गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
Advertisement
एआईजी पुष्पराम केसीलाई सरकारले ३० चैतमा महानिरीक्षकमा बढुवा गरेको थियो । त्यसपछि रिक्त रहेको एउटा दरबन्दीमा एआईजी अर्याललाई बढुवा गर्न सिफारिस गरिएको हो।
१९ वैशाखमा केसीले ३० वर्षे सेवा अवधि पूरा गरि अनिवार्य अवकाश पाउने छन्। त्यसपछि अर्याल महानिरीक्षक बन्ने छन्।