• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

ट्रम्पको शानदार पुनरागमन विश्‍वका लागि खतरा कि अवसर ?


    Avatar photo
शुक्रबार, कार्तिक २३, २०८१ मा प्रकाशित

काठमाडौं- अमेरिकाको ४७औं राष्‍ट्रपतिमा रिपब्लिकन उम्मेदवार तथा पूर्व राष्‍ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्। ५ नोभेम्बरमा सम्पन्‍न निर्वाचनको मत गणनामा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई फराकिलो इलेक्टोरल मतले पछि पार्दै ट्रम्प राष्‍ट्रपतिमा निर्वाचित भएका हुन्।

Advertisement

मतगणनाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छैन। यद्यपि, यो रिपोर्ट तयार पार्दासम्म जारी मत परिणामअनुसार ट्रम्पले २९५ इलेक्टोरल कलेज मत पाउँदा वर्तमान उपराष्‍ट्रपति ह्यारिसको पक्षमा २२६ इलेक्टोरल मत मात्र आएको छ। ५३८ सदस्यीय इलेक्टोरल कलेजमा जितका लागि कम्तिमा ५० प्रतिशत अर्थात २७० इलेक्टोरल मत आवश्यक पर्छ। ट्रम्प अन्तिम परिणाम नआउँदै राष्‍ट्रपतिमा निर्वाचित भइसकेका छन्।

नयाँ राष्‍ट्रपतिमा निर्वाचित भए पनि ट्रम्पले तत्काल कार्यभार सम्हाल्न पाउने छैनन्। उनको सपथ आगामी जनवरीमा मात्र हुनेछ। अमेरिकी संविधानअनुसार एक राष्‍ट्रपतिको कार्यकाल चार वर्षको हुन्छ। प्रत्येक चार वर्षको नोभेम्बर महिनाको पहिलो मंगलबार निर्वाचन हुने र आगामी २० जनवरीमा राष्‍ट्रपतिको सपथ हुने व्यवस्था छ। राष्‍ट्रपतिसँगै समान प्रक्रियाबाट उपराष्‍ट्रपति निर्वाचित हुन्छन्।

ट्रम्प शक्तिशाली, सिनेट रिपब्लिकनको कब्जामा

राष्‍ट्रपतीय निर्वाचनमा ऐतिहासिक जित हात पारेको रिपब्लिकन पार्टीले संसदको माथिल्लो सदनसमेत कब्जा गरेको छ। समाचार एजेन्सी एपीले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार माथिल्लो सदन सिनेटमा रिपब्लिकनले बहुमत हासिल गरिसकेको छ। १०० सदस्यीय सिनेटमा रिपब्लिकनले ५२ सिट जितेको छ।

यस्तै, तल्लो सदन प्रतिनिधिसभामा पनि रिपब्लिकन पार्टी बहुमतनजिक पुगेको छ। यद्यपि, उसको स्पष्‍ट बहुमत आउने सम्भावना कम देखिएको छ। जारी मतगणनाअनुसार तल्लो सदनमा रिपब्लिकनले २०६ र डेमोक्रेटिक पार्टीले १९१ सिट जितेका छन्। मतगणना अझै जारी छ।

ट्रम्पको चुनावी अभियानका प्रवक्ता अडोल्फो फ्रान्कोले ट्रम्पको जितबाट रिपब्लिकन पार्टी खुशी भएको बताएका छन्। अललजिराले फ्रान्कोको भनाइ उद्धृत गर्दै भनेको छ, ‘इमान्दारीपूर्वक भन्‍नुपर्दा हामीले लोकप्रिय भोट जित्‍ने आशा गरेका थिएनौं। लोकप्रिय भोट र सिनेटमा परिवर्तनको कारण ट्रम्प २०१६ को भन्दा धेरै शक्तिशाली राष्‍ट्रपति हुनेछन्।’

