Advertisement
काठमाडौँ । जनकपुरधाम उपमहानगरमा मेयर बन्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट सिफारिस भएका नेता मेयर बन्ने भएपछि नेकपा एमाले प्रवेश गरेका छन् । लोसपा नेता जानकीराम साहलाई मेयरको अफर आएपछि एमालेमा प्रवेश गरेका हुन् ।
जनकपुरधाम ७ को वडाध्यक्षमा निर्वाचित उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगी टिकाटालो गरेका थिए ।
मेयर पदमा सिफारिस भएका साहले लोसपाबाट टिकट नपाउने भएपछि एमालेमा प्रवेश गरेका हुन् ।
लोसपा नेपालले जनकपुरको मेयरका लागि प्रदेशसभा सदस्य परमेश्वर साह, जानकीराम साह, अमर पजियार, मनोज चौधरी र संजय कुमार चौधरीको नाम सिफारिस गरेको थियो ।