Advertisement
काठमाडौँ । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध रिट दायर गरेका छन् । उनले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको हो ।
सरकारले अवैध तरिकाले आफूलाई कारबाही शुरु गरेको भन्दै उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सरकारले विभिन्न अभियोग लगाउँदै पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएपछि अधिकारी गभर्नर पदबाट निलम्बन भएका थिए ।
उनले सरकारको निर्णय खारेज गरी आफूलाई काममा निरन्तर दिन अन्तरिम आदेश माग गरेका थिए । सर्वोच्च अदालतमा दर्ता भएको उनको रिट भोलिका लागि पेशी तोकिएको छ ।
गभर्नर अधिकारीको निलम्बन फुकुवा गर्न माग गर्दै नेपाल राष्ट्र बैंकका कर्मचारी संघले कार्यालय परिसरमा विरोधसभा गरेका थिए ।