• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

राष्ट्रपतिबाट पशुपतिमा पूजाआराधना

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

प्याथोलोजी : डाक्टरको पनि डाक्टर !


    Avatar photo
बुधबार, कार्तिक २८, २०८१ मा प्रकाशित

प्याथोलोजीलाई ‘डाक्टरको पनि डाक्टर’ भनिन्छ। डायग्‍नोसिस, रोग निदान र उपचारका लागि यसले एकदमै मद्दत गरेको हुन्छ।

Advertisement

 

काठमाडौं- हरेक वर्ष नोभेम्बरको दोस्रो बुधबार संसारभर ‘इन्टरनेसनल प्याथोलोजी डे’ मनाइन्छ। आम मानिसमा प्याथोलोजी जाँचबारे जनचेतना जागृत गर्ने उद्देश्यले यो दिवस संसाभर मनाइँदै आएको छ।

प्याथोलोजी भनेको दिसा, पिसाब जाँच गर्ने ल्याबका रूपमा मात्र आम मानिसमा बुझाइ पाइन्छ। मेडिकल क्षेत्रमा भने प्याथोलोजीको बारेमा राम्रो बुझाइ छ। र, यसको महत्त्व थाहा नपाउने शायदै कोही होला।

अन्तर्राष्‍ट्रिय प्याथोलोजी दिवसको मुख्य उद्देश्य नै आम मानिसमा यसप्रति जनचेतना जागृत गराउने नै हो। प्याथोलोजिस्ट को हुन् र प्याथोलोजीको भूमिका के हो भन्‍ने बुझाउने उद्देश्यले नै यो दिवस मनाइन थालेको हो।

यसपटक हामीले बी एन्ड बी ल्याबसँगै अस्पताल वरपरका ललितपुर महानगरका ६, ७, ८ र १७ नम्बर वडाका मानिसहरूलाई बोलाएर जनचेतनामुलक कार्यक्रम आयोजना गरेका छौं। ल्याब कस्तो हुनुपर्छ भनेर मानिसलाई जानकारी दिने उद्देश्यले हामीले यो कार्यक्रम आयोजना गरेका हौं।

मेडिकल फ्र्याटर्निटी (बन्धुत्व)मा प्याथोलोजीलाई ‘डाक्टरको पनि डाक्टर’ भनिन्छ। ‘क्लिनिसियन’ (चिकित्सक) हरूले शंकास्पद डायग्‍नोसिस दिइरहेका हुन्छन्। त्यसलाई यकिन गर्नका लागि प्याथोलोजिस्टकै भूमिका प्रमुख रहन्छ। त्यसविना डायग्‍नोसिस नै हुँदैन।

डायग्‍नोसिसलाई मात्र होइन, रोगको निदान (प्रोग्‍नोसिस) र उपचारका लागि पनि प्याथोलोजीले एकदमै मद्दत गरेको हुन्छ। ती सबै प्याथोलोजिस्टको रिपोर्टिङमा भर पर्छ।

जस्तो- क्यान्सर देखियो भने त्यसलाई यकिन गर्न प्याथोलोजिस्टकै रिपोर्ट मुख्य हुन्छ। यस्तै, थाइराइडमा गाँठागुँठी देखिए भने त्यसको प्रकृति छुट्याउन क्लिनिसियनलाई गाह्रो हुन्छ। त्यसका लागि क्लिनिसियनले बायोप्सी र एफएनएसी जाँचका लागि प्याथोलोजिस्टकहाँ पठाउँछन्। ती दुई जाँचबाट प्याथोलोजिस्टले कन्फर्मेसन डायग्‍नोसिस दिन्छौं।

त्यो क्यान्सर हो कि होइन ? त्यसको आक्रामकताको अवस्था के छ ? कुन ग्रेभमा परेको छ या कति चिन्ताजनक छ ? उपचारले काम गर्छ कि गर्दैन ? प्याथोलोजिस्टको रिपोर्टमा सबै कुरा खुलेको हुन्छ। त्यो रिपोर्ट हेरेर मात्र क्लिनिसियनले उपचार अगाडि बढाउँछन्।

त्यसकारण प्याथोलोजिस्टको रिपोर्ट राम्रो हुन एकदमै जरुरी छ। र, त्यसका लागि प्याथोलोजी ल्याब गुणस्तरीय हुन झनै जरुरी छ। पक्कै पनि ‘क्वालिटी कम्स विथ प्राइस’। अर्थात्, महँगो नै किन नहोस्, राम्रो ल्याबमा परीक्षण गर्न एकदमै जरुरी छ।

बी एन्ड बी अस्पतालको ल्याबले गुणस्तरको मान्यता पाएको छ। हामी दैनिक गुणस्तर परीक्षण गरिरहेका हुन्छौं। त्यसैले सस्तो होइन, गुणस्तरीय ल्याब छनोट गर्नु बिरामीको पनि जिम्मेवारी हुन जान्छ।