अमेरिकी सञ्‍चार माध्यमहरूका अनुसार ट्रम्पको ऐतिहासिक जितका लागि विश्‍वका सर्वाधिक धनी एलन मस्कको भूमिका ठूलो थियो। ट्रम्पले पनि सहयोगका लागि मस्कलाई धन्यवाद दिएका छन्। उनले मस्कलाई रिपब्लिकन पार्टीको ‘नयाँ स्टार’को संज्ञा दिएका छन्।

मस्कलाई अद्‍भूत व्यक्तिको रूपमा वर्णन गरेका ट्रम्पले गत अक्टोबरमा दक्षिणपूर्वी अमेरिकामा विनाशकारी तुफान हेलेनको समयमा मस्कको स्टारलिंक स्याटेलाइट सेवाले प्रभावकारी भूमिका वहन गरेकामा तारिफ गरेका थिए। ट्रम्पले भनेका थिए, ‘मस्क एक अद्‍भूत क्षमताका मानिस हुन्, उनी निकै प्रतिभाशाली छन्। हामीसँग यस्ता प्रतिभाशाली व्यक्ति धेरै छैनन्। हामीले देशका यस्ता प्रतिभाहरूलाई जोगाउनुपर्छ।’

नेपालका लागि कस्तो रहला ट्रम्पको कार्यकाल ?

परराष्‍ट्र मामिलाका शोधार्थी भाष्‍कर कोइरालाका अनुसार ट्रम्पको सम्भावित आप्रवासन नीतिले गैरकानूनी रूपमा अमेरिका प्रवेश गरेका नेपालीहरू प्रभावित हुन सक्छन्। ट्रम्पको नीतिले कानूनी रूपमा अमेरिकामा बस्दै आएका आप्रवासीहरू भने प्रभावित हुने छैनन्। तल्लो बाटो (मेक्सिकोलगायत) हुँदै अमेरिका प्रवेश गरेका र गैरकानूनी हैसियतमा बसोबास गरिरहेकाहरू देश निकालामा पर्न सक्छन्।

ट्रप्पको अर्को सम्भावित नीति ट्रान्सजेन्टर लक्षित हुने अनुमान गरिएको छ। अमेरिकाले नेपालमा लैंगिक अल्पसंख्यक त्यसमा पनि ट्रान्सजेन्डर कम्युनिटीमा फन्डिङ गरिरहेको अर्का एक विज्ञ बताउँछन्। ट्रम्पले उक्त फन्डिङ रोक्न सक्ने उनी बताउँछन्। लिंग परिवर्तन अभियानले नेपाली समाज नै विखण्डनमा गइरहेको उनको भनाइ छ। ट्रम्पको सम्भावित नीतिले नेपाली समाजमा परेको प्रभाव कम हुने अपेक्षा छ।

भन्छन्, ‘डेमोक्रेटिकले नेपालमा पनि ट्रान्सजेन्डर अभियानका लागि अप्रत्यक्ष रूपमा फन्डिङ गरिरहेको थियो। त्यसलाई ट्रम्पले रोक्ने सम्भावना धेरै छ। अमेरिकामा लिंग परिवर्तनलाई सामान्य बनाइएको छ। तर, ट्रम्प ट्रान्सजेन्डर अभियानप्रति कठोर देखिन्छन्। ट्रान्सजेन्डर अभियानले नेपाली परिवार÷समाजमा विग्रह नै ल्याइरहेको छ। ट्रम्पको यो नीति नेपालका लागि फाइदाजनक नै हुन्छ।’

ट्रम्पको आगामी कार्यकालमा अमेरिका जलवायु परिवर्तनसँग सम्बन्धित विभिन्‍न सन्धि र संगठनबाट बाहिरिने सम्भावना पनि धेरै छ। अमेरिका बाहिरिएपछि नेपालले पाउने फन्डिङ पनि घट्ने भएकाले नेपाललाई घाटा हुन सक्ने कोइराला बताउँछन्।

