• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

नेपालसम्मै पर्न सक्छ इरान-इजरायल युद्धको असर


    Avatar photo
बिहिबार, कार्तिक ०१, २०८१ मा प्रकाशित

काठमाडौं- १ अक्टोबर। इरानले इजरायलमाथि २०० ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि मध्यपूर्वी एसियामा तनावको माहोल बनेको छ।

Advertisement

इरानविरुद्ध जुनसुकै बेला जवाफी कारवाही गर्ने इजरायलले चेतावनी दिएको छ। यसले इरान-इजरायल युद्धको माहोल बनेकाले यदि लडाइँ भएमा विश्‍व अर्थतन्त्र नै प्रभावित हुनसक्ने विज्ञहरूले चेतावनी दिएका छन्।

एक वर्षअघि अर्थात ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा अचानक सयौं रकेट प्रहार गरेपछि शुरु भएको युद्ध अझै रोकिने संकेत छैन। जवाफी कारवाहीमा गाजामा एकतर्फी आक्रमण शुरु गरेको इजरायलले गाजा ध्वस्त पारिसकेको छ।

हमासको आक्रमणबाट करिब १२ सय इजरायलीको मृत्यु भएपछि थालेको जवाफी कारवाहीमा करिब ४१ हजार प्यालेस्टिनीको मृत्यु भइसकेको बीबीसीले उल्लेख गरेको छ। २० लाखभन्दा बढी गाजावासी विस्थापित भएका छन्।

विगत केही महिनादेखि मध्यपूर्वी एसिया झन अशान्त बनेको छ। गाजा ध्वस्त पारेको इजरायल मध्यपूर्वका अन्य देशमा पसेको छ। इरान समर्थित चरमपन्थी सशस्त्र विद्रोही समूह हुथी, हिजबुल्लाहको आक्रमणको प्रतिकारका लागि यमन र लेबनानमा आक्रमण विस्तार गरेको छ।

लेबनानमा दुई हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने लाखौं विस्थापित भएका छन्। २७ सेप्टेम्बरमा इजरायलले लेबनानमा गरेको आक्रमणमा हिजबुल्लाहका नेता हसन नसरल्लाह मारिएपछि इरान-इजरायल तनाव उत्कर्षमा पुगेको छ। इरानले इजरायलमाथि जवाफी कारवाहीस्वरूप मिसाइल आक्रमण गरेको जनाएको थियो।

इजरायलले इरान समर्थित सशस्त्र विद्रोहीलक्षित कारवाही गर्दै आएको छ। गत ३१ जुलाईमा हमास लिडर इस्माइल हानियाको इजरायलले इरानको राजधानी तेहरानमा हत्या गरिदिएको थियो। त्यसयता इरान-इजरायल टकराव उच्च स्तरमा पुगेको छ। इरानले ‘हानियाको रगत त्यसै खेर नजाने’ चेतावनी दिएको थियो।

इरानले हमास, हुथी, हिजबुल्लाहजस्ता सशस्त्र विद्रोहीलाई समर्थन गर्दै आएको छ। इरानले ती समूहलाई आर्थिक र सैन्य सहयोग रहेको र आफ्नो इशारामा इजरायलमाथि आक्रमण गराउँदै आएको इजरायलसहित अमेरिकी खेमाले आरोप लगाउँदै आएका छन्। हिजबुल्लाह नेता मारिएपछि इरानको प्रत्याक्रमणले आरोपको पुष्‍टि पनि गरेको छ। गत अप्रिलमा पनि इरानले इजरायलविरुद्ध १४० ब्यालेस्टिक र क्रुज मिसाइल प्रहार गरेको थियो।

तेहरानमा विशाल प्रार्थनासभाको नेतृत्व गर्दै इजरायलमाथिको आक्रमणलाई वैधानिकता दिएका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले नसरल्लाहको हत्याको बदला लिएरै छाड्ने चेतावनी दिएका थिए। उनले इजरायलमा आक्रमणबाट पछि नहट्ने चेतावनीसमेत दिएका छन्।