ल्याबमा दक्ष जनशक्ति छ कि छैन ? कुनै पनि परीक्षणका लागि आवश्यक ‘रिएजेन्ट’को म्याद पो समाप्त भएको छ कि ? त्यो सबै बुझ्नु एकदमै जरुरी छ। किनकि, त्यही रिपोर्टको आधारमा डाक्टरले उपचार अगाडि बढाउने हो।

बिरामीको उपचारमा प्याथोलोजीको महत्त्व बुझ्न र बुझाउनकै लागि ‘इन्टरनेसनल प्याथोलोजी डे’ मनाइन थालेको हो। प्याथोलोजीमा दिसा-पिसाब, रगत, खकारदेखि लिएर टिस्यु बायोप्सी, टिस्युबाट आउने झोल पदार्थ निकालेर साइटोलोजीलगायत सबै प्रकारका जाँच गरिन्छ।

ल्याबका पनि विभिन्‍न विभाग छन्- इम्युनो प्याथोलोजी, बायोकेमेस्ट्री, माइक्रो बायोलोजीलगायत। प्याथोलोजी ल्याब ती सबैको छाता हो। बी एन्ड बी अस्पतालको प्याथोलोजी ल्याबमा जुनसुकै प्रकारको पनि जाँच हुन्छ। कुनै-कुनै दुर्लभ प्रकारका जाँच मात्र अन्य गुणस्तरीय प्रयोगशालामा पठाउँछौं। त्यस्ता प्रयोगशालामा हामीले एमओयू नै गरेर मात्र जाँचका लागि पठाउँछौं।

हामीले प्रयोगशाला परीक्षण मात्र गर्दैनौं। त्यसमा ‘इरर’ छ कि छैन भनेर पनि हेर्छौं। प्राविधिकहरूले त्यस्ता ‘इरर’ पहिचान गर्छन्। विज्ञहरू बसेर छलफलपछि मात्र रिपोर्ट उपलब्ध गराउँछौं। मेसिनले जे देखायो, त्यही मात्र बिरामीलाई उपलब्ध गराउँदैनौं।

जस्तो- रगत परीक्षणमा प्लेटलेट्सको परिमाण कम या वेशी देखियो भने हामी त्यत्तिकै रिपोर्ट दिँदैनौं। प्याथोलोजिस्टहरूले त्यसलाई राम्रोसँग हेरेर र छलफल गरेर मात्र रिपोर्ट दिन्छौं। त्यसरी छलफल गर्नुपर्ने केसमा प्राविधिकहरूले नै प्याथोलोजिस्टकहाँ त्यो रिपोर्ट ल्याएका हुन्छन्।

बी एन्ड बी अस्पतालमा गुणस्तरीय प्याथोलोजी ल्याब छ। सरकारी निकायले पनि समय-समयमा यसको अनुगमन गरिरहेका हुन्छन्। हामीले यथार्थ, यथासमय, विश्‍वसनीय र किफायती (अक्युरेसी, टाइम्ली, रिलाएबल र अफोर्डेबल) रिपोर्ट उपलब्ध गराउँछौं। त्यसैले हो, बी एन्ड बी अस्पतालमा बिरामीको राम्रो उपचार हुन सकेको पनि। यसलाई हामीले प्रमुख प्राथमिकता दिएका छौं।

बी एन्ड बी अस्पताल किफायती दरमा गुणस्तरीय उपचारका लागि सदैव दत्तचित्त छ। यो हाम्रो मुख्य आदर्श वाक्य नै हो। हामी किफायती दरमा गुणस्तरीय सेवा दिन चाहन्छौं र दिई पनि रहेका छौं। यसमा शंका गर्नुपर्ने कुनै कुरा छैन। हामीलाई शतप्रतिशत विश्‍वास गरेर आफ्नो जाँच गराउन सक्नु हुन्छ।

बी एन्ड बी अस्पतालका दुई ‘बा’हरू डा. अशोककुमार बाँस्कोटा र डा. जगदिशलाल वैद्यको दुवैजना नेपालका पायोनियर चिकित्सकहरू हुनु हुन्छ। उहाँहरूको ‘मोटो’ नै ‘सक्नेले त सकिहाल्यो, नसक्नेलाई निःशूल्क उपचार’ हो। त्यसैले आर्थिक अवस्था कमजोर रहेका बिरामीहरूलाई हामीले निःशूल्क उपचार पनि गरिरहेका छौं।

हालसालै महिला फुटबल प्रतियोगितामा घाइते भएका तीनजना खेलाडीहरूलाई पनि हामीले निःशूल्क उपचार गरेका थियौं। त्यसैले आर्थिक अवस्था कमजोर रहेका बिरामीले बी एन्ड बी अस्पतालबाट उपचार नपाई फर्किनु पर्दैन।

 

बुधबार, कार्तिक २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला
सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का
बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो
ह्यारी–मेघनको शाही हैसियत यथावत्
राष्ट्रपतिबाट पशुपतिमा पूजाआराधना

भर्खरै

  • १.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • २.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ३.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ४.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

  • ५.
    ह्यारी–मेघनको शाही हैसियत यथावत्

  • ६.
    राष्ट्रपतिबाट पशुपतिमा पूजाआराधना

  • ७.
    सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ८.
    एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.