काठमाडौं– एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन्।
Advertisement
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या आजसम्मको हो। १८ लाख मानिस दशैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले बताए।
“हामीले यस वर्ष दशैंमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ”, उनले भने, “तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन्।” अघिल्लो वर्षको दशैंमा १८ लाख मानिस काठमाडौंबाट बाहिरिएका थिए।