यता इजरायलले पनि जुनसुकै बेला इरानमाथि हमला गर्ने चेतावनी दिएको छ। उसले गाजा र लेबनानको हालत बनाइदिने धम्की दिँदै इरानको तेल भण्डार र न्युक्लियर प्लान्टमा आक्रमण गर्ने चेतावनी दिएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका छन्, ‘इरानले आक्रमण गरेर ठूलो भुल गरेको छ, यसको मूल्य चुकाउनुपर्नेछ। इरान र मध्यपूर्वमा त्यस्तो ठाउँ छैन, जहाँ इजरायली हतियारको पहुँच नहोस्। र, इरानलाई राम्रो थाहा छ यो कतिको सत्य हो भन्‍ने कुरा।’

इरान-इजरायल तनाव आक्रमण-प्रत्याक्रमणकै क्रममा छ। इरानले केही दिनअघि मात्र न्युक्लियर बम परीक्षण गरेको अमेरिकी सञ्‍चार माध्यमहरूले दाबी गरेका छन्। यद्यपि, यसको स्वतन्त्र पुष्‍टि भइसकेको छैन। यदि दुई देशबीचको तनाव आणविक युद्धमा परिणत भएमा बेलायत र अमेरिका पनि जोडिने विज्ञहरू बताउँछन्। युद्धको कारण विश्‍वभर आर्थिक र भूराजनीतिक प्रभाव पर्ने उनीहरू बताउँछन्।

परराष्‍ट्रविद अरुणकुमार सुवेदी भने तत्काल इरान-इजरायल युद्धको सम्भावना नरहेको बताउँछन्। इरान-इजरायल युद्धको टुंगो अमेरिकी राष्‍ट्रपतीय निर्वाचनपछि लाग्‍ने उनको दाबी छ।

भन्छन्, ‘सम्भावना नै नभएको त होइन। तर, अमेरिकाको राष्‍ट्रपतिको निर्वाचनअघि युद्धकै अवस्था सिर्जना होला भन्‍ने लाग्दैन। अहिले जस्तो अवस्था छ, त्यस्तै चलिरहन्छ। पालैपालो आक्रमणको सिलसिला चलिरहन्छ। पहिलेदेखि चल्दै आएको पनि हो। तर, इजरायलले इरानको तेल र परमाणु संरचनामा आक्रमण गर्ने सम्भावना धेरै देखिन्छ।’

सुवेदीका अनुसार इरान अहिले नै पूर्ण रूपमा होमिने सम्भावना छैन। आफ्नो क्षमता बुझेको इरानले जनतालाई देखाउन र आफ्नो दम्भ देखाउन मात्र बेलाबेला आक्रमण गर्ने गरेको उनको बुझाइ छ। भन्छन्, ‘इरान पूर्ण रूपमा युद्धमा होमिन्छ भन्‍ने लाग्दैन। उसले इजरायल र आफ्नो क्षमता राम्रो बुझेको छ। जनतालाई देखाउन र अन्तर्राष्‍ट्रीय समुदायमा आफ्नो दम्भ स्थापित गर्न बेलाबेला आक्रमण गर्ने मात्रै हो।’

युद्ध भएमा विश्‍व अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?

अमेरिकी राष्‍ट्रपति जो बाइडेनले इरानको तेल भण्डारमा इजरायलको सम्भावित आक्रमणबारे आफ्नो प्रशासनले आवश्यक छलफल गरिरहेको बताएका छन्। तर, उनले इरानको न्युक्लियर प्लान्टमा आक्रमण गर्ने इजरायलको योजनामा समर्थन नगर्ने बताएका छन्। उनले भनेका छन्, ‘हामी इजरायललाई त्यस्तो गर्न अनुमति दिँदैनौं।’

