कैलाली– जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन्।
Advertisement
प्रमुखमा उम्मेदवारी दर्ता गराएकी नागरिक उन्मुक्ति पार्टीकी रूपमती डगोरा थारूले उम्मेदवारी फिर्ता लिएपछि चौधरी निर्विरोध निर्वाचित भएकी हुन्।
कांग्रेसबाट कैलारी गाउँपालिकाकी वडा सदस्य टीकाकुमारी र नागरिक उन्मुक्ति पार्टीबाट टीकापुर नगरपालिकाकी वडा सदस्य रुपमतीले उम्मेदवारी दर्ता गराएका थिए।