धुलिखेल– बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ पिप्लेमा पुनः पहिरो खसेको छ। सडकमाथिबाट सुक्खा पहिरो खसेसँगै वैकल्पिक बाटो पनि अवरुद्ध भएको छ।
Advertisement
रोशी खोलाको बाढीले उक्त राजमार्गका विभिन्न खण्ड बगाएरपछि सडक विभाग र रोशी गाउँपालिकाको सक्रियतामा बिहीवार राति उक्त सडकमा ‘ट्र्याक’ जोडिएपछि सवारी साधन सञ्चालन भएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मानबहादुर घलेका अनुसार पहिरोमा सिन्धुली र खोटाङबाट काठमाडौंतर्फ आइरहको बस र टाटा सुमो पुरिएका थिए। त्यस्तै सडक खुलाउन गएको डोजर पनि पहिरोले पल्टाएको थियो। यद्यपि मानवीय क्षति भएको छैन। अवरुद्ध सडक सञ्चालनको प्रयास जारी छ।
सडक डिभिजन कार्यालयका कर्मचारी चन्द्रबहादुर लामाले अहिले पनि पहिरो झर्ने क्रम नरोकिएकोले तत्काल सडक खुल्ने सम्भावना नरहेको बताए।