• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

सरकार आफैं भ्रष्‍ट !


    Avatar photo
आइतबार, मङि्सर ०९, २०८१ मा प्रकाशित

यातायात व्यवस्था कार्यालयले मेरो सवारी चालक अनुमति पत्र नवीकरणका लागि लिएको १५ सय रुपैयाँ बेखबर भएको छ। सवारी चालक अनुमति पत्र म्याद सकिएर पुनः नवीकरणका लागि रकम बुझाएको १ वर्षभन्दा बढी भयो। तर, आजका मितिसम्म हात लागेको छैन। बरु कार्ड सकिएकाले अब तत्कालका लागि नछाप्नेलगायत खबरहरू सुनिन थालेका छन्। यो राज्यले गरेको अनियमितता हो भन्दा कतै मुद्दा नै लाग्‍ने त होइन, डर लागेको छ।

Advertisement

यदि व्यक्तिले राज्यको तिर्नुपर्ने रकम नतिरेको वा भाकामा तिर्न नसकेको अवस्थामा के हुने हो ? बैंक तथा वित्तीय संस्थाहरूवाट लिएको ऋणको भाका नाघेको अवस्थामा तिर्नुपर्ने ब्याज र हर्जाना त बयान गरी साध्य नै छैन। विद्युत महशुलसमेत दोब्बर हुँदै जान्छ। अनि राज्यले भनेको काम समयमा नगर्दा नागरिक चुपचाप बस्‍नुपर्ने किन ?

नागरिक एपमा भएको इलेक्ट्रोनिक भर्सनले काम चल्ने भन्‍न्ने गरिएको छ। त्यसैको आडमा आजका दिनसम्मको यात्रा विना रोकटोक चलेको छ। शायद ट्राफिक महोदयहरूलाई पनि लज्जावोध भएर होला, हिजोआज अनुमति पत्र जाँच गर्ने चलन पातलिन थालेको छ। कतै सरकारले अनुमति पत्र नवीकरण गर्न नसक्ने अनि हामीले केका आधारमा जाँचबुझ गर्ने भन्‍ने झोंक पनि चल्दो हो। अझ स्मार्ट फोन नभएकाहरूसँग त नागरिक एपको सहजता पनि नहुँदो हो। यातायात कार्यालयले दिएको रसिद फाटिसकेको अवस्थामा त अझ कति झमेलामा परिने हो ?

अझ अचम्मको कुरा त सवारी चालक अनुमति पत्रको परीक्षा लिने, सवारी साधनबाट कर उठाउनेजस्ता यातायातसम्बद्ध अधिकार प्रदेश सरकारलाई मात्रै छ। ०७४ सालपछि यातायात व्यवस्था विभाग मातहतका तत्कालीन यातायात तथा लाइसेन्स कार्यालयहरू प्रदेश मातहत हस्तान्तरण भइसकेका छन्। तर, सवारी चालक अनुमति पत्र छाप्ने काम संघअन्तर्गत नै राखिएको छ।

यस्तो झण्झट सिर्जना किन भएको हो ? यसबाट कति नागरिक पीडामा छन् ? यसको समाधान के हो ? प्रश्नहरू अनुत्तरित छन्। किनकि, हाम्रा दलका नेतालाई यो सोच्‍ने फुर्सद नहोला। तर, कार्यकर्ताहरूले त झकझक्याउने गर्नुपर्नेमा विवेक गुमाएकोजस्तो देखिएका छन। उनीहरू यो दासत्वबाट बाहिर निस्कने सक्ने सम्भावना देखिँदैन। चाहिएजति जागरणका लागि सञ्‍चार माध्यमलगायत सबै आफैंसँग हुँदा पनि  सत्ताधारी दलहरूका कार्यकर्ता नै जागरण सभाका नाममा सडकमा निस्कन्छन्।

यसरी समग्र राज्य नै गैरजिम्मेवार र भ्रष्‍ट हुँदै गएको प्रष्‍ट छ। कार्ड मात्रै होइन, कुनै पनि कार्यहरू समयमा हुन सक्दैनन्। नेपाल वायु सेवा निगमको जहाजको सी-चेकदेखि औषधि र कृषिका लागि मल बीउ कुनै पनि आवश्यक कुराहरू समयमा आउँदैनन्। स्थानीय तहहरू सडकजस्तो अत्यावश्यक क्षेत्रमा कर लगाउँछन्। मानौं स्थानीय सरकार कर उठाउनका लागि मात्रै हो। जब कि, पेट्रोलियम पदार्थ खरिद गर्दा नै ६ प्रकारका करहरू तिरिसकेको हुन्छ, हरेक नागरिकले। नागरिकहरू दोहोरो करको मारमा छन्।

