काठमाडौं- २३ कात्तिक रोल्पा, रोल्पा नगरपालिका–७ बरबोट बस्ने ३५ वर्षीया जुनिता घर्तीको घरबाट नगद १ लाख ४५ हजार रूपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब १७ लाख ९८ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।
Advertisement
झापा, मेचिनगर नगरपालिका–१० आम्दा टोल बस्ने ३५ वर्षीय विवेक ढकालको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ३ लाख ३ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार राति चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।