• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

विश्व पक्षघात दिवस- ‘बि ग्रेटर देन स्ट्रोक’


    Avatar photo
मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित

काठमाडौं– वर्ल्ड स्ट्रोक डे अर्थात विश्व पक्षघात/मस्तिष्कघात दिवस हरेक वर्ष २९ अक्टोबरमा मनाइन्छ। वर्ल्ड स्ट्रोक डे मनाउनुको तात्पर्य जनमानसमा स्ट्रोकको बारेमा जनचेतनामूलक सन्देशहरू फैलाउनु हो। नेपालको परिवेशमा बी एन्ड बी न्यूरो सेन्टरले पनि विभिन्न कार्यक्रमहरू गर्दै प्रत्येक वर्ष मस्तिष्कघात दिवस मनाउँदै आएको छ।

Advertisement

सबैभन्दा पहिला त मस्तिष्कघात भनेको के हो भन्ने बुझ्न आवश्यक छ। मुटुमा हुने एक किसिमको धक्कालाई हर्ट अट्याक भनिएजस्तै स्ट्रोकलाई सरल भाषामा ब्रेन अट्याकको रुपमा बुझ्न सकिन्छ। मुटुमा रक्त संचारको कमी भएमा हर्ट अट्याक भएजस्तै मस्तिष्कमा रक्त संचारको कमी भएमा मस्तिष्कघात हुन्छ।

नेपाली जनमानसले प्यारालाइसिसको लक्षण वा प्यारालाइसिस हुनुलाई पक्षघातको रुपमा बुझ्ने गरेको छ। पक्षघातमा प्रायः मानिसको कुनै एक पक्ष नचल्ने समस्या देखिन्छ। शरिरको दुवै साइड नचल्ने बिरामीहरू पनि छन्। तर, त्यो थोरै मात्र छ। एक पक्ष नचल्ने बिरामीले लापरबाही गरेमा अर्को पक्षमा पनि अट्याक गर्ने सम्भावना रहन्छ। प्रायः उमेर ढल्केका बिरामीहरूमा दुवै साइडमा स्ट्रोक देखिन्छ। कुनै बेला उनीहरूको एक साइडमा स्ट्रोक रहेको र पछि अर्को साइडमा आएको पनि छ।

स्ट्रोकको कारण

स्ट्रोक हुने कारण मुख्यतः मानिसहरूको रहनसहन नै हो। अहिले लाइफ स्टाइलमा धेरै परिवर्तन भइसकेको छ। हामी धेरै समय टेबुल कुर्सीमा बसेर काम गर्छौं। पर्याप्त व्यायाम गर्दैनौं। खानाको टाइमटेबल ठिक छैन। घरमा बनाएको शुद्ध कुरा खादैनौं। धेरै चिल्लो, बोसिलो चिज खान्छौं। कतिपयले मदिरा, धुम्रपानजस्ता अम्मल प्रयोग गर्छन्। यसले पनि स्ट्रोक गराउँछ।

कोही व्यक्तिको ब्लड प्रेसर, सुगरजस्ता समस्या हुन सक्छ। मुटुको समस्या हुन सक्छ। कसैको बालापनमा इन्फेक्सन हुन सक्छ। मोटोपन पनि स्ट्रोकको कारण बन्न सक्छ। त्यसले पनि स्ट्रोकको समस्या देखिन सक्छ। कसैकसैको जन्मजात नै रगत बाक्लो हुने रोग हुन्छ। रगतको नलीमा पनि समस्या हुन्छ। रक्त धमनीहरू बन्द हुन सक्छ। त्यसले रक्त प्रवाहमा समस्या हुन्छ। र दिमागको केही भागहरू मर्न थाल्छ। त्यो भागले जे काम गर्छ त्यो मर्‍यो भने त्यसले काम गर्न सक्दैन। जस्तै हातगोडा चलाउने भागमा पर्‍यो भने हातगोडा नचल्ने भयो। ब्यालेन्सको केन्द्रमा भयो भने सन्तुलन गुम्ने हुन्छ।

आँखाले मात्रै हेर्ने काम गर्दैन, दिमागले पनि हेर्छ। आँखा एउटा माध्यम हो- यसले खिच्ने काम गर्छ त्यसको छाप दिमागमा बन्छ। आँखाले के हेरेको छ भन्ने थाहा पाउने भागमा नै रक्तसंचार रोकियो भने अन्धोपनको समस्या पनि देखिन सक्छ।

मानिसको मस्तिष्क कम्प्युटरको सीपीयू जस्तै हो। मोनिटर, माउस, किबोर्डलगायत सबै ठिक तर, सीपीयू नै बिग्रियो भने त्यसको के काम ? त्यस्तै मानिसको मस्तिष्क ठिक भएन भने शरिरका अन्य अंगले काम गर्न सक्दैन।

कसरी थाहा पाउने स्ट्रोक?

