• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

देशै रुवायो ‘पूर्णबहादुरको सारंगी’ले !


बिहिबार, कार्तिक २९, २०८१ मा प्रकाशित

काठमाडौं- १५ कात्तिकदेखि देशभर प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले २ साता बित्दा पनि दर्शकको राम्रो माया पाइरहेको छ।

Advertisement

शुरुवाती दिनमा यस फिल्मलाई धेरै सो उपलब्ध गराइएको थिएन। देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनले काठमाडौं उपत्यकाभित्र पहिलो दिनका लागि १९ सो उपलब्ध गराएको थियो भने काठमाडौं बाहिरको लागि २१ सो मात्र।

यस्तै, आईएनआई सिनेमाजले पहिलो दिनका लागि ९ सो, बिग मुभिज र एफक्युब सिनेमाजले ३-३ सो र सीडीसी सिनेमाजले ५ सो दिएका थिए। तर,  अहिले फिल्मलाई शुक्रबार, शनिबारमा सो बढाइएको छ।

’वर्ड अफ माउथ’ बलियो भएपछि फिल्मले दर्शकको पनि भरपुर साथ पाएको छ। यसकारण पनि देशभर आक्रामक व्यापार गरिरहेको छ। हलले फिल्मलाई बिहानदेखि मध्यरातिसम्मको सो दिएका छन्।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यो चलचित्रले गन्धर्व समुदायको कथा उजागर गरेको छ। चलचित्रमा विजय बराल र प्रकाश सपुत मुख्य भूमिकामा छन्। यसका अतिरिक्त मुकुन भुसाल, अञ्‍जना बराइली, बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय छ।

वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार यस फिल्मले रिलिज भएको पाँच दिन अर्थात १९ कात्तिकसम्ममा ४ करोड ८७ लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो। रिलिजको दिन दर्शक अकुपेन्सी कम रहे पनि चलचित्रले शनिबारदेखि पिकअप लिएको थियो। र, चलचित्र हेर्न दर्शकको चाप बढेसँगै सोमा भारी वृद्धि पनि गरिएको छ।

२१ कात्तिकसम्ममा यस चलचित्रले सातामा ८ करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ। दर्शकको मन जितेसँगै सो संख्या बढेको यो नेपाली चलचित्रको इतिहासमा अहिलेसम्मकै बढी सो दिइएको छ।

‘नपत्याउँदो खोलाले बगाउँछ’ भन्‍ने लोकोक्ति चरितार्थ गरेको छ, ‘पूर्णबहादुरको सारंगी’ले। चलचित्र हेर्ने दर्शकको लर्को नै लागेको छ। त्यसैको प्रतिफल मान्‍न सकिन्छ, हलमा लागेको एक सातामै चलचित्रले ८ करोडभन्दा बढी कमाइ गर्न हुनुलाई पनि।

अहिले सामाजिक सञ्‍जाल खासगरी टिकटकमा चलचित्र हेर्न हलमा पुगेका दर्शकहरू रोइरहेका क्लिप भाइरल भइरहेका छन्।

चलचित्र हेर्न हल पुगेका दर्शकको किन रुवाबासी किन छ ? चलचित्रमा कस्तो सामाजिक परिवेश देखाइएको छ, जुन हेरेर दर्शकको आँखाबाट आँशु थामिन सकिरहेको छैन त भन्‍ने पाटोले नै सबैको ध्यान आकर्षण गरेको छ। सोही कारण चलचित्र नहेरेका दर्शकलाई पनि एकपटक हलसम्मै पुगेर हेर्न कौतुहल जगाएको पाइन्छ।

कथा

फिल्मको मुख्य पात्र पूर्णबहादुर गन्धर्व हरेक दिन सारंगी बजाएर जीवन निर्वाह गर्छन्। उनको काँधमा रोगी अनि वृद्ध बुवाको जिम्मेवारी छ। पूर्णबहादुरको भूमिका अभिनेता विजय बरालले वहन गरेका छन्। उनै पूर्णबहादुर यस चलचित्रको मुख्य खम्बा बनेका छन्। उनी आफ्ना पुर्खाले बजाइआएको सारंगीलाई नै सर्वश्‍व सम्झन्छन्।

फिल्ममा देखाइएको पूर्णबहादुरको कथा नेपाली समाजको यथार्थ चित्रण पनि हो। करिब ४०-५० वर्षअघिको नेपाली समाज र त्यतिबेला चलिआएका प्रचलनलाई चलचित्रमा जस्ताको तस्तै उतारिएको छ।

