अश्लिल भिडियो देखाएर शिक्षकले एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै नवलपरासीको गैंडाकोट नगरपालिका–५ स्थित जनक माविका विद्यार्थी आन्दोलित बनेका छन् ।
Advertisement
कक्षा १२ मा अध्ययन गर्ने छात्रालाई शिक्षक कपिल घिमिरेले दुर्व्यवहार गरेको विद्यार्थीहररुको आरोप छ ।
आन्दोलित विद्यार्थीले विद्यालयमा तोडफोड गर्नुका साथै विद्यालय परिसरमा रहेको दुई मोटरसाइकलमा आगजनी गरेका छन् ।
दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीले आन्दोलन गर्दा विद्यालय र राजमार्ग क्षेत्र आज केहीबेर तनावग्रस्त बनेको थियो ।
विद्यार्थीले गरेको ढुंगामुढाबाट १० जनाभन्दा बढी प्रहरी घाइते भएको नवलपुर प्रहरीका प्रवक्ता डिएसपी सन्तोष पाठकले जानकारी दिए । उनका अनुसार आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।