‘द गार्डियन’का अनुसार ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनले अमेरिका फेरि पेरिस जलवायु सम्झौताबाट बाहिरिने र जलवायु संकटसँग जुध्न संयुक्त राष्‍ट्र संघको फ्रेमवर्कमा रहेको अमेरिकी संलग्‍नतालाई पनि हटाउन सक्ने अपेक्षा गरिएको छ। विश्‍वव्यापी तापमान नियन्त्रणका लागि अन्तर्राष्‍ट्रीय प्रयासबाट अमेरिकालाई अलग गराए विश्‍वकै लागि गम्भीर खतरा उत्पन्‍न हुन सक्छ।

पहिलो कार्यकालमा पनि ट्रम्पले अमेरिकालाई पेरिस सम्झौताबाट अलग गरेका थिए। नयाँ राष्‍ट्रपति बाइडेनले कार्यभार सम्हालेलगत्तै अमेरिकालाई पेरिस सम्झौतामा पुनः सामेल गराएका थिए। बाइडेनले चुनावी अभियानका क्रममा आफू राष्‍ट्रपतिमा निर्वाचित भएमा पहिलो निर्णय नै पेरिस सम्झौतामा फर्किने प्रतिबद्धता जनाएका थिए।

ट्रम्पले जीवावशेष इन्धनलाई बढी प्राथमिकता दिने संकेत गरेका छन्। जलवायु परिवर्तनको मुद्दालाई ‘ठूलो धोका’को उपमा दिएका छन्। बाइडेन प्रशासनको ‘ग्रिन इनर्जी प्रोजेक्ट’लाई ‘ग्रिन न्यू स्क्याम’को संज्ञा दिएका छन्। वायु ऊर्जा र विद्युतीय सवारीको प्रयोगको खुलेर आलोचना गरेका थिए। खनिज इन्धनको उत्खननमा उनको जोड रहेको न्युयोर्क टाइम्सले जनाएको छ।

ट्रम्पले पेन्सिलभेनियास्थित तेल भण्डारलाई लिक्‍विड गोल्डको संज्ञा दिने गरेका छन्। त्यहाँ साउदी अरेबिया बराबर तेलको भण्डार रहेको अनुमान छ। तेल उत्खननको मुद्दाले नै डेमोक्रेटिक इलाका पेन्सिलभेनियामा ट्रम्पले बाजी मारेको जानकारहरू बताउँछन्। अमेरिकाले आफैं तेल उत्पादन बढाएमा विश्‍व बजारमा तेलको माग घट्ने हुँदा मूल्य पनि घट्ने र नेपालजस्ता मुलुकका लागि फाइदाजनक हुने उनीहरू बताउँछन्।

कोइराला भन्छन्, ‘ट्रम्पले स्वदेशी तेल उत्खननमा जोड दिएमा अमेरिकाले बाहिरी देशबाट तेल आयात गर्नु पर्दैन। त्यसले ग्लोबल तेल डिमान्ड घट्छ। त्यसले तेलको मूल्य घट्ने भएकाले नेपाललगायत दक्षिण एसियाली मुलुकका लागि फाइदाजनक नै हुन्छ। तेलको मूल्य घट्नु भनेको सबै वस्तुको मूल्य घट्नु हो।’

ट्रम्पको नयाँ कार्यकालमा पनि अमेरिकाको नेपाल नीति परिवर्तन नहुने कोइरालाको दाबी छ। भन्छन्, ‘नेपालसँग सम्बन्धित सुरक्षा र सैन्यलगायत विदेश नीतिमा कुनै नाटकीय परिवर्तनको सम्भावना छैन। उनीहरूको विदेश नीतिमा जसको सरकार बने पनि प्रायः ठूलो परिवर्तन हुँदैन।’

ट्रम्पको जितमा कसले के भने?

