पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमण देखिएको छ। अन्य ३४ जना निको भएका छन्।
Advertisement
स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा ९ र एन्टिजेनबाट एकजनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा चार हजार ६९१ जनाको नमूना परीक्षण गरिएको थियो। यस अवधिमा १९ हजार ५२५ डोज खोप दिइएको छ।
हाल देशभर ३५० जना सक्रिय संक्रमित छन्।