स्ट्रोकको केयरमा एउटा राम्रो पक्ष पनि छ। सन्तुलन बिग्रिनु, आँखाले राम्रो नदेख्नु, एक साइडको हात वा गोडा लुलो हुनु, बोली लटपटिनु यी सबै स्ट्रोकका लक्षणहरू हुन्। यो घरमै बसीबसी पनि थाहा पाउन सकिन्छ। स्ट्रोकको लक्षण थाहा पाउन रकेट साइन्स नै चाहिन्छ भन्ने छैन। हामीले वर्ल्ड स्ट्रोक डेमा आज फैलाउन खोजेको कुरा पनि यही नै हो।

कतिपय रोगहरू यस्ता पनि छन् जसलाई हामी जित्न सक्दैनौं। तर, स्ट्रोकको केसमा यी साधारण लक्षणहरू थाहा पायौं भने उपचार सम्भव छ। स्ट्रोक शुरु भयो भने प्रत्येक मिनेट ब्रेनको २० लाख कोशिकाहरू मर्न थाल्छन्। जतिसक्दो छिटो थाहा पाएर अस्पताल लगियो र छिटो उपचार थालियो भने प्यारालाइसिसबाट फिर्ता लान सकिन्छ।

स्ट्रोकबाट मृत्युको दर पनि धेरै छ। मानिसको सर्वाधिक ज्यान लिनेमा पहिला पाँच नम्बर भन्दामाथि रहेको स्ट्रोक अहिले दुई नम्बर हाराहारीमा उक्लिसकेको छ। समयमै स्ट्रोक थाहा भएन, बढ्ने मौका पायो भने त्यसले ज्यान पनि लिन सक्छ। यसको उदाहरणमा डढेलोलाई लिन सकिन्छ। जस्तै- डढेलो लाग्यो तर समयमै निभायो भने वन जोगिन्छ। त्यस्तै स्ट्रोकको समयमै उपचार भयो भने जीवन जोगिन्छ। नत्र स्ट्रोक बढेर दिमागको ठूलो भागमा असर गरेको छ भने ठूलो अप्रेसन गर्नुपर्ने, हड्डी निकाल्ने अप्रेसनसमेत गर्नुपर्ने हुन सक्छ। यति गर्दा पनि पहिलाको स्थितिमा फर्किन नसक्ने वा मृत्युवरण नै हुन सक्ने सम्भावना हुन्छ।

वर्ल्ड स्ट्रोक डेको थिम पनि ‘बि ग्रेटर देन स्ट्रोक’ छ। यसको अर्थ स्ट्रोक ठूलो हो भने त्यो भन्दा पनि ठूलो भएर देखाउ भन्ने हो। त्यसले चैं हामी स्ट्रोकलाई जित्न सक्छौं।

बी एन्ड बी न्यूरो सेन्टरमा स्ट्रोकका बिरामीका लागि ‘एक्युट स्ट्रोक युनिट’ संचालनमा छ। यहाँबाट सयौं बिरामीले नयाँ जीवन पाइसकेका छन्। प्यारालाइसिस भएका बिरामीहरू हातगोडा पनि चल्ने, बोली पनि फिर्ता आउने भइसकेका छन्। त्यसले चैं हामीलाई एकदमै खुसी मिल्छ।

कसरी गर्ने व्यायाम ?

नेपालीको व्यायाम गर्ने बानी बिस्तारै हराउँदै गएको छ। केहीको बिहान, दिउँसो हिँड्ने बानी छ। तर, त्यतिले मात्र शरिरलाई पर्याप्त नहुन सक्छ। कसरी हिँडियो र कति हिँडियो भन्ने कुराले पनि फरक पर्छ। एकछिन-एकछिन हिँडेर मात्र भएन। पर्याप्त हिँड्नु पर्‍यो। नत्र हिँड्नु र नहिँडनुको फरक नै हुँदैन। जेसुकै एक्सनमा केही क्यालोरी बर्न हुन्छ। हामीले सास लिँदा, यत्तिकै बसिरहँदा पनि अलि-अलि क्यालोरी बर्न हुन्छ। तर, त्यतिले पर्याप्त हुँदैन।

हामीले आफ्नो लाइफ स्टाइल परिवर्तन गर्नु आवश्यक छ। त्यस्तै एक्सरसाइजहरू पनि क्यालोरी बर्नमा केन्द्रीत हुनुपर्छ। कति क्यालोरी बर्न गरियो भन्दा पनि इन्टेक र आउटपुट मिल्नुपर्‍यो। खानामा कति क्यालोरी लियौं र कति बर्न गर्‍यौं भन्ने मिल्नुपर्छ।

तौल घटाउनु पर्‍यो भने एक्सरसाइज मज्जाले गर्ने अनि फेरि मज्जाले खाइदिने हाम्रो बानी छ। त्यसरी कसरी तौल घट्छ? अर्को नेपालीहरूको धेरै चिया खाने बानी छ। केही मानिसले ‘मैले खाना चैं बारेको छु’ भन्छन् अनि दिनमा चिया चैं कति पिउनुहुन्छ त? भनेर सोध्दा ‘८/१० कप पुग्छ’ भन्छन्। त्यसरी मोटोपन कसरी घट्छ?

(डा. शिखर श्रेष्ठ बी एन्ड बी अस्पतालको न्यूरोसाइन्स विभागका प्रमुख तथा कन्सल्ट्यान्ट न्यूरोसर्जन हुन्।)

मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.