काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्।
Advertisement
बुधबार सामाजिक संजाल एक्समार्फत राष्ट्रपति पौडेलले ट्रम्पलाई बधाई दिएका हुन्। उनले ट्रम्पको कार्यकालमा नेपाल-अमेरिका सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
उनले भनेका छन्, ‘ऐतिहासिक जितका लागि निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हार्दिक बधाई। अमेरिकाको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको लागि तपाईलाई सफलताको शुभकामना। तपाईको कार्यकालमा नेपाल-अमेरिका सम्बन्ध थप सुदृढ हुनेमा म विश्वस्त छु।