भारतको राजधानी दिल्लीमा कोरोना संक्रमण बढेपछि सरकारले नयाँ गाइडलाइन जारी गरेको छ। नयाँ गाइडलाइन निजी विद्यालयको हकमा जारी गरिएको हो।
कुनै पनि हालतमा संक्रमण बढ्न नदिन विद्यालय सञ्चालकहरूले अनिवार्य पालना गर्ने-गराउने गरी सरकारले निर्देशन दिएको छ। र, संक्रमण फैलिनबाट रोक्ने हर सम्भव उपाय गर्न भनिएको छ।
विद्यालयमा संक्रमित देखिनासाथ तत्काल शिक्षा निर्देशनालयलाई खबर दिन भनिएको छ। र, संक्रमण देखिएको विद्यालयको सम्बन्धित शाखालाई केही दिन बन्द राख्न पनि सरकारले निर्देशन दिएको छ।
नयाँ गाइडलाइनमा विद्यालयका छात्रछात्रा, शिक्षक र कर्मचारीले अनिवार्य मास्क लगाउन, भौतिक दूरी कडाइका साथ पालना गर्न, नियमित रूपमा साबुन-पानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न तथा विद्यार्थी, शिक्षक, अभिभावक र कर्मचारीबीच कोरोनासँग सम्बन्धित जागरुकता बढाउन सरकारले निर्देशन दिएको छ।