• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

जापानको आर्थिक वृद्धिदर सुस्त, प्रधानमन्त्री इशिबाद्वारा प्रोत्साहनको तयारी


    Avatar photo
शुक्रबार, कार्तिक ३०, २०८१ मा प्रकाशित

टोकियो- जापानका प्रधानमन्त्री शिगेरु इशिबाले विश्वको चौथो ठूलो अर्थतन्त्रका रुपमा जापानले फड्को मार्नेे प्रयास गरिरहेको बताइरहँदा तेस्रो त्रैमासिकमा मुलुकको आर्थिक वृद्धिदर सुस्त भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

Advertisement

जापानमा दशकौँ यताकै सबैभन्दा भीषण आँधी र ‘महाभूकम्प’ को सरकारी चेतावनीले यस गर्मीयाममा औद्योगिक उत्पादन र अन्य आर्थिक गतिविधिमा असर पारेको छ ।

मन्त्रीपरिषद्को कार्यालयको प्रारम्भिक अध्ययनले जुलाई र सेप्टेम्बरको बीचमा देशको वृद्धि दर ०.२ प्रतिशतले बढेको र यसले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा वृद्धि गर्ने जापानको लक्ष्यलाई सम्बोधन गर्न नसक्ने देखिएको छ ।

तथ्याङ्कले बजारको अपेक्षा पूरा गरेको भएपनि अघिल्लो तीन महिनामा संशोधित ०.५ प्रतिशतको वृद्धिबाट सुस्ततालाई चिह्नित गरेको छ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा जीडीपी ०.९ प्रतिशतले वृद्धि भएको छ, जुन अप्रिल–जुनमा संशोधित २.२ प्रतिशतको तुलनामा निकै कम हो ।

मुख्य क्याबिनेट सचिव योशिमासा हयाशीले दशकौंसम्म स्थिरता र हानिकारक अपस्फीतिको चपेटामा परेको अर्थतन्त्रको ‘क्रमिक पुनरुत्थान’ को अपेक्षा सरकारले गरेको बताएका छन् ।

उनले पत्रकारसँगको नियमित भेटमा भन्नुभयो, “हाम्रो देश एक महत्वपूर्ण दोबाटोमा छ किनकि यो ज्याला वृद्धि र लगानीद्वारा सञ्चालित वृद्धिमा आधारित अर्थव्यवस्थामा सङ्क्रमण गर्न लागेको छ।

उनले भने, ‘यसलाई साकार पार्न हामी सबै सम्भावित आर्थिक र वित्तीय नीतिहरू लागू गर्नेछौं, जसमा हाल विचाराधीन प्याकेज पनि समावेश छ।’

गत महिना सत्तारुढ गठबन्धनलाई १५ वर्षयताकै सबैभन्दा खराब परिणाम दिएको आम निर्वाचनमा नेतृत्व गरे पनि इशिबाले सोमबार संसदीय मतदानमा विश्वासको मत प्राप्त गर्न सफल हुनुभएको छ ।

सरकारले सन् २०३० सम्ममा १० ट्रिलियन येन (६४ अर्ब अमेरिकी डलर) भन्दा बढी को साथ एआई र सेमीकन्डक्टर क्षेत्रलाई समर्थन गर्ने योजना सार्वजनिक गरेका छन्।

उनले यसै महिना नयाँ प्रोत्साहन प्याकेजका लागि पूरक बजेटको मस्यौदा पारित गर्न विपक्षी दलहरूलाई पनि आग्रह गरेका छन् । यसमा कम आय भएका परिवार र परिवारका सदस्यका लागि नगद हस्तान्तरणसमेतको योजना समावेश गरिएको छ।

आन्तरिक परीक्षण स्क्यान्डलसँग सम्बन्धित व्यवधानपछि उत्पादन पुनः सुरु भएपछि कारहरूमा उच्च खर्चले त्रैमासिक अवधिमा उत्पादन बढाउन मद्दत पुर्याएको विश्लेषकहरूले बताएका छन्।

तलब वृद्धि र अस्थायी आयकर कटौती पनि सकारात्मक कारक मानिएका छन् ।

यो बर्ष आएको ७.१ म्याग्नीच्यूडको भुकम्पीय झट्कापछि जारी गरिएको ‘महाभूकम्प’ चेतावनी र शानशान नाम दिइएको चक्रवात (आँधी) ले आर्थिक वृद्धिलाई सुस्त बनाएको छ ।

अगस्तको अन्त्यमा शानशानको अवतरणपछि औदोगिक उत्पादनमा पनि असर परेको थियो, जसले गर्दा जापानलाई रेल र उडान सेवाहरू रद्द गर्न बाध्य पारेको थियो ।

सोही महिनाको सुरुमा मौसम एजेन्सीले पहिलो पटक नयाँ चेतावनी प्रणालीअन्तर्गत जारी गरेको महाभूकम्प चेतावनीले ‘पर्यटनको मागमा कमी आएको’ बताएको थियो।

यसले उपभोक्ताहरूलाई आपतकालीन आपूर्तिको स्टक गर्न उत्प्रेरित गरेकने थियो, जसले सुपरमार्केटहरूमा चामलको अभाव निम्त्याएको थियो । हजारौंले सप्ताहव्यापी परामर्शको समयमा बिदाहरू रद्द गरे।

तेस्रो त्रैमासिकमा अर्थतन्त्रले गति गुमाएको छ र हामीलाई लाग्छ कि आगामी त्रैमासिकमा जीडीपी वृद्धि लक्ष्यको वरिपरि रहनेछ, क्यापिटल इकोनोमिक्सका एशिया–प्यासिफिक प्रमुख मार्सेल थिलियान्टले शुक्रबार भनेका छन् ।

‘यद्यपि, बैंक अफ जापान ‘उपभोक्ता खर्चको शक्तिबाट प्रोत्साहित हुनेछ र अर्को महिना हुने बैङ्कको बैठकमा दर वृद्धिको साथ अगाडि बढ्ने अपेक्षा अझैपनि गर्न सकिन्छ,’ उनले भने ।

 

शुक्रबार, कार्तिक ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भर्खरै

  • १.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • २.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ३.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ४.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ५.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ६.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ७.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ८.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.