• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

‘हत्या’ गरेर तीन दिनसम्म महिलाको शवमा झारफुक


    Avatar photo
आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित

बोक्सी धपाउने भन्दै धामीझाँक्रीले निर्घात कुट्दा कञ्चनपुर बेदकोट नगरपालिका– ६ मुसेपानीकी रन्जुला साउदको मृत्यु भएको छ । ४३ वर्षीया रन्जुला एकल महिला हुन् । नाताले जेठानी पर्ने कमला साउदको सोही टोलस्थित घर गएकी उनलाई भीमदत्त नगरपालिकाबाट आएका धामीझाँक्रीद्वय नारायणप्रसाद भट्ट र धर्मानन्द भट्टले कुट्दा गत बिहीबार नयाँ वर्षको दिन दिउँसो २ बजे मृत्यु भएको हो । तर, घटना लुकाउन शनिबारसम्म पनि झारफुक गरिरहेका थिए ।

Advertisement

बेदकोट– ६ का वडासदस्य धनसिंह पुजाराले रन्जुलालाई धामीझाँक्रीले नै टुनामुना लगाएर बिरामी गराएको र बोक्सी भगाउने भन्दै तताएको रडले हिर्काएर हत्या गरेको आरोप लगाए  । ‘कमलाको घरमा धेरै दिनदेखि धामीझाँक्री आएका थिए । आगोको धुनी लगाएर फलामको रड तताउँथे । केही दिनदेखि साउद परिवारकै मानिसहरू जप गर्दै आएका थिए, जहाँ रन्जुला पनि जान्थिन्,’ उनले भने, ‘सुरुमा रन्जुला बिरामी थिइनन् । त्यहाँ जान थालेपछि बिरामी परिन् । अस्पताल जाँदा पनि निको भएन । शनिबार उनको मृत्यु भएको घटना बाहिरिएपछि मैले नै प्रहरीलाई खबर गरेको हुँ । धामीझाँकीले रन्जुलाको मुख, टाउको र शरीरमा रडले हिर्काएर हत्या गरेका हुन् ।’ धामीझाँक्रीले धुनी लगाएको निसानी शनिबार पनि कमलाको घरको आँगनमा देखिएको थियो ।

पाँच वर्षअघि श्रीमान् गुमाएकी रन्जुलाका दुई छोरी सरिता र निरा छन् । एक कट्ठा जमिन मात्र भएकी उनलाई छोरीहरूको भविष्यको चिन्ता त थियो नै, एकल महिला भएकै कारण सामाजिक हेलाहोचो खेप्नुपर्ने बाध्यता थियो । वडासदस्य पुजाराका अनुसार छोरीहरूको पालनपोषणका लागि उनी वडामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रममा दैनिक ज्यालादारीमा काम गर्थिन् ।

मृतक रन्जुलाकी जेठी छोरी सरिताले आमा पहिलोपटक २७ चैतमा कमलाको घरमा गएको र धामीझाँक्रीले उल्टै बिरामी पारिदिएको बताइन् । ‘तेरो ममीले समाजमा मेरो कुरा काटेकोले बिरामी बनाएको भनेर धामीझाँक्रीले नै मलाई भनेको थियो । त्यसपछि ३० चैतमा हामी महाकाली अस्पताल गएपनि आमालाई सन्चो लागेन,’ उनले भनिन्, ‘फर्काएर धामीझाँक्रीकहाँ नै ल्याएपछि दिनमा ६ पटक मन्त्र पढ्नुपर्छ, अलग कोठामा मसँग एक्लै बस्नुपर्छ भन्यो ।’ सरिताको भनाईअनुसार झारफुकका नाममा रन्जुलामाथि यौन हिंसासमेत भएको देखिन्छ । कञ्चनपुरका प्रहरी प्रमुख एसपी श्याम सिंह चौधरीले भने घटनाको अनुसन्धान भइरहेकाले अहिले नै केही भन्न नसक्ने बताए । ‘मैले शव देखेको छैन । पोष्टमार्टमका लागि महाकाली अस्पतालमा छ । हामीले गहन अध्ययन गरिरहेका छौं । अहिले नै यस विषयमा म भन्न सक्दिनँ,’ उनले भने ।

रन्जुलाको परिवार बैतडीको शिवनाथ गाउँपालिका– १ बाट केही वर्षअघि कञ्चनपुर झरेको हो । अन्य सबै आफन्त परिवार अहिले पनि पहाडमै छन् । चक्रसिंह साउदले आफूलाई २ वैशाखमा फोन गरेर ‘आमाको आत्मा रन्जुलामा देखिएकाले तराई आउन’ भनेको मृतकका देवर पदम साउदले बताए । चक्रसिंह साउद कमलाका आफन्त हुन् । ‘तेरो आमाको आत्मा आएको छ, त्यसको बोक्सी भगाउन आउनुप¥यो भन्दै खबर पाएपछि म यहाँ आएको हुँ,’ पदमले भने, ‘घटना शंकास्पद देखिन्छ, कुनै कसर बाँकी नराखी छानविन होस् ।’

मृतक रन्जुलाका दाइ करन घटालले पनि कुटपिटकै कारण बहिनीको मृत्यु भएकाले सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाहीको माग गरेका छन् । उनले कमलाका छोरा नभएकाले धामीझाँक्रीलाई प्रयोग गरेर आफ्नी बहिनीको हत्या गरेको आरोप लगाए ।

जिल्लाका महिला अधिकारीहरूहरूले विगतमा यस्तै प्रकृतिका घटनामा प्रहरीले मेलमिलापका नाममा दोषीलाई उन्मुक्ति दिएको भन्दै गल्ती नदोहो¥याउन सचेत गराएका छन् । ‘अहिलेको युगमा पनि भुत प्रेत लागेको भन्दै कुटपिट हुनु निन्दनीय र अमानवीय छ,’ महिला अधिकारकर्मी माया नेगीले भनिन्, ‘घटनाको सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्छ ।’ बेदकोटकी अगुवा महिला पार्वती जोशीले पनि घटना निन्दनीय भएकाले सत्यतथ्य छानविन गर्न माग गरेकी छिन् ।

दुई धामीझाँक्रीसहित सात पक्राउ, मृतकका परिवारले बुझ्न मानेन शव

रन्जुला साउदको ‘हत्या’मा संलग्न भएको आरोपमा कञ्चनपुर प्रहरीले धामीझाँक्रीद्वय धर्मानन्द भट्ट र नारायणप्रसाद भट्टसहित सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमला साउन, जानकी घटाल, गौरी साउद, कुबेर साउद र चक्र साउद छन् । मृतकका आफन्त तथा परिवारले भने घटनाको सत्यतथ्य छानविन गरेर दोषीमाथि कारबाही नहुँदासम्म शव नबुझ्ने अडान लिएका छन् । शवि पोष्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ ।

आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भर्खरै

  • १.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • २.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ३.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ४.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ५.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ६.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ७.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ८.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.