निम्‍न वर्गीय हैसियतका पूर्णबहादुर समाजको तिरष्‍कार अनि अपमानलाई वास्तै नगरी आफ्नै काममा रमाउँछन्। दिनैपिच्छे गाउँ-गाउँ डुली बुढा बुवा र आफ्नो छाक टार्छन्। रोधीमा गीतमा जितेपछि बाटुली नाम गरेकी युवतीलाई भागी विवाह गरेका उनी केही समयपछि छोराको बाउ पनि बन्छन्।

समाजले ‘गाइने’ पूर्णबहादुरलाई गरेको व्यवहारले बाटुली छोरा कमललाई कुनै पनि हालतमा गाइने नबनाउने अडान लिन्छिन्। गाइनेको छोरा गाइने नै हुने त हो भन्‍ने पूर्णबहादुरको सोचले श्रीमान-श्रीमतीको सम्बन्ध विस्तारै चिसिन थाल्छ। यता बाटुली अर्कैसँग पोइल हिँडेको खबर गाउँभरि फैलिन्छ।

त्यसपछि एक्लो बनेका पूर्णबहादुरको सर्वश्‍व नै ५-७ वर्षीय छोरा कान्छा (कमल) हुन्छन्। कान्छाका लागि आमा-बुवा उनी नै बन्छन्। दुई बाबु-छोराको छाक टार्नुका अतिरिक्त गाउँकै स्कुलमा कान्छालाई पढाउन भर्ना गरेपछि पढाइ खर्चको थप जिम्मेवारी पनि पूर्ण थाप्लोमा आउँछ।

सधैं गाउँलेबाट तिरष्‍कार सहँदै आएका उनले आफ्नै अगाडि दलित थर गरेका एकजना व्यक्ति जनगणना लिन गाउँ आउँदा गाउँकै हेडमास्टरले नमस्कार गरेपछि मानिस ठूलो जातले भन्दा ओहोदाले हुन्छ भन्‍ने बोध गरेका हुन्छन्। त्यसकारण पनि उनी छोराको सपना पूरा गरी डाक्टर बनाउने निष्‍कर्षमा पुग्छन्।

एसएलसीसम्म जसोतसो गाउँमै पढाएका उनले त्यसपछिको पढाइका लागि छोरालाई शहर पठाउँदा गर्नुपरेको संघर्ष कहालीलाग्दो छ। यही विन्दुबाट कथाले नयाँ मोड लिन्छ। बिरामी हुँदासमेत ओखती किन्‍न नसक्ने पूर्णबहादुरले छोरालाई डाक्टरी पढाउन गर्नुपरेको संघर्षले जो कसैका आँखा रसाउँछन्।

त्यति मात्र होइन, चलचित्रमा पूर्णबहादुरलगायत हरेक पात्रले आफ्नो भूमिकालाई न्याय गरेका छन्। हरेकको अभियन अब्बल हुनुका साथै संगीतले पनि उत्तिकै मन छुन्छ। यसकारण पनि आजको दिनसम्म आइपुग्दा ‘पूर्णबहादुरको सारंगी’ले दर्शकको अगाध माया पाइरहेको छ।

०००

चलचित्रमा गन्धर्व समुदायको कथालाई उजागर गरिएको छ। एक गाइने आफू गन्धर्व हुनुमा गर्व गर्छ। गाइनेले आफ्नो पुर्ख्यौली बाद्यवादन सारंगीलाई भगवानको वरदान सम्झिन्छ। सम्पूर्ण परिवारको भोको पेट भर्नकै लागि गाउँ-गाउँ चाहर्ने र जन्मबाटै सिद्ध भइसकेको पेशालाई नमरुन्जेसम्म कसरी निभाइरहेको हुन्छ भन्‍ने विषयलाई चलचित्रमा बडो मार्मिक ढंगबाट प्रस्तुत गरिएको छ। सोही कारण चलचित्रको कथासँग दर्शकहरू ‘कनेक्ट’ हुन सकेको समाजशास्त्री टीकाराम गौतम बताउँछन्।उनका अनुसार यस चलचित्रमा प्रेम, त्याग र सम्बन्धकोे महत्त्वलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको छ। पूर्णबहादुरको भूमिकामा रहेका विजय बरालको अब्बल अभिनयले दर्शकको ध्यान तानेको छ। बुवा र छोराको सम्बन्धमा रहेको त्याग र संघर्ष निकै उदाहरणीय छ। बुवाले छोराका लागि गरेको त्याग अनि छोराले बुवाको लागि गरेको सम्मानले दर्शकले आँशु थाम्‍न नसकेको उनी बताउँछन्।