इजरायलले इरानमाथि आक्रमण गरेमा कच्चा तेलको मूल्य बढ्ने र विश्‍व अर्थव्यवस्था नै प्रभावित हुने विज्ञहरूले चेतावनी दिएका छन्। बाइडेनको प्रतिक्रियापछि नै कच्चा तेलको मूल्य ५ प्रतिशतले बढिसकेको छ। अन्तर्राष्‍ट्रीय बजारमा तेलको मूल्य रेकर्ड राख्‍ने ब्रेंक क्रुटका इजरायलमा इरानी हमलापछि कच्चा तेलको मूल्य १० प्रतिशतले बढिसकेको छ। अझ युद्ध नै भएमा प्रमुख ट्रेड रुटहरू प्रभावित हुने र भारत, नेपाललगायत विश्‍वभर मूल्यवृद्धिको बोझ थपिने विज्ञहरू बताउँछन्।

इरान समर्थित हुथी बिद्रोहीले गत वर्षदेखि लाल सागरमा व्यापारिक जहाजहरूमा आक्रमण जारी राखेका छन्। जसकारण स्वेज नहरबाट हुने ढुवानी आधाले घटेको अन्तर्राष्‍ट्रीय मुद्रा कोषले जनाएको छ। अधिकांश आक्रमण तेल ट्यांकरलक्षित हुने गरेको छ।

यता अमेरिकाले भने इरानी तेल आपूर्ति प्रभावित भए पनि विश्‍वव्यापी असर नपर्ने दाबी गरेको छ। विश्‍वव्यापी तेल आपूर्तिको करिब २ प्रतिशतमा मात्र इरान जिम्मेवार रहेकोले विश्‍वव्यापी तेल आपुर्तिमा प्रभाव नपर्ने अमेरिकी इनर्जी इन्फर्मेसन एडमिनिस्ट्रेशनको दाबी छ।

यदि इजरायलले इरानको आक्रमणको प्रतिक्रियामा जवाफी मिसाइल हमला गरेमा इरानले स्ट्रेट अफ हर्मुजमा अवरोध गर्ने द कन्भर्सेसनले उल्लेख गरेको छ। स्टेट अफ हर्मुज इरान, यूएई र ओमानको ट्राइजंसनमा पर्छ। त्यहाँ अवरोध भएमा साउदी अरेबिया, कुवेत, बहराइन, यूएई, इराक र कतारबाट हुने तेल आपूर्ति प्रभावित हुन्छ। जहाँ विश्‍वव्यापी समुद्री तेल व्यापारको एक चौथाई तेल आपूर्ति हुन्छ। जसले विश्‍वव्यापी आपूर्तिलाई नै प्रभावित पार्ने निश्‍चित छ।

विश्‍व आर्थिक मञ्‍चका अनुसार १३ राष्‍ट्र सामेल पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक)ले विश्‍वव्यापी तेल उत्पादनको ४० प्रतिशत हिस्सा ओगटको छ। इरान पनि ओपेक सदस्य राष्‍ट्र हो। ओपेक सदस्य राष्‍ट्रसँग युद्ध हुनु भनेको विश्‍वव्यापी तेल सप्लाइ प्रभावित हुनु हो।

भारतीय विदेशमन्त्री एस जयशंकरले पनि मध्यपूर्वमा फैलँदो युद्धले गम्भीर चिन्ता बढाएको बताएका छन्। ५ अक्टोबरमा एक सम्बोधनका क्रममा उनले वर्तमान विश्‍वमा कुनै पनि क्षेत्रमा भएको द्वन्द्वको असर विश्‍वभर पर्ने बताएका थिए।

उनले भनेका थिए, ‘मध्यपूर्व ठूलो चासो र गहिरो चिन्ताको विषय हो। युद्ध फराकिलो हुँदैछ- हुथीहरूले लाल सागरमा फाइरिङ थालेका छन्। थाहा छ युद्धलाई अवसरवादी रूपमा प्रयोग गरिन्छ। तर, आजको विश्‍वमा जहाँ युद्ध भए पनि विश्‍वभर कुनै न कुनै प्रभाव पर्छ। म इमानदारीपूर्वक भन्‍न चाहन्छु, चाहे त्यो युक्रेनको द्वन्द्व होस् वा मध्यपूर्व पश्‍चिम एसियाको द्वन्द्व, यी अस्थिरताका ठूला कारक हुन्, हामी मात्र होइन, पूरै विश्‍व यसबाट चिन्तित छ।’