नेपालका राष्‍ट्रपति रामचन्द्र पौडेलले ट्रम्पलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल-अमेरिका सम्बन्ध थप सुदृढ हुने विश्‍वास व्यक्त गरेका छन्। प्रधानमन्त्री केपी ओलीले ट्रम्पको नेतृत्वमा दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन र पारस्परिक समृद्धि र सहयोगलाई बढावा दिन तत्पर रहेको बताए।

ट्रम्पलाई मतगणनाको अन्तिम नतिजा नआउँदै शुरु भएको जितको बधाइ आउने क्रम अझै रोकिएको छैन। संसारभरबाट ट्रम्पको ऐतिहासिक जितका लागि बधाइ आइरहेको छ। यतिसम्म कि बाइडेनको कार्यकालमा द्वन्द्व शुरु गरेका र द्वन्द्वरत पक्षले समेत ट्रम्पको जितले आशावादी रहेको बताएका छन्।

युरोपियन युनियन (ईयू) प्रमुख उर्सुला भोन डर लेनले ट्रम्पलाई बधाइ दिँदै ईयू र अमेरिका त्यहाँका ८०० मिलियन जनताको बीचमा सच्चा साझेदारीमा बाँधिएको बताएकी छन्। जनताका लागि काम गर्न बलियो ट्रान्सएटलान्टिक एजेन्डामा सँगै काम गर्नुपर्ने उनले बताएकी छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पलाई मित्रले सम्बोधन गर्दै बधाइ दिएका छन्। ट्रम्पको अघिल्लो कार्यकालको सफलताको चर्चा गर्दै मोदीले भारत-अमेरिका विश्‍वव्यापी र रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्न र दुई देशबीचका सहकार्यलाई नवीकरण गर्न तयार रहेको बताएका छन्। दुई देशका जनताको भलाइ तथा विश्‍व शान्ति, स्थिरता र समृद्धिका लागि सहकार्यको आग्रह पनि गरेका छन्।

चीनले अमेरिकासँग ‘शान्तिपूर्ण सहअस्तित्व’को आशा गरेको छ। विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र ‘विन-विन’ सहयोगको सिद्धान्तमा आधारित चीन-अमेरिका सम्बन्धलाई निरन्तरता दिने बताएकी छन्।

रुसले अमेरिकामा जो कसैले जिते पनि आफूहरू खुशी नहुने बताएको छ। राष्‍ट्रपति भ्लादिमिर पुटिनका प्रेस सेक्रेटरी दिमित्री पेसकोभले सबै अमेरिकीहरूले आ-आफ्नो हितलाई अगाडि बढाउने भएकाले कसैको जितमा खुशी र कसैको हारमा दुःखी हुनुपर्ने कारण नभएको बताएका छन्।

क्रेमलिनले ट्रम्पलाई सख्त र आक्रामक नेताका रूपमा अर्थ्याएको छ। अघिल्लो चुनावमा भएका गल्तीहरूबाट यसपटक ट्रम्पले पाठ सिकेको र जित हासिल गरेको रुसको भनाइ छ। ट्रम्पले आफ्नो कार्यकालमा अमेरिकी रक्षा उद्योगलाई पुनर्जीवित गर्न प्रयास गर्ने सम्भावना रहेको क्रेमलिनले बताएको छ।

युक्रेनी राष्‍ट्रपति भोलोदिमिर जेलेन्स्कीले बधाइ दिँदै गत सेप्टेम्बरमा ट्रम्पसँगको भेटमा युक्रेन-अमेरिका रणनीतिक साझेदारी र युक्रेनमा भएको रुसी आक्रमण अन्त्य गर्ने विषयमा छलफल भएको बताएका छन्। उनले युक्रेन अमेरिकासँग द्विपक्षीय लाभका विषयमा सहकार्यका लागि तयार रहेको बताएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पलाई बधाइ दिँदै इतिहासको सबैभन्दा ठूलो पुनरागमन र जित भएको बताएका छन्। ह्वाइट हाउसमा ट्रम्पको फिर्तीले अमेरिकाका लागि नयाँ शुरुवात र इजरायल-अमेरिका गठबन्धनका लागि शक्तिशाली पुनः प्रतिबद्धता प्रदान गर्ने बताएका छन्।

