Advertisement
मकवानपुर । जिल्लामा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका ८ का ६५ वर्षीय जीतबहादुर गोले रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको चट्याङ लागेर उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका २ का ६२ वर्षीया ठूलीमाया रुम्बा घाइते भएकी छन् । उनको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिए ।