काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलबाट दिल्ली उड्ने तयारमिा रहेको भारतको राष्ट्रीय ध्वजावाहक एयर इन्डियाको विमानमा बम रहेको हल्लापछि सुरक्षाकर्मीले जाँच थालेका छन्।
Advertisement
उक्त विमान आज अपराह्न अढाइ बजे काठमाडौंमा अवतरण भएको थियो। दिल्ली फर्किनै लाग्दा विमानमा बम रहेको सूचना दिल्लीबाट आएपछि नेपाली सेनाले विमान नियन्त्रणमा लिएर जाँच गरिरहेको छ।
यसअघि गत साता भारतकै भिस्तारा एयरको विमानमा पनि बम रहेको हल्लापछि जाँच गरिएको थियो। तर, बम फेला नपरेपछि विमान उडेको थियो।