इरानी अर्ध सरकारी तस्‍निम समाचार एजेन्सीका अनुसार सरकारका प्रवक्ता फतेमेह मोहजेरानीले अमेरिकी मतले इरानी जनतामा कुनै प्रभाव नपार्ने बताएका छन्। उनले अमेरिकी चुनाव इरानको सरोकारको विषय नभएको बताएका छन्। देशका नीतिहरू स्थिर रहेको र व्यक्तिमा आधारित भएर परिवर्तन नहुने उनले दाबी गरेका छन्।

प्यालेस्टिनी लडाकु समूह हमासले भने ट्रम्पको जितले हमास-इजरायल युद्ध अन्त्य हुने विश्‍वास व्यक्त गरेको छ। हमासका एक वरिष्‍ठ अधिकारी सामी अबु जुहरीले ट्रम्पले आफू ‘अमेरिकी राष्‍ट्रपति बनेको केही घण्टामै गाजामा युद्ध रोक्ने’ भन्दै गरेको दाबी परीक्षण हुने बताएका छन्। अल जजिराले जुहरीको भनाइ उद्धृत गर्दै भनेको छ, ‘हामी ट्रम्पलाई राष्‍ट्रपति जो बाइडेनका गल्तीहरूबाट सिक्न आग्रह गर्छौं।’

ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा आफू राष्‍ट्रपति बनेको केही घण्टाभित्रै विभिन्‍न क्षेत्रमा जारी द्वन्द्व अन्त्य गर्ने दाबी गरेका थिए। उनले मध्यपूर्वमा ‘वास्तविक र दिगो शान्तिमा फर्किएको देख्‍न चाहेको र यसलाई दीर्घकालिन समाधानका लागि काम गर्ने बताएका थिए।

ट्रम्पको विजयपछि विश्‍वभर कस्तो प्रभाव ?

राष्‍ट्रपतिमा ट्रम्प विजयी भएपछि उनको आर्थिक नीति ‘अमेरिका फस्ट’मा केन्द्रित हुने विश्‍वास गरिएको छ। जित सुनिश्‍चित भएपछि ट्रम्पले समर्थकहरूलाई सम्बोधन गर्दै ‘मेक अमेरिका ग्रेट अगेन’को नारा साकार पार्ने प्रतिबद्धता जनाएका थिए। सम्बोधनका क्रममा उनले डेमोक्रेटिकले घाइते बनाएको देशलाई निको पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो कार्यकाल  अमेरिकाका लागि ‘स्वर्ण युग’ हुने दाबी गरेका छन्।

ट्रम्पले भनेका थिए, ‘अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली बहुमत दिएको छ। यो अमेरिकी जनताका लागि ठूलो विजय हो, जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाउँछ।’

आफ्नो पार्टीले एउटा विशेष कारणले इतिहास बनाएको दाबी गर्दै उनले सीमाना मिलाउने वाचा गरेका छन्। अर्थात्, यसअघिको कार्यकालमा शुरु गरेको अमेरिका-मेक्सिको बोर्डरमा पर्खाल लगाउने कार्यलाई निरन्तरता दिने संकेत गरेका छन्। पहिलो कार्यकालमा आप्रवासन रोकथामका लागि कडा नीति लिएका ट्रम्प यसपटक झनै कठोर रूपमा प्रस्तुत हुने विश्लेषण हुन थालेका छन्।

