• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रक दुर्घटनामा चालकको मृत्यु

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

आपराधिक ग्याङ नियन्त्रण गर्न संकटकाल लगाएको एलसाल्भाडोरमा १७ दिनमा १० हजार पक्राउ


बुधबार, चैत ३०, २०७८ मा प्रकाशित

आपराधिक हिंसात्मक समूहविरुद्ध कारवाही शुरु गरेको एलसाल्भाडोरले अढाइ साताको अवधिमा १० हजार शंकास्पद मानिस पक्राउ गरेको राष्ट्रपति नयिब बुकेलेले जानकारी दिएका छन्।

Advertisement

एलसाल्भाडोरको संसदले २७ मार्चमा देशमा बढ्दो ग्याङ हिंसा नियन्त्रण गर्न भन्दै संकटकाल लागू गरेको थियो। संकटकाल लागू हुनुअघिको सातामा आपराधिक ग्याङबाट ८७ जनाको हत्या भएको थियो।

संकटकाल लागू भएपछि देशभर ठूलो संख्यामा प्रहरी र सेना परिचालन गरिएको छ। यस अवधिमा नागरिकको भेला हुन पाउने अधिकार र कानूनी सल्लाहसुझावको अधिकार निलम्बित गरिएको छ।

मंगलबार बुकेले ट्विट गर्दै १७ दिनको अवधिमा १० हजार ९४ ‘आतकंवादी’ पक्राउ परेको बताएका छन्। ‘हामी ग्याङविरुद्धको युद्धलाई निरन्तरता दिनेछौं,’ बुकेलेले ट्विटमा लेखेका छन्।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्त र मानव अधिकार संगठनहरूले संकटकालीन समयमा बढेको सरकारी धरपकडप्रति प्रश्न उठाएका छन् ।

अल एल्भाडोरका दुई ठूला अपराधिक समूह मारा सल्भाट्रुचा (एमएस–१३) र बारियो १८ मा कुल ७० हजार सदस्य छन्। तीमध्ये हजारौं अहिले पक्राउ परेका छन्।

बुकेलेको सत्तारुढ पार्टीका सदस्यले हालै अपराधिक समूहका सदस्यहरूको जेल सजाय बढाउने कानून पारित गरेका छन् । नयाँ दण्ड सजायसम्बन्धी कानूनले आपराधिक ग्याङका नेताहरूलाई ४५ वर्षसम्म जेलको व्यवस्था गरेको छ, जुन पहिले नौ वर्ष मात्र थियो। आपराधिक ग्याङका अन्य सदस्यलाई भने २० देखि ३० वर्षसम्म जेलको व्यवस्था गरिएको छ, जुन पहिले तीनदेखि पाँच वर्ष थियो।

संकटकालीन व्यवस्था अनुरूप सञ्चार माध्यमहरूलाई आपराधिक समूहलाई समर्थन गर्न कुनै पनि समाचार प्रसारण गर्न रोक लगाइएको छ। यसप्रति अमेरिकासमेत कैयौं मुलुक तथा संस्थाले चिन्ता व्यक्त गरेका छन्।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले आफूहरू एलसाल्भाडोरको आपराधिक ग्याङविरुद्धको लडाईंलाई समर्थन गर्ने बताउँदै सरकारलाई आधारभूत नागरिक अधिकारको सम्मान गर्न आग्रह गरेका छन्।

सोमबार अमेरिकी सरकारलाई संकेत गर्दै बुकेले क्रुद्ध प्रतिक्रिया दिएका छन्। पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरूलाई समर्थन गरेको तर अहिलेको बाइडेन प्रशासनले अपराधीहरूको ‘मानव अधिकार’को मात्र ख्याल गरेको टिप्पणी उनले गरेका छन्।

बुधबार, चैत ३०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु
सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

भर्खरै

  • १.
    जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • २.
    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • ३.
    ट्रक दुर्घटनामा चालकको मृत्यु

  • ४.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • ५.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ६.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ७.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.