Advertisement
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेको जनाएको छ ।
योसँगै आज छापावाल सुनको मूल्य आज एक लाख दुई हजार ५०० तोकिएको छ । हिजो छापावाल सुन एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँ कायम छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख एक हजार ५०० थियो ।
आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेको छ । योसँगै चाँदीको मूल्य प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।