ट्रम्पको आप्रवासन नीतिले लाखौं आप्रवासीहरू प्रभावित हुनसक्ने जानकारहरू बताउँछन्। गैरकानूनी रूपमा अमेरिका बस्दै आएका विदेशीहरू ट्रम्पको निशानामा पर्ने देखिन्छन्। उनीहरूलाई देश निकालासम्म हुन सक्ने जानकारहरू बताउँछन्।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिकी उद्योगहरूलाई संरक्षण गर्ने नीति लिएका थिए। उनले चीन, भारतलगायत धेरै देशबाट आयात हुने वस्तुमा भारी कर लगाएका थिए भने ती देशलाई अमेरिकी उत्पादनमा कर छुटका लागि दबाब दिएका थिए।

बीबीसीका अनुसार ट्रम्पको ध्यान सैन्य टकरावभन्दा ‘ट्रेड वार’मा केन्द्रित हुनेछ। किनभने, उनले पहिलो कार्यकालमा पनि चीनसँग सीधा निशाना साँधेका थिए। गत महिना मात्रै चुनावी सभामा ट्रम्पले करको मुद्दामा चीन, भारत र ब्राजिलमाथि निशाना साँधेका थिए।

उनले भारतको व्यापार नीतिको पनि आलोचना गर्दै आएका छन्। उनले भारतले अमेरिकी उत्पादनमा उच्च कर लगाएको भन्दै असन्तुष्‍टि जनाउँदै आएका छन्। नयाँ कार्यकालमा उनले भारतीय उत्पादनमा कर बढाउने सम्भावना रहेको बीबीसीले जनाएको छ।

अर्थतन्त्रमा अमेरिकालाई कडा चुनौती दिइरहेको चीनलाई रोक्न अमेरिकाले अनेकौं प्रयास गर्दै आएको छ। त्यसका लागि ठूला चिनियाँ कम्पनीहरूमाथि प्रतिबन्ध र चिनियाँ उत्पादनमा उच्च कर लगाउँदै आएको छ।

परराष्‍ट्र मामिलाका शोधार्थी कोइराला ट्रम्प प्रशासनले अमेरिकाको चीन नीतिमा खासै परिवर्तन नगर्ने बताउँछन्। भन्छन्, ‘ट्रम्पले चीनमाथि बाइडेन प्रशासनले भन्दा दबाब बढाउन सक्छन्। तर, उनीहरूको विदेश नीति खासै परिवर्तन हुँदैन। त्यसमा पनि चीन नीतिमा रिपब्लिकन र डेमोक्रेटिकको नीति समान भइसक्यो।’

जानकारहरूका अनुसार रिपब्लिकन पार्टीले अमेरिका फस्टको नीति लिएकाले बाहिरी देशमा तुलनात्मक रूपमा उसको सैन्य हस्तक्षेप कम हुन्छ। डेमोक्रेटिक पार्टी कम्युनिस्ट चरित्रको देखिन्छ। उसले बाह्य मुलुकमा हस्तक्षेप गरेर अमेरिकी प्रभाव फैलाउने गरेको छ। अर्थात्, ट्रम्पले कार्यकाल सम्हालेपछि रुस-युक्रेन र हमास-इजरायल युद्ध अन्त्य हुने अपेक्षा गरिएको छ। मध्यपूर्वमा जारी तनाव पनि घट्ने तर इरानमाथि थप प्रतिबन्धहरू लाग्‍न सक्ने जानकारहरू बताउँछन्।

बीबीसी रेडियो फोरका अनुसार रिपब्लिकन कंग्रेसम्यान पिट सेसन्सले युद्धको बारेमा डोनाल्ड ट्रम्पको सोच परिपक्‍व भएको बताएका छन्। राष्‍ट्रपतिको रूपमा ट्रम्पको दोस्रो कार्यकाल पहिलोभन्दा फरक हुने र युक्रेनको मुद्दामा ट्रम्पले आफ्नो सोचलाई परिपक्‍व बनाएको उनले बताएका छन्। उनी स्थिरताको पक्षमा छन्।

