काठमाडौं- रौतहट मौलापुर नगरपालिका-३ नैलाखा गेटस्थित सडकमा ग.१० प ९५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ पथराबुधराम बस्ने ३२ वर्षीय कृष्ण नन्दन रामको मृत्यु भएको छ । बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको बारास्थित एलएस न्यूरोमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।
Advertisement
उदयपुर उदयपुरगढी गाउँपालिका-२ स्थित सडकमा केर्सेबाट ताप्लीतर्फ जाँदै गरेको प्र.१-०२-००२ त ९६१ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा चालक भोजपुर हतुवागढी गाउँपालिका-२ बस्ने १९ वर्षीय निरज मगरको घटनास्थलमैमृत्यु भएकोछ । साथै दुर्घटनामा घाइते भएका सहचालकलाई उपचारको लागि कटारी अस्पताल उदयपुर पठाइएको छ ।