युद्धले विश्‍वव्यापी अर्थतन्त्रलाई प्रभावित बनाएको उनी बताउँछन्। युद्धले ढुवानी, इन्स्योरेन्स दर बढेको र विदेशी व्यापार प्रभावित बनाएको छ। उनका अनुसार युद्धको विस्तारले तेलको मूल्य बढेको र त्यसको प्रभाव भारतमा समेत देखिन थालेको छ। उनी भन्छन्, ‘ढुवानी दर बढेको छ, बीमा दर बढेको छ, निर्यात, वैदेशिक सबै व्यापार प्रभावित भएको छ। तेलको मूल्य बढेको छ। इरानी मिसाइल आक्रमणपछि बजारहरू प्रभावित भएका छन्।’

परराष्‍ट्रविद सुवेदी पनि इजरायलले इरानको तेल संरचनामा आक्रमण गरेको अवस्थामा चीन र भारतमा सबैभन्दा बढी प्रभाव पर्ने बताउँछन्। तर, इजरायल पनि अहिले नै भारत र चीनलाई अप्ठ्यारो पार्न तयार नहुने उनको बुझाइ छ। त्यसैले उसले तेल संरचना भन्दा पनि परमाणु संरचनामा प्रहार गर्ने सम्भावना बढी छ।

भन्छन्, ‘इजरायलले इरानको परमाणु संरचनामा आक्रमण गर्ने बढी सम्भावना छ। किनभने परमाणु संरचनामा आक्रमण भयो भने रुसबाहेक अरूले विरोध गर्ने सम्भावना छैन। तेल संरचनामा आक्रमण गरेर चीन र भारतलाई अप्ठ्यारो पर्ने परिस्थिति बनाउन इजरायल अहिले नै तयार हुन्छ जस्तो लाग्दैन।’

नेपालमा कस्तो प्रभाव पर्ला ?

पराष्‍ट्रविद सुवेदीका अनुसार इरान-इजरायल युद्ध भएमा इरानले ‘स्ट्रेट अफ हर्मुज’मा नियन्त्रण गर्ने सम्भावना छ। यस्तै, युरोप र एसियाको ट्रेड रुट रेड सी कन्ट्रोल गर्न बब अल-मान्डप स्ट्रेटमा पनि इरानको प्रोक्सी हुथी छ। दुवै रुट मुख्यतः तेलकै ट्रेडमा आधारित भएकाले त्यहाँ अवरोध भएको खण्डमा भारत र चीनलाई प्रत्यक्ष असर गर्छ।

लामो रुटबाट तेललगायत सामान आयात गर्नुपरेमा मूल्यवृद्धि हुने विज्ञहरू बताउँछन्। यस्तै, तेलको मूल्य बढेमा यातायात खर्च बढ्ने मात्र नभई ‘खानादेखि नानासम्म’मा प्रभाव पर्ने उनीहरूको मत छ। सुवेदीका अनुसार भारतीय अर्थतन्त्रमा प्रभाव पर्नु भनेको नै नेपालको अर्थतन्त्रमा प्रभाव पर्नु हो।

भन्छन्, ‘भारतीय अर्थतन्त्रमा असर पर्नेबित्तिकै नेपाल जोगिने भन्‍ने कुरै छैन। हाम्रो ट्रेड त पूर्ण रूपमा भारतमै आश्रित त हो नि। अहिले पनि भारतले चारतिरबाट सस्तोमा तेल ल्याएर प्रोसेस गरेर दिइरहेको छ र त टिकेको छ। नत्र नेपालमा अहिले नै हालत के हुन्थ्यो? नेपालका राजनीतिज्ञले सोचेकै छैनन्, बस् राजनीति गर्न पाए पुगिहाल्छ।’

बिहिबार, कार्तिक ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.