असम्भव बनाइदियो।

 

रुसी सेनाविरुद्ध युक्रेनले विभिन्‍न तरिकाले ड्रोन प्रयोग गरिरहेको छ। युक्रेनले रुसी तोपहरूलाई एन्टी-ट्यांक मिसाइलले ध्वस्त पार्न ड्रोनको प्रयोग गरिरहेको छ। ड्रोनले तिनमा जडित इन्फ्रारेड क्यामेराबाट इन्जिनको ताप मापन गर्दै तोपहरूको स्थान पत्ता लगाउन सक्छन्।

 

रुसी सैनिक युक्रेनको चिसोबाट बच्न तोपका इन्जिन चलाएर बस्दा ड्रोनको निशानामा परिरहेका छन्। युक्रेनी सेनाले ड्रोनको प्रयोग गरेर बम खसालिरहेको छ।

 

युक्रेनसँग सोभियत संघकै पालाको एन्टी-ट्यांक ग्रिनेडहरूको ठूलो भण्डार छ। भारी हुने भएकाले तिनलाई सैनिकहरूले फ्याँक्नु जोखिमपूर्ण छ। तिनीहरू ड्रोनको सहयोगमा रूसी सैनिकमाथि यी हतियार प्रयोग गरिरहेका छन्।

 

त्यसबाहेक युक्रेनसँग टर्कीमा बनेका ठूला बेरेक्टर ड्रोनहरू छन्, जुन घातक आक्रमण गर्न सक्षम छन्। यी ड्रोन १६ घण्टासम्म आकाशमा रहन सक्छन् र तिनको लक्ष्‍यमाथि घुमिरहन्छन्। अझ यो वाहनले एकै पटक चार लेजर निर्देशित मिसाइलहरू बोक्न सक्छन्।

 

ड्रोन रणनीति

 

लन्डन स्कुल अफ इकोनोमिक्समा वार स्टडिजका सहायक प्राध्यापक डा. जेम्स रोजर्सका अनुसर युक्रेनका सामान्य ड्रोन अपरेटर तथा ती ड्रोन बिक्री गर्ने व्यावसायिक पसलहरूले तिनका ड्रोन सेनालाई दान दिए। यी सामान्य ड्रोन युद्धमा प्रयोग गर्न त सकिँदैन, तर तिनीहरूले रूसी सेना कहाँ छ भनेर पत्ता लगाउन मद्दत र तिनलाई पछ्याउन सघाउँछन्।

 

अहिलेसम्म युक्रेनी सेनाले शहर वरपरका क्षेत्रमा ड्रोन प्रयोग गर्दै आएको छ तर आगामी दिनमा यसको व्यापक प्रयोग हुनसक्छ।

 

आजकल देशका सेना मात्र होइन, इस्लामिक स्टेटजस्ता कथित चरमपन्थी समूहहरू पनि रणनीतिक रूपमा ड्रोन प्रयोग गरिरहेका छन्।

 

‘इस्लामिक स्टेटले गठबन्धन मुलुकका सेनामाथि आक्रमण गर्न ड्रोनको प्रयोग भएको देखेका छौं । तिनले पहिले अगाडिबाट ड्रोन पठाएर सेनालाई पछि हट्न बाध्य बनाए । पछि पछाडिबाट पनि ड्रोन पठाइयो । त्यसपछि सेना अड्कियो र बीचमा तिनलाई आक्रमण गर्न सजिलो भयो,’ जेम्सले भने।

 

अहिले युद्ध रणनीतिकारमाझ प्रश्न उठ्न थालेको छ, ‘ड्रोनको प्रयोगले भविष्‍यमा द्वन्द्वमा कस्तो प्रभाव पार्छ ? अहिलेसम्म युक्रेनमा ड्रोनलाई मौरीको हुल गएझैं एकैपटक प्रयोग गरिने स्वार्मिङ देखेका छैनौं, तर यो असम्भव छ भन्‍न गाह्रो छ।’

 

‘स्वार्मिङमा शत्रुविरुद्ध एकैपटक सयौं ड्रोन र मिसाइलहरू प्रयोग गरिन्छ । यसले शत्रु सेनाको रक्षा रणनीति र तिनीहरूको वायु रक्षा प्रणालीमा ठूलो चुनौती खडा गर्न सक्छ। केही ड्रोनलाई खसाल्न सम्भव होला । तर, कोही आफ्नो लक्ष्‍यमा पुग्ने निश्‍चित हुन्छ। भविष्‍यका लडाईंहरूमा यस प्रकारको रणनीति देखिनेछ,’ जेम्सले भने।

 

एक अर्को चिज पनि छ, जसले आगामी समयमा युद्धको रणनीति परिवर्तन गर्न सक्छ, त्यो हो आफैं निर्णय गर्ने स्वचालित ड्रोन।

 

स्वचालित ड्रोनहरू पूर्वनिर्धारित एल्गोरिदमको आधारमा आफ्नो लक्ष्‍य आफैं छनोट गर्छन् र तिनलाई नष्‍ट गर्छन् । अनि ड्रोन अपरेटरलाई यसको बारेमा जानकारी दिन्छन् । यस्ता घटनामा दुर्घटना हुने सम्भावना बढी हुन्छ र यस्तो भयो भने जिम्मेवारी कसले लिन्छ ?

 

पुन फर्किऊँ भविष्‍यका युद्ध ड्रोनले लड्लान् भन्‍ने प्रश्नमा । रुस-युक्रेन युद्धमा मानवरहित एरियल भेहिकल (ड्रोन)ले तोप र सशस्त्र वाहनहरू नष्‍ट गर्न र शत्रु लुकेको स्थान पत्ता लगाउन ठूलो भूमिका वहन गरे । ड्रोनले पहिलोपटक हो, यति ठूलो स्तरको युद्धमा महत्त्वपूर्ण भूमिका वहन गरेको पनि ।

 

आर्टिफिसियल इन्टेलिजेन्सले यसको प्रयोगको सम्भावनालाई अझ बढाउन सक्छ तर यस्ता मेसिनलाई आफैं निर्णय गर्ने स्वतन्त्रता कति दिन सकिछ ? आगामी दिनमा युद्धभूमिमा ड्रोनको प्रयोग सामान्य बन्दै जानसक्छ । युद्ध विज्ञ जेम्सका अनुसार भविष्‍यका हरेक युद्धमा ड्रोनहरू सामेल हुने भए पनि युद्ध यिनै वाहनबाट मात्र लडिने सम्भावना भने हुँदैन।

 

बीबीसीबाट

बुधबार, बैशाख ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई सय वर्षअघि गल्तिमै भएको थियो सलाईको आविष्‍कार !
नयाँ अन्तरिक्ष केन्द्र स्थापना गर्ने फिनल्याण्डको घोषणाा
सामाजिक सञ्‍जाल ह्‍याक हुन नदिन कस्तो पासवर्ड ?
पुरानो मोबाइल बेच्दै हुनुहुन्छ ? ब्ल्याकमेलिङमा पर्नु होला !
वैज्ञानिकले फेला पारे पृथ्वीजस्तै ग्रह, जीवनको सम्भावना कति ?
नासाद्वारा सबैभन्दा टाढाको आकाशगंगा फेला पारेको दाबी

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.