पञ्‍चायत कालको सेरोफेरोमा समाजले एक गन्धर्वको जीवनचक्रलाई कसरी निहाल्ने गर्थ्यो र गन्धर्वका समुदायका भावी सन्ततीले पनि सारंगी रेटेर अनि गीत गाएरै जीविकोपार्जन गर्नुपर्छ भन्‍ने समाजको दृष्‍टिकोणबाट माथि उठेर एक गाइनेले समाजले बनाएको परिधि तोड्दै अन्य व्यक्तिसँग काँधमा काँध जोड्दै लक्ष्‍य हासिल गरेको कुराले आँटे के सम्भव हुदैन भन्‍ने दर्साएको उनको भनाइ छ।

उनका अनुसार यस चलचित्रले दर्शकको साथ अनि सहयोग पाउनु एकदमै जायज छ। नेपाली समाजको ग्रामीण वास्तविक विषयवस्तुलाई फिल्मको कथावस्तु बनाएर अघि बढाइएकाले पनि दर्शक यो चलचित्रसँग बाँधिन सकेको उनको बुझाइ छ।

पुरानोदेखि मध्यम अनि नयाँ पुस्ताले जीवन जिउनका लागि गरेको संघर्ष, पिछडिएको गन्धर्व जातिले भोग्‍नुपरेका समस्या, हरेक पिताले आफ्नो सन्तानको भविष्‍य उज्ज्वल बनाउन के, कस्तो संघर्ष गर्छन् भन्‍ने निकै भावुक तरिकाबाट प्रस्तुत गरिएकाले यो चलचित्र बच्चादेखि वृद्धवृद्धासम्म तीनै पुस्ताकाले हेर्न उपयुक्त रहेको उनको भनाइ छ।

‘हरेक आमा-बुवाले सन्तानको भविष्‍य आफ्नोभन्दा राम्रो होस् भन्‍ने चाहन्छन्। त्यसका लागि आफूले सक्ने मिहिनेत अनि त्याग गर्छन्,’ भन्छन्, ‘यो चलचित्रले पनि बुवाले छोराका लागि गरेको त्याग र मायालाई देखाएकाले हरेक युवाले बुवाको संघर्षको कदर गर्दै सही मार्गमा हिँडुन् भन्‍नका लागि चलचित्र हेर्न जरुरी छ।’

उनका अनुसार चलचिमा देखाइएका धेरै दृष्‍यले प्रत्येक मानिसको अनुभवलाई छुने भएकाले पनि महिला, पुरुष सबैलाई यसले इमोसनल बनाइदिएको हो।

०००

सिनेमा हलमा दर्शकको भरपुर साथ पाइरहेको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ एकपटक हरेक नेपालीले हेर्नैपर्ने सिनेमा रहेको डा. अरुणा उप्रेती बताउँछिन्। मौलिक विषयवस्तुमा बनेको फिल्म भएकाले पनि यसले दर्शकको साथ मात्र पाएको छैन, धरधरी रुवाउन पनि सफल भएको उनको भनाइ छ।सामाजिक वास्तविकतालाई उजागर गरेको यस चलचित्रले व्यक्तिका इमोसनललाई टच गरेको उनको भनाइ छ। गन्धर्व जातिलाई केन्द्र विन्दुमा राखेर चलचित्रको कथावस्तु अगाडि बढाए पनि कथावस्तु हरेक ग्रामीण क्षेत्रका बासिन्दाको यथार्थसाग मेल खाने उनको भनाइ छ।

चलचित्रमा गरिबीलाई मात्र देखाइएको छैन। बुवा-छोराबीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्‍ने पाठ पनि सिकाउन खोजिएको छ। अक्षर चिन्‍न नसक्ने बाबुले छोराले देखेको सपना पूरा गर्न टाउको लुकाउन बनाइएको सानो घरै बेच्‍नु त छँदैछ, आफ्नो रोगको ख्याल नै नगरी १० गाउँ टाढा-टाढा पुगेर गीत गाई छोराको कलेज फी तिर्न गर्दा गरेको संघर्षले आँखु थाम्‍न नसकिने उनी बताउँछिन्।

उनका अनुसार धेरै चलचित्रमा आमाको माया, स्‍नेह देखाइएको हुन्छ। तर, सन्तानको भविष्‍य उज्यालोतिर लैजान बुवाले पनि त्यत्तिकै मिहिनेत र त्याग गरेका हुन्छन्। आफूले नदेखेको बाटो सन्तानले देखून्, आफूले भन्दा राम्रो लगाऊन् भन्‍ने चाहना बुवाको पनि हुन्छ भन्‍ने परिवेशलाई देखाइएको इमोसनल पार्टले सबैका आँखा रसाउने डा. उप्रेती बताउँछिन्।

बिहिबार, कार्तिक २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.