काठमाडौँ । सरकारले विभिन्न निकायबाट प्राप्त हुने करिब एक खर्ब रुपैयाँ बराबरको अनुदान लिने निर्णय गरेको छ । गत चैत्र ३० गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले सो कुरा जानकारी दिएका हुन् ।
Advertisement
अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी)ले दिने करिब ८० अर्ब रुपैयाँको अनुदान दिने जानकारी मन्त्री कार्कीले दिएका हुन् ।
नेपाललाई अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमका लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड रुपैयाँ वैदेशिक अनुदान स्वीकार गर्ने भएको हो ।
यस्तै, विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब रुपैयाँ पनि स्वीकार गर्ने निर्णय सरकारले गरेको छ । यसरी दुई संस्थाले नेपाललाई कूल ९८ अर्ब रुपैयाँ अनुदान दिने भएको हो ।