• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

विद्यार्थीको प्रदर्शनपछि शुक्रबार शैक्षिक संस्था बन्द गर्न पाकिस्तानी प्रशासनको निर्देशन


    Avatar photo
शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित

काठमाडौं- पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको पञ्जाब प्रान्तका अधिकारीहरूले शुक्रबारका लागि सबै शैक्षिक संस्थाहरू बन्द गर्न निर्देशन दिएका छन्।

Advertisement

पूर्व प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्म समावेश गरिएको बन्दले पूर्वी पञ्जाब प्रान्तमा वयस्क विद्यार्थीका अतिरिक्त लगभग दुई करोड ६० लाख बालबालिका प्रभावित हुनेछन्।

प्रान्तीय राजधानी लाहोरमा ‘पञ्जाब कलेज फर वुमेन’ को एक भवनको पार्किङस्थल (भुईतल्ला)मा एक छात्रामाथि बलात्कार भएको समाचार सामाजिक सञ्जालमा फैलिएपछि प्रदर्शन सुरु भएको हो ।

प्रहरी, कलेज र प्रान्तीय सरकारले कुनै पनि पीडित अगाडि नआएको र अनलाइनमा आएको गलत सूचनालाई आधार मानेर आन्दोलित नहुन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

त्यसपछि लाहोरका साथै राजधानी इस्लामावादसँग जोडिएको रावलपिण्डी सहरका क्याम्पसहरूमा प्रदर्शनहरू फैलिएका छन् र विद्यार्थीहरूले अधिकारीहरूले यसलाई ढाकछोप गरेको आरोप लगाएका छन्।

रावलपिण्डीका वरिष्ठ प्रहरी अधिकारी सैयद खालिद महमुद हमदानीले बिहीबार शहरमा भएको प्रदर्शनमा तोडफोड र आगजनी गरेको आरोपमा ३८० जनालाई पक्राउ गरिएको र अनुसन्धान जारी रहेको बताएका छन् ।

उनले एएफपीसँग भने, ‘हामी सामाजिक सञ्जालबाट हिंसात्मक गतिविधिमा सम्लग्न व्यक्तिको खोजी गर्नेछौँ ।’

पञ्जाबको शिक्षा र आन्तरिक विभागले बिहीबार अबेर राति तीन छुट्टाछुट्टै सूचना जारी गर्दै सबै शैक्षिक विभागहरू बन्द गर्न आदेश दिएको छ।

प्रान्तीय आन्तरिकमामिला मन्त्रालयले पनि शुक्रबार र शनिबार भेला हुन प्रतिबन्ध लगाएको छ ।

रावलपिण्डीमा बिहीबार प्रदर्शन गरिरहेका १९ वर्षीय एक विद्यार्थीले भने, ‘उनीहरूले आफ्नो संस्थाको साख जोगाउनका लागि सत्यलाई ढाकछोप गर्न सरकार र उच्च अधिकारीहरूलाई घूस दिएका छन्।’

यी प्रदर्शनहरूले पाकिस्तानी विद्यार्थीहरूको सुरक्षा, उत्पीडन र कलेजहरूमा महिलाहरूमाथि हुने यौन दुब्र्यवहारका साथै अधिकारी प्रतिको अविश्वासप्रति गहिरो चिन्ता व्यक्त गर्दछ।

प्रदर्शनकारीहरूले लाहोरस्थित क्याम्पसहरूमा झ्यालहरू तोडफोड गर्नुका साथै विद्यालयका सवारी साधन (स्कूल बस) हरूमा आगजनी गरेका छन्। प्रदर्शनका क्रममा कैयौँ स्थानमा विद्यार्थी र प्रहरीबीच झडपसमेत भएको छ ।

प्रहरीले अनलाइन पोष्टमा पहिचान गरिएको भन्दै एक सुरक्षा गार्डलाई पक्राउ गरेको छ तर कुनै पनि पीडित अगाडि नआएको र उनीहरूले बलात्कारको आरोप पुष्टि गर्न नसकेको बताएका छन्।

लाहोरका निजी पञ्जाब ग्रुप अफ कलेजका निर्देशक आरिफ चौधरीले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘वास्तवमा यो घटनासँग सम्बन्धित कोही पनि व्यक्ति भेटिएको छैन ।’

उनले भने, ’म राजीनामा दिन्छु र यो पेशा त्यागेर यदि घटना घट्यो भने म विद्यार्थीको साथमा उभिनेछु ।

सो प्रान्तकी मुख्यमन्त्री मरियम नवाज सरिफले गलत पोस्ट फैलाउनेलाई दण्डित गरिने बताएका छन् ।

शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.