माथि उल्लेखित केही घटनाहरूका आधारमा प्रष्‍ट हुन्छ कि सत्तामा रहेकाहरूको अयोग्यताका कारण यी सबै समस्याको मार आम मानिसले खेप्नुपरेको छ। पुराना राजनीतिक शक्तिहरूको असफलताका कारण नै नयाँ भनिने शक्तिको जन्म भएको हो भन्‍नेमा कुनै शंका छैन। आफ्नो अयोग्यताका कारण आफ्नो अस्तित्व संकटमा पर्दै जाँदा गरिने एउटा हर्कत ठूलो छलकपट हो भन्‍ने राजनीतिक ज्ञाताहरूको बुझाइ छ।

यसै छलकपटअन्तर्गत समाजको बलियो निकायमाथि नियन्त्रण कायम गरिन्छ, जसका लागि नेताहरूले राज्यका मन्त्रीहरू, सशस्त्र शक्तिका अधिकारीहरू, पार्टीका नेताहरू र वरिष्‍ठ कर्मचारीहरूलाई आफ्नो हितका लागि प्रयोग गर्ने र आफ्नो हितविपरीत हुने भए स्थानान्तरण गर्ने गर्छन्।

आफ्ना मन परेकाहरूलाई बारम्बार दोहोर्‍याई-तेहेर्‍याई नियुक्ति दिइरहन्छन्। हिजोको सचिव वा कुनै ठूलो पदाधिकारी आजको मन्त्री, अनि भोलिको राजदूत नियुक्त हुन्छ भने राज्यका शासकहरूप्रति बफादार नहुनेहरू राजनीतिक परिदृश्यबाट हराउँछन्।

बारम्बार एउटै व्यक्ति योजना आयोगदेखि गभर्नर, राजदूत हुँदै उच्च पदस्थ व्यक्तिको सल्लाहकार नियुक्त भएका हाम्रै उदाहरणहरू छन्। मुख्यसचिवका लागि वरियता मिच्‍ने, मुख्यसचिवबाट रिटायर नहुँदै राजदूत बनाइने, शक्ति सन्तुलनका आधारमा स्वतन्त्र राख्‍नुपर्ने न्यायालयमा समेत आफ्नो दलीय प्रतिनिधि पठाउने हामीले देखे-भोगेको नियति नै हो। कसरी हुन्छ आफ्नो अस्तित्व कायम राख्‍नका लागि जस्तोसुकै सम्झौतासमेत गर्न पछि नपर्ने कारणले आज मानिसहरू विकल्पको खोजीमा लागेका हुन् भन्‍ने आधार तयार भएको छ।

हिजोका दिनमा दलहरू गाउँ-समाजमा रहेका नागरिकका आवाजहरू नजिकबाट सुन्‍ने गर्थे भने आज उनीहरू नागरिकबाट टाढा हुने र आफ्ना कार्यकर्ताहरूको मात्रै भर पर्ने गरेका छन्। उनीहरूले बिर्सदै गएका छन्-  कुनै पनि संगठनसँग आबद्ध नरहेका नागरिकहरू नै सत्ता परिवर्तनका लागि निर्णायक शक्तिका रूपमा रहन्छन्। उनीहरूले सरकारका विभिन्‍न संस्थाहरूका अप्रिय कार्यहरूको विरोध गर्न सक्छन्। खास माग राखेर प्रतिपक्षीय विचार व्यक्त गर्न सक्छन्।

शुरुमा सानो आकारमा रहने यी नागरिकहरू विस्तारै ठूलो समूहमा संगठित हुँदै जान्छन् र सत्ता परिवर्तनका लागि दबाबा दिन सक्छन्। यस्ता नागरिक समूहरूको आवाजलाई वास्तविक रूपमै सुन्‍ने र मुखरित गर्ने व्यक्तिको रूपमा बुझेका केही नयाँ शक्तिका नेतृत्वहरू प्रति नागरिहरू एकपटक झुक्किएका छन्। योग्य शासकहरू प्रति नागरिकको आस्था र विश्‍वास हुन्छ। भनिन्छ- अयोग्यताले अनास्था फैलाउँछ। कालान्तरमा त्यही अनास्था अराजकतामा बदलिन्छ, जुन अत्यन्त पीडादायी हुन्छ। र, त्यसको उदाहरण हाम्रै छिमेक बंगलादेशमा देखिएको छ। अझै समय काफी छ सुध्रनका लागि, नत्र बारम्बार नागरिकहरू झुक्किने छैनन् भन्‍ने बुझ्नु नै राजनीतिमा लागेकाहरूका लागि सद्‍बुद्धि होला।

आइतबार, मङि्सर ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.