काठमाडौं- केराबारी गाउँपालिका(९ बेलचौरीस्थित सडकमा बेलचौरीबाट भलुवातर्फ
जाँदै गरेको को।२ त १६७ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने
यमनाथ परियारको छोरा ६ वर्षीय युनिक परियारको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा
मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, भरतपुर महानगरपालिका(५ नयनचोकमा ना।४ च ६९५१ नम्बरको
बलेरोको ठक्करबाट साइकलयात्री पर्सा सखुवापर्सौनी गाउँपालिका(४ घर भई नवलपरासी पूर्व गैंडाकोट नगरपालिका(५ डेरा गरी बस्ने १७ वर्षीय इशान अन्सारीको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।