मध्यपूर्वको द्वन्द्व सन्दर्भमा ट्रम्प ‘इजरायली प्रधानमन्त्रीको कुरा सुन्‍न इच्छुक हुने’ उनले बताएका छन्। उनी भन्छन्, ‘ट्रम्प स्मार्ट छन् र युद्धबाट कसरी बच्ने भनेर जान्दछन्।’

युद्धको मामिलामा ट्रम्प संवेदनशील देखिन्छन्। अघिल्लो कार्यकालमा पनि उनले विश्‍वमा द्वन्द्व फैलिन दिएका थिएनन्, जसलाई उनले चुनावी प्रचारमा एजेन्डासमेत बनाएका थिए। उनले आफू राष्‍ट्रपतिमा निर्वाचित भएको केही घण्टामै युद्ध रोक्ने दाबी गरेका थिए।

रुसले पनि राष्‍ट्रपति पुटिन अमेरिकासँग सम्पर्क र संवादका लागि खुला रहेको जनाएको छ। पुटिनका प्रेस सेक्रेटरी पेसकोभले पुटिन र ट्रम्पबीच टेलिफोन संवाद हुन सक्ने बताएका छन्। युक्रेन युद्ध रोक्ने योजनाहरूका बारेमा अन्तिम चर्चा अनुचित भए पनि अमेरिकासँग रचनात्मक संवादका लागि तयार रहेको रुसले बताएको छ।

वासिङ्टनको रवैया रुसविरुद्ध भएकाले तत्कालका लागि वार्ता सम्भव नभएको पेसकोभले बताएका छन्। उनी भन्छन्, ‘यसको टुंगो आगामी जनवरीमा ट्रम्पले राष्‍ट्रपतिको पदभार ग्रहण गरेपछि उक्त रवैया बदलिन्छ या बदलिँदैन भन्‍नेमा भर पर्छ। युक्रेनी युद्ध अन्त्यका लागि अमेरिकाले मद्दत गर्न सक्छ। तर, त्यो आगामी जनवरीपछि स्पष्‍ट हुनेछ।’

युक्रेनी राष्‍ट्रपति जेलेन्स्कीले भने सैन्य सहयोग नपाएकाले रुसको आतंकवादी हमला बढेको दाबी गरेका छन्। उनले विश्‍व मामिलामा ‘शक्तिमार्फत शान्ति’ दृष्‍टिकोणमा ट्रम्पको प्रतिबद्धताको प्रशंसा गरेका छन्। ट्रम्पको सिद्धान्तले व्यावहारिक रूपमा युक्रेनमा शान्ति ल्याउनेमा आशावादी रहेको बताएका छन्। युक्रेनको सैन्य शक्ति मजबुत बनाउन ट्रम्प प्रशासनको सहयोग मिल्ने उनको अपेक्षा छ। युक्रेन, युरोपको सबैभन्दा बलियो सैन्य शक्तिको रूपमा सहयोगीहरूको समर्थनमा युरोप र ट्रान्सएट्लान्टिक समुदायमा दीर्घकालीन शान्ति र सुरक्षा सुनिश्‍चित गर्न प्रतिबद्ध रहेको उनले बताएका छन्।

यता युक्रेनलाई युद्ध रोक्न दबाब दिएर आफूलाई भने चीनविरुद्ध प्रयोग गर्ने सम्भावना पनि रहेको क्रेमलिनको आशंका छ। अथवा बेइजिङलाई क्रेमलिनसँगको घनिष्‍ठ आर्थिक सम्बन्ध तोड्न ट्रम्पले दबाब दिन सक्ने क्रेमलिनको आकलन छ। अर्कातर्फ रुसलाई अमेरिकी शर्तहरू पालना गर्न बाध्य बनाउन ट्रम्पले युक्रेनलाई मजबुत बनाउन सक्ने आकलन पनि क्रेमलिनको छ। राष्‍ट्रपति पुटिन ती कुनै षडयन्त्र कार्यान्वयन हुन नदिन प्रतिबद्ध रहेको पेसकोभले बताएका छन्।

शुक्रबार, कार्तिक २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.